7 Mangshir, 2074 | 23 November, 2017 Thursday


2017-10-20 | तीतोपाटी डट कम
-सरस्वती थिङ तामाङप्यारो मेरो भाई अनिलतिहारमा परदेशमा रहनु पर्दासंघारमा तेलको घेरा, अनिदैलोमा ओखर फुटाएर शत्रुबाट हुने बाधा हटाउन सकिन ।।निधारमा सप्तरंगी टिका अनिमखमली, गोदावरी फुलबा¥है मासे हरियो दुवो सयपत्रीको मालाको साथमामुटु भरिको माय र आशिर्वाद दिन सकिन ।।छरछिमेकका अरु साथीहरुतिहारको टिका,रंगी बिरंगी माला, अनिनया बस्त्र आभुषणमासेल, अर्स, फिनी अघि राखीरमाइ रमाइ तस्विर खिचाउँदा फुरुङ्ग हुदै चंगा उडाउँदैलिंगे पीङ र रोटे पीङ खेल्दातिम्रो मन पनि दिदीको यादमा पल पल तड्पिन्छ होला ।।यसपाली त यस्तै भयोअर्को साल पक्कै आउँलासेल रोटी, मिठाइ अनिनया बस्त आभुषण र सप्तरंगी टिका साथै मालासँग सजिएरदिदीभाई तिहार मनाउँला दिदीभाई तिहार मनाउँला ।।उही तिम्रो परदेशी दिदीसरस्वती थिङ तामाङकुवेत...


2017-10-20 | तीतोपाटी डट कम
-माधब पाैडेल "असल यात्री"एक बर्षभरि खबर ल्याउने हुलाकी कागलाई तिहारले बोलायो  टोल टोलको बाटोमा भुक्दै हिड्ने बफादारहरुलाई तिहारले बोलायो ।खेतबारीका डिलहरुमा फुलेका तिमखमली सयपत्रीहरुलाई तिहारले बोलायोविभिन्न मिस्ठान परिकारहरु अनि बजारका सप्तरङगी टिकाहरुलाई तिहारले बोलायो ।।पराइघरको चेलिबेटीहरु अनिपरदेशको दाजुभाइहरुलाई तिहारले बोलायो दिपावलीको नाम गरि दियो,मैनवत्ती अनि पट्टकाहरु तिहारले बोलायो ।...


2017-10-19 | तीतोपाटी डट कम
तिहार-सरस्वती थिङ तामाङचारैतिर उज्वल प्रकाश र रङ्ग लिएर आउँछ तिहारशुभकामनाका पुष्प गच्छा अनि,दाजुभाईलाई सप्तरंगी टिकामखमली र सयपत्रीका मालाअनि, दिर्घजीविको आशिर्वाद  दिएर जान्छ तिहारचङ्गा उड्छन्, माला उन्छन्स्वदेशमा रंगिन्छ तिहाररंगीचंगी मिठाइ र सेलरोटी अचार अनिरसिला परिकार धेरैझिलिमिली दिापावली उल्लास ल्याउँछ तिहारदेउसी भैलोको रमाइलो अनि स्वर्ग झैं हुन्छ घरदिदीबहिनी र दाजुभाइकोमिलन गराउन अाउँछ  तिहारपरदेशमा बस्नेलाई त सपना झैं तिहारफेसबुकका पानामा शुभकामनाले भरिन्छ तिहारयस पाली त यस्तै भयो साँच्यो अर्को साललाईपरदेशी चेलीको मन जलाइ जान्छ तिहारदाजु भाईको तस्वीर हेर्यो थामि दैन मनआँखामा भेल सरी आँशु दिएर जान्छ तिहार फेरी पनि फर्किएर आइरहन्छ तिहारवर्षौं बित्छन् आशै आशमापरदेशी मनलार्इ जलार्इ रहन्छ तिहार ।।...


2017-10-16 | तीतोपाटी
१)कस्तो मोड लिन्छौ कुन्नि थाहा छैन जिन्दगिमा  फेरि धोका दिन्छौ कि थाहा छैन जिन्दगिमा    कुरा गर्दा राम्रै गर्छौ टुक्का मिलाउदै       सिधा असल  इमान्दारको कथा सुनाउदै।     आप कटर अ्म्बा होइन चाखि खान लाइ   माया लाग्यो किन कुन्नि  साइनो जोड्न लाइ    आशा गर्छु जिबन भरि खुसि सुखि रहन पाउ      तिम्रो माया अजम्बरी बनाइ राख्न पाउ      नौनि झै मेरो मन पगाल्न सक्छौ कि  जिन्दगि भर मलाइ मात्रै अगाल्न सक्छौ कि   माया फेर्ने बानि भए आजै बाट बिदा हुन्छु टुकृएको  यो मुटुलाइ समाल्न सक्छौ कि? ...                          २)धेरै...


2017-10-13 | तीतोपाटी
कविता - चाहना बोलाइ रहे अन्तिम सम्म हिम्मत हारिन तिमि उठ्ने आशा मैले गर्न छडिन  तिम्रा आखा टोलाइ रहे मेरै नजर मा भन्न के थ्यो अधुरो भो अन्तिम पहर मा  लेख कस्तो लेखान्त ले लेखि दिएको  जन्मदा नै मर्ने कागज कोचि दिएको  तिमि गयौ दुर देश आउदैनौ रे कहिले अब बोलाउदै छु आद आउदा महसुस हुन देउ है अबमेरो हरेक कहानिमा पैलो पात्र बन्दै आयौ जानै रैछौ दुरदेश बहकिदै  किन आयौ     दुख लाग्छ कैले कहि तिम्रो अभाब मा  कमि हुन्छ तिमि बिना मेरो स्वभावमा सान्ति साति तिम्रै नाम को जपिरहेछु तिम्रो आत्मा खुसि रहोस यहि चाहान्छु।। रोजिना ढुङाना दमक...


2017-10-04 | तीतोपाटी
गजलछन् गुनासा के सुनाऊँ वेदना औसत रहेन मन मुटु सब हाक्न सक्ने हौसला हिक्मत रहेनबैँसको मायाँ अचानक केश पाक्दा हात लाग्योबस् ! जवानी उम्केको हो प्रेममा मनखत रहेनदाम दौलत हद कमाएँ कालो धन सेतो बनाएँयत्ति हो पीडा स्वयंको नेत्रमा इज्जत रहेनहाँस्नलाई ठोस कारण आवश्यक पर्थेन केहीकुत्कुती कमसिन हराए शेष उस्तै घत रहेनटेक्छ लौरोले मलाई हिड्छ आफ्नै हठ नछोडी फेरि लौरो टेक्न हुन्थ्यो साथमा ल्याकत रहेनबोनस शेर -दैव तेरो द्वार आई माग्नु के चैं अर्को मन्नत प्रेयसीको काख पाएँ चाहमा जन्नत रहेनशब्दार्थ ----------कमसिन : कलिलो , अल्लारेमन्नत : वरदान जन्नत : स्वर्ग© लालकाजी श्रेष्ठ ...


2017-10-04 | तीतोपाटी
गजलदुश्मन अगाडि राखेँ छेउछाउ मित्र राखेँ ,शङ्काको केन्द्रविन्दु आफ्नै चरित्र राखेँ ।स्वार्थी र मतलवीको अनुभव बटुल्न मन छ ।जति हो इमान सस्तो गोदाम भित्र राखेँ ।झस्केर आत्तिएँ के "आमाऽऽ !" भनिदिएछु,साह्रै छुचो यो मुख नि त्यही पल पवित्र राखेँ ।अरूले शिखर चढेको देखेर दुख्नुपर्छ !मैले "विनोद" नाम चाहिँ कस्तो विचित्र राखेँ ?विनोद परिवर्तित...


2017-10-04 | तीतोपाटी
गजलयहि सत्यता रहेछ 'बोल्नेको पीठो बिक्छ' चुपचाप बस्नु भन्दा गुमनाम बन्नु ठिक छ कपडा सफा बनाउदा खुद मैलिदैछ पानीसहयोगमा समर्पण एकपल्ट मात्र टिक्छ जस्तो कुनै फकिरले खोज्दैन घर कहिल्यै  त्यस्तै तिमी खोजेनौ दिलसंग को नजिक छबद्ल्यो केवल जमाना उस्तै छ अनुभुति चैँमाया भनौं कि स्वार्थ ? सम्बन्ध आधुनिक छसंघातको सफरमा बाधक नबन्नू साथी बदलाको घाउले घाउ जन्माउन मात्र सिक्छलोकेश संघात...


2017-10-01 | तीतोपाटी डट कम
-जानकी जानु दर्लामीमलाइ सेतो कात्रो संग डर लाग्दैन भगवान एक मुठी बुर्की र बाँसको कर लाग्दैन भगवान ।।लए हुन्छ यो शरीर बाट एक मुठी श्वास झिकेर स्वार्थी र निर्दयी यो संसारको भर लाग्दैन भगवान ।।धेरै बगे आँखाको डिल नागी आँसुका भेल पनि भयो अब आँसु नदिनु आँसुमा तर लाग्दैन भगवान ।।मलाइ सेतो कात्रो संग डर लाग्दैन भगवान एक मुठी बुर्की र बाँसको कर काग्दैन भगवान ।।...


2017-09-30 | तीतोपाटी डट कम
कल्पना खरेल - हरेक वर्ष विजयादशमीले मेरो मनमस्तिष्क पलपल मेरो देशमा पुर्‍याउँछ । कल्पनामा हराउँछु, रमाउँछु । तर, कल्पनाबाट बाहिर निस्कँदा भक्कानिन्छु । सात समुद्र पारिबाट झलझली देख्छु मेरो प्यारो देश, अनि मेरो प्यारो गाउँ ।ओहो ! दशैँको आगमन । वर्षायामले विश्राम लिएर शरद् ऋतुले स्वागत गरिरहेका बेला बिनाबादल नीलो गगन खुला होला । शीतलताले स्पर्श गरिरहेछ होला । बिहानीपखको सौन्दर्यले दशैंको महशुस गराइरहेको होला । पाखापखेरा खेतीपाती हरियाली भए होलान् । लहलह धान पसायो होला । मखमली, सयपत्री, फूलहरु ढकमक्क फुल्दै छन् होला । गाउँमा दशैंको रौनक छाएको होला ।लिंगे पिङमा युवायुवती मच्चिँदै होलान् । मेरा सहेली गीता, संगीता,...


2017-09-25 | तीतोपाटी डट कम
दीपक घिमिरे - रनेदाइले खाडीबाट पठाइ दिएको रातो भेस्ट लगाएर फूलमान दगुर्दै मेरो घरतिर आयो । मेरा बाले फूलमानलाई रोक्दै भन्नुभो– ‘ओ हो ! पिलेनबाट उडेर आ’को लुगा लाएको रैचस्, उड्ने भैस अब ।’ ऊ खुशीले झन् गदगद भयो । एक पटक भेस्टलाई तनक्क तान्यो अनि फेरि हातलाई गाडीको स्टेरिङ जस्तै बनाउँदै मुखले भुँऽऽऽऽ गरेर कुद्न थाल्यो । रनेदाइ लाउर हिँडेसी फूलमान सधैँ खुशी देखिन्च । ऊ कहिले राम्रा कपडा देखाउन हाम्रो घर आगनमा आउँछ त कहिले मीठा खाने कुरा देखायर लोभ्याउन । उसले दशैँको रौनक गाउँ घरमा छर्न थालेसी सम्झनामा आउँछन्, ती दशैँ । जुन दशैँमा हामी बाल्यअवस्थामा थियौँ । ऊ जस्तै...


2017-09-23 | तीतोपाटी
जीवन के हो ? विमोचन ।काठमाण्डौ ,कास ,आज मिती 2074/06/07 का दिन  राष्ट्रकवि माधव प्रसाद घिमिरे ज्यूको 99 औं जन्मोत्सवमा उहाँको निवास लैनचौरमा  उहाँकै हातबाट 16 बर्षे यूवाकवि विनिष गिरीको कविता संग्रह " जीवन के हो ? "विमोचन भएको छ ।आइ कहिल्यै पनि नसकिने चैत बैशाख मेरा ,लाइ कहिल्यै पनि नसकिने प्रित नौलाख मेरा यस्ता कविता र ऋतुहरूमा तिमी हरियाली बसन्त हौ ,नदीहरूमा तिमी पवित्र गंगा हौ । जति सुने पनि सुनी रहुँझैं लाग्ने यस्ता सृजनाका सर्जकको घर आँगनमा उहाँकै मुखबाट प्रत्यक्ष सुन्दै पुस्तक विमोचन हुदा रमाइलो भयो बातावरण।प्रमुख अतिथि राष्ट्रकवि माधव प्रसाद घिमिरे ,प्रा.डा.कृष्णप्रसाद दाहालको सभापतित्वमा र अतिथीहरू वरिष्ठ पत्रकार बिष्णु...


2017-09-23 | तीतोपाटी डट कम
-शिब प्रकास  त्यसपछि ...!उसले टीसर्ट फुकाल्दै भनी, 'मलाई सेक्सको भोक अलिकति पनि छैन तर सेक्स एक्सपिरियन्सको भोक कति हो कति छ।'त्यसअघि ...!अचानक एक दिन सोधेको थियो। उसले वाचा गरेकी थिई, कुनै दिन बुझाऊँला- सेक्स फ्री अमेरिका !'चौबीस-पच्चीसकी हुदीँ हो। नौनीजस्तो छाला। सुनकेस्राजस्तो कपाल। सागरजस्ता आँखा। कसिलो जीउ। बाटुला पाखुरा। पोटिला पिँडुला। नम्र बोली। भद्र हिँडाइ। जन्मँदै ओठमा मुस्कान टाँसिएजस्तो। सधैं मुसुक्क !ऊ काम गर्ने पसलमा कहिलेकाहीँ बियर किन्न आउँथी। बिस्तारै बिस्तारै सधैं आउन थाली। झन्डै तीन महिनापछि एक दिन सोधी, 'तिमी कुन देशबाट आएको ? ''नेपाल।'पढेलेखेकी केटी। नेपालको भूगोल र संस्कृतिका बारेमा राम्रै जानकारी। दिनहुँ गफिन थाली। धेरै दिनपछि सोधी, 'तिम्रो...


2017-09-14 | तीतोपाटी डट कम
-मोहन रावतअचेत बनि जिवन ढल्दा एकपटक छुनु प्रिय ।संसार हास्छ होला सायद मेरो लागी रुनु प्रिय ।।मनका पिर बेथाहरु आशु ले नै धुनु प्रिय ।अर्को जुनिमा कुर्ने छु म मेरै लागी हुनु प्रिय ।।...


2017-09-14 | तीतोपाटी डट कम
-मोहन रावत  बगि जाने बर्षातको भेल भयो जिन्दगी ।ईमानको बदला झेल भयो जिन्दगी ।।मायाको किनबेच हुने यो संसारमा ।मेरो मृत्यु उसको खेल भयो जिन्दगी ।।सक्छेउ भने बिस पिलाएर जाउ ।आउछन ति पलहरु अँखा भरी।।मिल्छ भने ति पलहरु दिलाएर जाउ ।टुक्रिएको मुटु मिलाएर जाउ ।।...


2017-09-12 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित - चुरोट दुई औलाको कापमा धुवाउदै थियो । मलाई हल्का पोल्न थालेपछि मात्र थाहा पाए । दोश्रो सर्को तान्न नपाउदै कति चाडो जलिसकेछ । यसो त म स्मोकर होईन, फेरी पनि यदाकदा रक्सी पिएपछि चुरोट नपिए सम्म चित्तै नबुझ्ने बानी बस्यो ! धेरै पनि पर्दैन एकै प्याकमा नशा ले चुर्ण हुने भन्या । यस्ताले पनि रक्सी पिउन परेको ? मैले आफैलाई धिकार्दै ठुटो टकटक्याए । चुरोट आफ्नै नियतीमा छोटिदै छोटिदै सिद्धिन लागेको थियो तर मलाई रक्सीले भुलाई दियो आफैसँग । चुरोट सिद्धिएको थाहा पाउन आगोले चिमोट्नै परयो ।   निकोटिन र हल्कोहलले शरिरका नशाहरुमा जोश भन्दा धेरै निराशा र कुण्ठा भरिदै गएका...


2017-09-08 | तीतोपाटी
गजल मिलेकाे छ उपनाम  'कायर' मलाई अँगाली हिडेकाे हूँ सत्कर्मलाईसबै भेद जान्नुछ उनको मुटुकोकस‌ैले सिकाओ, छु-मन्तर मलाईयहीँ एक कारण बुझेँ जिन्दगी यो जता पाउ त्यैँ लाग्छ ठक्कर मलाईहृदयभित्र भेटिन्छ पसिनाकाे गन्धए साथी! सुहाउन्न अत्तर मलाईकहाँ यत्तिकैमा कलम राेक्छु मैले ?छ बाँच्ने रहर युग युगान्तर मलाईसराेज सर्वहाराशुद्धाेधन गा पा रुपन्देही हाल द काेरिया...


2017-09-08 | तीतोपाटी
कविता : अदालतमा मुर्दाको वकपत्र पेज नं. १---------श्रीमान् कोही निर्दोषले सजाय पाउनु अगाडि पोस्मार्टमको बाहानामा मेरो शरीर चिरेरमुर्दाघरमा पुर्याइनु भन्दा पहिल्यै म स्वयं मेरो मृत शरीर लिएर उपस्थित भएको छुसम्मानित अदालतको यो कठघरामा ।मेरो मुद्दाको बादी र प्रतीबादी म आफै हुँवकालत म आफै गरिरहेको छु ।आदेस होस् श्रीमान् !म आफैले गरेको मेरो आफ्नै हत्याको वकपत्र सम्मानित अदालत सामु प्रस्तुत गर्द्छु ।श्रीमान् मेरी आमाको गर्भबाट बाहिर निस्किदा म खेतको आलीमा थिएँ ।आफू 'झन्डै' मरेको बिर्सिएरम 'धन्न' बाँचेको सम्झिएपछि आमा मुस्कुराइन्म रोएँ ।धान बोक्ने डालोमा सन्तान बोकेर घर पुग्दा मेरी आमाको सुत्केरी पीडा हराएको थियो ।आमाको छाती चुसेर म "मान्छे" हुन पाएँ आज मेरी आमाको स्तनबाट दूध आउदैन श्रीमान् !-रगत मिसिएको बाक्लो...


2017-09-07 | तीतोपाटी
गजलरात आइपुग्यो तारा लिएर जून लिएर!मेला गएका बा अझ आइपुगेनन् नुन लिएर!पिँढिमा राखिदेला कसले कुटेर ल्याइदेला,आमा बसेकी छिन् आँगनमा बिस्कुन लिएर!तिमी नआउने पक्का छ थाहा हुँदा हुँदै,म पर्खिरहेछु आँखामा साउन लिएर! चोट सहन जरुरी छ बाँसुरी बन्नको लागी,बाँस जन्मिदैमा कहाँ जन्मिन्छ धुन लिएर!प्रिया आऊ यहिबेला खुशीका कुरा गरौं,छोरो दौडिरहेको छ हातमा बेलुन लिएर!प्रदीप रोदन   गोरखा...


2017-08-28 | तीतोपाटी
तिमीले त आज फेरि - रोजिना ढुंगाना (कुवेत)तिमीले त आज फेरि अर्कै फेर्या छौ रे मिठा मिठा कुरा गर्ने अर्कै रोज्या छौ रेकति दया नभएको कस्तो मुटु होला महिनै पिच्छे माया फेर्ने कस्तो छ्ट्टु होला लाला बाला समालेर बसेकी छु घर बुढी भैदुख्छ मुटु चर्किएर बसेकी छु मजबुर भैके गर्नु र धोके बाज कैले सम्म बहुलाउछौपाल्ने मै हूँ भन्दै  याहा आफ्नै राज्य चलाउछौमहिनै पिच्छे माया फेर्दै मलाई कति जलाउछौ।पाउने छैनौ माफी कहिल्यै मेरो मुटु जलाएरपापको भाडो भरिदैछ जाने छैन सेलाएरचालिस पुग्नै लाग्यौं होला कति आँखा डुलाउछौबुढो हुँदा एक्लो हौला कस्मा हैकम चलाउछौ ?पैसा , गाडी, पिरती यो दुई दिनको  खेल होस्वर्ग लाई नरक...