15 Chaitra, 2073 | 28 March, 2017 Tuesday


2017-03-22 | तीतोपाटी डटकम
युबरज बश्याल-कसैकसैले हावा भरिएको बेलुन भनेएकैछिन उड्छ फुटेर फेरि गिर्छ भनेत्यसैले म हावामा उड्न सिकेको छुघरी तल घरी माथी घुम्न सिकेको छुकसैकसैले पागल त्यो पागल हो भनेउपचार नपाएर बौलाएको सम्म भनेत्यसैले म आफु आफ्नो नियन्त्रण छुसधै खुसी हुने त्यो विधि सिकेको छुकसैले लगाम बिनाको घोडा हो भनेजताततै उफ्रने बसमा नभाएको भनेत्यसैले म सुमनको डोरिमा टम्म छुघरायसी ईश्वर चुम्न सक्ने भएको छुकोहिले त मलाई हावाको झोका भनेघरी यता घरी त्यो घरु उता जान्छ भनेत्यसैले म पवन सरि हल्का भएको छुपापको बोझ फालेर नाचिरहेको छुकसैकसैले झन लक्ष्य नभएको भनेकहिले काहीं नाङ्गै खुल्ला घुम्छ भनेत्यसैले त म भ्रमित सुख भन्दा पर छुमनका लालचहरु...


2017-03-13 | तीतोपाटी
मलाई माफ गरजुन दिन तिमी जन्मियौ म तिमीबाट टाढा हुन पर्यो महिना नपुगी तिम्रो जन्म भएकै कारणतिमी अपाङ्ग भयौ रे तिमीलाइ बोतल बाट दुधका घुड्का पिलाइन्छ रे तिमी उठ्न नि सक्दैनौ रेएकैपट्टि सुत्नु परेकोले तिम्रो आधा शरीर कुहिएको छ रे। आमा छेउमा जादा आ..आ. ..गर्छौं रे  तिम्रो स्याहार सुसारमा नि कसैलाइ फुर्सद हुन्न रे  तिमी एक दिनको हुँदा देखे म सधै तिम्रो याद गरिरहन्छु। तर के गर्नु परिस्थितिले टाढा हुन परेको छ। तिमी मर्दैछौ रे भनेर सबैले भन्थे तर अझै मर्न सकेनौ रे एकपाटो कुहिएर किरापरेको छन भन्ने सुन्छुतिम्रो वियोग हेर्न छिमेकीहरु दिनका दिन आउछन भन्ने सुन्छु ।तिमीलाइ मार्ने सुइ लगाउने सल्लाह दिन्छन रे कोहि हुन्न भन्छन रे !तिम्रा...


2017-03-06 | तीतोपाटी
टाउको विनाको मान्छे !सुन,टाउको विनाका मान्छे होहात ,खुट्टा ,आँखा विनाका मान्छे होतिम्रो बोलीमा झुटको कालो बादल देख्छु ।तिम्रो मस्तिष्क भरिएको टाउकोलाई म हाडै हाडको अस्थिपन्जर मात्र देख्छु ।तिम्रा प्रत्येक हात खुट्टाका चालमा जालै जालको खेल देख्छु ।तिम्रो छड्के दृष्टिमा क्रूर हेराइ देख्छु ।मान्छे के भन्छौ आफुलाई तिमी स्वाभिमान विनाको मान्छे आफ्नै पहिचान विनाको मान्छे तिमीसङ सास फेर्ने नाक छैन आवाज निस्कने मुख छैन तिमी त कस्तो रङ रुप स्वरुप विनाको मान्छे तिमी त कस्तो आकृती विनाको मान्छे सुन ओ!मान्छे तिमी त कस्तोहात खुट्टा टाउको विनाको मान्छे ।तिमी बोल्छौ तर आवाज दिनु पर्छ कसैलेसापटी लिएका शब्दहरुमा रुमलिरहन्छौ तिमी तिमी हास्छौ तर मुस्काइ दिनु पर्छ कसैलेतिमी हिड्छौ तर चलिदिनु पर्छ कसैलेतिम्रा आँखा छन् तर हेरि...


2017-02-21 | तीतोपाटी
-सुवास शर्मा,आजभन्दा २९ महिनापहिले म दुबई आएको पहिलो दिन झापाली मित्रसँग भेट भएको थियो । जीवनमा पहिलोपटक विदेश आएको त्यसमाथि नेपाली भेट्दा यो मन कति खुसी हुन्छ, त्यो विदेश आएका नेपालीलाई मात्र थाहा हुन्छ ।ती मित्रले मलाई घर कहाँ हो भनेर सोधे । मैले दाङ भनें । अनि उनले फेरि भने, ‘के खान आएको यस्तो पाजी कम्पनीमा । म त नेपाल फर्कन कोसिस गरिरहेको छु ।’ उनकोे कुराले मन खिन्न भयो । साँच्चिकै नराम्रो कम्पनी परेछ कि क्या हो भन्ने लाग्यो । केहीबेरपछि मैले उनलाई दाइ कति वर्ष भयो तपाईं यो कम्पनीमा काम गर्न लागेको भनेर सोधें । उनले आठ...


2017-02-19 | तीतोपाटी
-बिमला पण्डित (आँशु),तिमीले मलाई सजिलै भुल्यौ । हाम्रो बगैंचामा फुल्ने फुल तिमी पराइको बगैंचामा फुल्यौ।। मन परायौ माया दियौ, साथ दिन्छु भन्यौ । शुरुमा त तिमीले कती मिठा बाचा गर्यौ । ती मिठा बाचा गर्यौ ।। ती बाचा ती वचनहरुलाई सजिलै भुल्यौ, अचम्म लाग्यो मलाई । आफ्नो बगैचा उजाड बनाइ पराइको बगैचामा फुल्यौ ।।दुइ थियौ एक भयौ दिन बिताउदै गयौ । एकै साथ जिउने सपना बोकी जीवनको केहि समय बितायौ ।। म थिए घर देशमा तिमी भयौ परदेश । कुरी बसे तिम्रो बाटो हेरी पक्कै फिर्ने छौ स्वदेश ।। तिमीले मलाई सजिलै भुल्यौ । थाहै नपाइ पराइको नजरमा डुल्यौ ।। कयौ वर्ष बिते मेरा एक्लो भएर । यो असहज बाटोमा ओइलिएर ।। तिमीले सजिलै...


2017-01-28 | तीतोपाटी डट कम
शैलेश भट्टरार्इ - कुरा पञ्चायतकालको हो  । हाम्रो घरमा मार्क्स, एङगेल्स्, लेनिन, माओ, शिव-पार्वती, लक्ष्मी, सरस्वती, राजा वीरेन्द्र, महेन्द्र, पृथ्वीनारायण इत्यादिका तस्वीर लहरै मिलाएर राखिएको थियो शायद मेरा हजुरबुवालाई यसरी समावेशी तस्वीर राख्ने सौख हुँदो हो  । म त्यस्तै पाँच छ क्लासमा पढ्दो हुँ । खास कारण पर्गेल्न सक्दिनथें । र, अहिलेसम्म पनि पर्गेल्न सकेको छैन ।हजुरबुबा प्रधानपञ्च हुनुहुन्थ्यो । अलि अन्तर्मुखी स्वाभावको हुनुहुन्थ्यो । पञ्च भएर पनि त्यसरी कम्यूनिष्ट नेता/दार्शनिकको पनि तस्वीर किन राख्नुभाको थियो, त्यो मेरो घरका अरू सदस्यलाई पनि शायद थाहा थिएन । त्यतिखेर हाम्रा एकजना नातेदार कम्युनिष्ट पार्टीमा लागेका थिए । हजुरबुवा उनलाई मनपराउनु हुन्नथ्यो ।...


2017-01-26 | तीतोपाटी डट कम
जानाकी जानू दर्लामी बि क - हाँसो त सबैको ओठमा हुन्छ तर मन भित्र हुने पीडाकस्ले देखको हुन्छ र ! आदर्शबादी कुरा त सबै गर्छन तर सत्य र यथार्थ कस्ले बोलेको हुन्छ र ! हात्ती छाप चप्पल  र हात्ती उस्तै उस्तै हो नानू भने जस्तो, हात्तीको देखाउने र चपाउने दात फरक फरक हो आज यहि फरक एक सम्बन्धमा परेको छ । कुरा कहाँबाट सुरु गर्ने र कहाँ  बिट मारी अन्त्य गर्ने कुनै पाटो नै छैन ।  जब एक पुरुष दुई घरबार गर्छ, समाजको मर्द बन्छ अनि एक स्त्री दुई घरबार गर्छे त बेश्या बन्छे । सरम बेचेकी हुन्छे आखिर यो...


2017-01-21 | तीतोपाटी डट कम
मेरो प्यारो देश्, समाज र परिवारबाट टाढा भइ बन्धकी बसेकी छु ।समस्याको बाटोहरुलाई समाधान गर्छु भनी बन्धकी बसेकी छु । ।कती खुशिका पलहरु थन्क्याइ बन्धकी बसेकी छु ।कती आशुका भेलहरु लुकाइ लुकाइ म यहाँ बन्धकी बसेकी छु । ।बैकमा धितो राख्ने सुन जस्तै धितो रुपी बन्धकी भएकी छु ।आमा बनेर पनि मेरो प्यारो नानीबाट एक्लीएकि छु । ।जिन्दगी सोचे जस्तो नहुदो रहेछ ।सुनुवाइ त भोगाइ जस्तो नहुदो रहेछ । ।जिन्दगीको केहि भोगाइ साच्चै बन्धकी बनेको छ ।यो मरुभुमिको बैकमा साच्चै जिन्दगी बन्धकी बनेको छ । ।बिमला पण्डित हालः कुवेत...


2017-01-17 | तीतोपाटी डट कम
दिपक घिमिरे - मैले एक प्याक अरु थप्ने निधो गरेँ । सँगै पिउँदै गरेको केरलाको रफिकले मेरो भोड्काको बोतल आफूतिर सार्दै भन्यो ‘कितना पिएगा बे ? मरेगा तु !’मेरा आँखा आलु जत्रा भए, गोलभेँडा जस्ता भए । रफिकको हातबाट बोतलतान्दै मैले भने– ‘तुझे क्या मुस्किल हे बे ? मे मेरा पिता हुँ, तेरा नही ।’म हल्का हाँसे पनि फिलिपिनो जोन नक्कली दाँत देखाएर मस्तले हाँस्यो । ऊ हाम्रो सबै कुरा बुझ्दछ । जोन यो अरबमा बङ्गाली, इन्डियन अनि नेपाली र पाकिस्तानीसँग बसेको आठ वर्ष भयो । ऊ आफ्नो भाषा बरु भुल्दैछ तर हिन्दीमा पोख्त ।जोनले एक बोतल उडायो । केरलावाला...


2017-01-16 | तीतोपाटी डट कम
जानकी जानु दर्लामी - तिमी संगै जिउन तिमी संगै रमाउन मलाइ पनि रहर थियो रानी तर रहर रहरमा नै सिमित रहने भयो । थाहा छ मलाइ तिमीले यो पत्र पढे पछि पक्कै पनि रुन्छेउ तर रानी तिमी मेरी रानी हौ तिमिले हर समस्याको समाधान गर्नु पर्छ । म बिना यो समाजमा एक्कै लडनु पर्छ किनकी तिमी मेरी सहासी रानी हौ । फरक यति भयो रानी तिम्रो साथमा दैवले मलाइ जीवन बिताउन दिएन । रानी मलाइ तिमी संग बिताएका हरेक पल याद छ । पहिलो भेट् मै तिमीलाइ देख्न साथ तिमी मन पर्न थाल्यो । तिमी संगको पहिलो भेट् पनि सुन्दर...


2017-01-12 | तीतोपाटी डट कम
अजित बराल - घर जानका लागि बस स्ट्यान्डमा बस कुरिरहेको छु । आधा घण्टा भइसकेको छ कुरेको तर कुनै बस आएको छैन । यताउता आँखा डुलाउँदै छु, कतैबाट बस आइहाल्छ कि भनेर । एउटा बस आउँछ बत्तासिएर र हामी बसेको ठाउँमा आएर घ्याच्च रोक्किन्छ । खलासी ढोकाबाट फुत्त बाहिर निस्कन्छ र कराउँछ, ‘आउनुस्, आउनुस्, आउनुस् । ल है, गइहाल्यो, गइहाल्यो ।’बस लोकल रहेछ । ठाउँठाउँमा यात्रुहरू झराल्दै, टिप्दै हिँड्ने भएकाले ढिलो पुग्छ । चढौं कि नचढौं— दोधारमा पर्छु ।     खै किन हो माइक्रोबसवालाहरूको हड्ताल छ, कुनै माइक्रोबस आउने सम्भावना पनि छैन । बस कुर्दाकुर्दा बोर लागिसकेको छ, अर्को बस कुरेर...


2017-01-05 | तीतोपाटी डट कम
राधा पोखरेल - लगभग दुर्इ वर्षपछि यसै हप्ता ती दिदीसँग भेट भयो । चिन्नै सकिनँ पहिला त । ओहो ! दुई बर्षमा यति धेरै परिवर्तन ? शरदीय आकाशमा खुलेकी जून जस्ती दिदी औंसीको अन्धकारमा रूपान्तरित भइछन् । ढकमक्क फूल जस्तो फक्रिएको उनको बैंस जरा काटिएको लालीगुलाफ झैं मुर्झाएछ । स्याउदाना गाला निचोरेको निबुवाजस्तै भएछ ।“ओई राधा ! चिनिनौ मलाई ? के ट्वाल्ल परेकी ?” साँच्चै, एकछिन त ट्वाल्ट्वाल्ती हेरिरहें आँखै नझिम्क्याई । विश्वास गर्नै गारो पर्यो मलाई तिनै दिदी हो भनेर । (नाम र ठेगाना गोप्य राखिएको छ)उनको मुहारमा सदाबहार चम्किरहने मीठो मुस्कान देख्दा कहिलेकहिँ त खुब डाहा लाग्थ्यो मलाई...


2016-12-29 | तीतोपाटी डट कम
मेरो देश नेपालमा पहिचान पहिचान भन्दै उफ्रीनेहरुको संख्या कमी छदैछैन । पहिचान भन्दै देशगुनाको भेषभुषा भन्दै नाङ्गलोभरीको सुंगुरको मासु र रक्सि पिउनेहरुको संख्या पनी कम्ति छैन ।।  कुहेको र चुहेको हाम्रो पिता पुर्खाहरुले मागे भन्दै छिट्टाले चाँही आफ्नो घरको भित्ता रङ्गाउनेहरु पनी मेरै देशमा ।। कुलपित्रा मान्नु पर्छ रमाउनु लगाउनु पर्छ भन्दै भालेको बिशेष आँशहरु चाँही आफ्नै थैलोमा भर्नेहरु पनी मेरै देशमा ।। आदिबासी हौ भनी अर्थयाउने बर्थ्याउने र भेषभुषा र संस्कृतीलाई पनी अंङ्गालौ भन्नेहरु पनी मेरै देशमा ।। अनी उनिहरु चाँही कुलपित्रा १२ जातजातीपारी बिहे गरी बिदेशीलाई बेहुली बनाई आफ्नै देशमा भित्र्याउनेहरु पनि मेरै देशमा ।। भाषा र संस्कृतीलाई जगेर्ना गर्नु पाउनु नै पर्छ भन्नेहरुले भोलि मैले कान्छा बाहुनको छोरीलाई बिहे गरेर पनि राई माईलाको छोरीलाई ल्यउन पाउनै पर्छ भनि छाती पिटीपिटी...


2016-12-25 | तीतोपाटी डट कम
निस्ठुरी मेरो आँखाबाट तिमी टाडा भएपनि मेरो यो मन मन्दिरबाट टाढ राख्न सकिदैन मेरो ज़िन्दगी भरिको खुसी लगे पनि मेरो भाग्यलाई लान सकिदैन।।सधै तिमी निस्ठुरी मेरो कल्पनामा आउँदा खेरी घायल भएँ म झुटो माया तिमीले लाउँदा खेरी संहालेर राख ति तिम्रो अमुल्य आँखाका आशु बगाउनु पर्ला मैले बिछोडका कुराहरू गर्दा खेरी ।।प्रिय म गरीव को छोरा गरीव नै भएपनि  यो मेरो मन त कहिल्यै गरीब थिएन तिमो् साथ छुटे पछि मलाई मेरो अ।फ्नैभाग्यले पनि साथ दिएन ।।बन्धकीमा परेको छ मेरो हाँसो अब उसलाई म छुटाऊ कसरी मेरो मनको फ्रेम टुक्राटुक्रा भयो अब म यो मनलार्इ जोडाै कसरी ।।यो दुनियामा उज्यालो हुने धामले घाम उदाए पछि अस्ताउनु पर्ने एकोहोरो माया धेरै भए पछि घायल भएर पछुताउनु...


2016-12-18 | तीतोपाटी डट कम
केदारनाथ नेपाल ’निश्चल - मंसिर सकियो । अब घर बाट बिहेको लागि दवाब आउदैन । हुन त माघ महिना सुरु भएपछि फेरि किचकिच सुरु भैहाल्छ । उमेर पुगेपछि शान्तले बस्ने भनेको त बर्षमा चार महिना मात्र रहेछ । उमेर भर्खर २५ बर्ष भयो । सबैले बिहे गर्ने उमेर पुग्यो भनेर कर गर्दैछन् । बिहेको महिना आउनै नहुने, घरमा किचकिच सुरु भैहाल्ने । कि तेरो छ भने भन्, नत्र फलानो ठाउँबाट केटीको कुरा आएको छ । कुरो अघि बढाउनु पर्यो ! शिरस्वभाव राम्रो छ । घरधन्दा लगायत सबै काम जानेकी छ । राम्री पनि उक्तिकै छे । त्यस्ती केटी अरु पाईन्न हेर बाबु...! यो जमानामा । दुई बर्ष भयो...


2016-12-18 | तीतोपाटी डट कम
तिम्रा छातीमा, गोली लाग्न नदिन , कवच, बनेर उभिएका त्यो तिम्रो,गौरवशाली युद्धका सिपाहीहरु,आज खाडीमा,बेल्चा र घन चलाउदैछन।तिम्रा सन्ततिलाई,आराम दिन, खालि खुट्टा,दौडिएका,ती,युद्ध अपराधीहरु,नुन तेल खोज्न,बालुवाको बगरमा, भौतारिदै छन।जाउ हे महापुरुषहरुखोजेर ,तिनलाई फाँसीमा चढाउ,खोजेर तिनलाई, कोर्ह्रा बर्साउ।तिम्रा चिल्ला,बातमा बहकिएर,ज्यानको बाजि थाप्नेहरु,ती,महान पथका यात्रीहरुतातो घाममा, झुल्सिदैछन,आँसुको सागरमा, डुब्दैछन।तिम्रा जीवन,बदल्ने अभियानका,ती अनगिन्ती प्यादाहरु,तिम्रा चालका, गोटिहरु,अपमान पिएर, जिउँदैछन।जाउ हे , महान बिजेताहरु,खोजेर तिनलाई , कारबाही गर,काठका बाकसमा निर्यात गर।-रजनी ढुंगाना...


2016-12-01 | titopati.com
मीरा प्रसाईं -‘बहिनी! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई। कहाँ हो घर? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी? धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन्। तिमी कुनै पनि बेला सिकार बन्न सक्छ्यौ। दिदी सम्झेर केही त भन!’ त्यो केटीका आँखामा आँशु टिल्पिलाए।‘काम गर्न बसेको घरमा मालिकले गिद्धे दृष्टि लगाउन थालेपछि म त्यहाँबाट भागेर जाने ठाउँ कतै थिएन अनि...।’ ‘मैले तिमीलाई केही सहयोग गर्न सक्छु कि म प्रयास गर्छु  है, कुनै पनि बेला म तिमीलाई याहा भेट्न आउन सक्छु यहाँबाट अन्त नजाउ है।’केटीले टाउको हल्लाउँदै भनी, ‘हस् दिदी।’रमिलालाई त्यो केटीको अवस्थाले बिचलित बनायो।...


2016-11-25 | तीतोपाटी डट कम
जति नै दुःखै दुःख भए पनि बाहिरी हाँसेको छु परदेशमा २४ घण्टा काम गरे पनि थकित नबनी हाँसेको छु परदेशमा ।।जन्मभूमि छाडी मरूभूमिमा कर्म थलो बनाएर भए पनि हाँसेको छु परदेशमा घर अनि परिवार र अाफन्तजनको साथ नभए पनि हाँसेको छु प्रदेस मा ।।काममा साहुले कराए पनि बाहिरी हाँसेको छु परदेशमा दिनरात खटी एक गास खाना नपाए पनि हाँसेको छु प्रदेस मा ।।रिदम बोखिम राइ (सुनिल्) पाच्थर एकतीन हालः सात समुन्द्र पारीको देश कुबैत...


2016-11-22 | तीतोपाटी डट कम
माधव पाैडेल "असल परदेशी"सेवा सुविधा जनतालाई चाहिदैन भो तिमीहरुकै भत्ता बढाए भो सदनमा बिधेयक पास भएन भने दक्षिणकाली भाकी वलि चढाए भो ।।गरिब किसानका छोराछोरीलाई सरकारी बिद्यालय हाजीर छ युरोप अमेरिकातिर बिद्यालय खाली छ रे बेलैमा तिमीहरुको सन्ततिहरु उडाए भो ।।वाढी, पहिरो र भूकम्पले क्षतबिक्षत छ मलुक यसको चिन्ता गरि टाउको दुखाउनु पर्दैन भो फेरि बिदेश उपचार खर्च खेप्न हामी सक्तैनौ हो जे गर जसो गर तिमीहरुलाई सबै छुट छ तिमीहरुको पेवा रहेछ क्यारे देशको ढुकुटी जताततै तिमीहरुको मात्रै लुट छ ।।राम्चे - ४, सिन्धुपाल्चोकहालः कुवेत ।...


2016-11-22 | तीतोपाटी डट कम
छितिज पारी  भए पनि सम्झेको छु आमा सात समुन्द्र तरेर छाडी म परदेशी भएको छु आमा ।बिदेसिको गुलामी भए पनि तिमी लाई नै सम्झेको छु आमा ।।गुन्द्रुक ढिंडो मकै आठो भए  पनि गास छुटाएर दिएको पल सम्झेको छु आमा ।।थाहा छ मलाई तिमी म सँग टाडा छौ भनेर तर पनि  मन भरि पिडा बोकी सम्झेको छु आमा ।। रिदम बोखिम रार्इ पाच्थर एकतीन सात जरिङ्गे हालः मरूभुमिको देश कुवेत ।...