9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-21 | तीतोपाटी डट कम
तीतोपाटी - सामाजिक सञ्जालको दुरूपयोगका कारण पछिल्लो समय बालबालिकाहरु अपराधिक कार्यमा संलग्न हुने गरेका छन् । सामाजिक सञ्जालको प्रयोग तथा युट्युवमा राखिएको अश्लिल दृश्यका कारण किशोरकिशोरीहरु अपराध कार्यमा फस्ने गरेका छन् ।रुपन्देहीको सैनामैनामा एक अवोध बालिका १५ वर्षे बालकबाट बलात्कारको शिकार बनेकी छन् ।रुपन्देहीको सैनामैनाकी ९ बर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने १५ बर्षिय सन्दिप बन्जाडेले बिद्यालयमा साथीहरुले देखाएको अश्लिल चलचित्र हेरेपछि आफूलाई पनि त्यहि चलचित्रमा जस्तै गर्ने ईच्छा जागेको प्रहरीसामू बयान दिएका छन् ।आफ्नै छिमेकी नावालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नै कोठामा लगेर बलात्कार गरेका बन्जाडेले आफूलाई साथीहरुले दिनहुँ जसो अश्लील चलचित्र देखाउने गरेको समेत बयान दिए। बन्जाडे अहिले कक्षा १०...
2017-05-21 | titopati.com
 बाँगी बाँसटारीका विष्णु कार्की पाँच वर्षदेखि पशुपालन पेसामा छन् । उनको फर्ममा १८ भैंसी र ९ गाई छन् । दैनिक १ सय १० लिटर दूध उत्पादन हुने फर्ममा चार जनाले रोजगारी पाएका छन् । खर्च कटाएर महिनाको ७० हजार रुपैयाँ बचाउने गरेको उनले बताए । ‘कमाइ राम्रै होला भनेर विदेश गइयो, भनेजस्तो भएन, फर्किएर पशुपालनमा लागेँ,’ उनले भने, ‘उता दु:ख धेरै आम्दानी कम, यता दु:ख भए पनि राम्रै कमाइ छ ।’ उनी रोजगारीका लागि कतार गएका थिए । कार्कीकै देखासिकी गरेर छिमेकीले पनि गाईभैंसी पाल्न थालेका छन् । फर्मसम्मै मोटरबाटो भएकाले दैनिक दूध बिक्री गर्न सदरमुकाम गाडी पठाउन सहज छ ।...


2017-05-21 | तीतोपाटी डट कम
तीतोपाटी - घाम तातो पानीझैं उम्लेर पुनर्वासको भुइँभरि पोखिएको छ । वैशाख-जेठको गर्मीमा बरालिएको हावाले 'लू'को आकृति लिइदिन्छ बेलाबेला । फुको धुलो भुमरीमा मिसिएर कुद्दैछन् पुनर्वासको मैदानी खेतैखेत । गहुँको ठोसामात्रै छन् खेतका गहरामा । त्यही ठोसैठोसामा पैतला बिझाएर अँध्यारोमा रित्तो खेत पुग्छिन्-मनसरा विष्ट । मात्र पिसाब गर्नका निम्ति । किनकि उनी छाउ भएकी छिन् ।छाउपडीलाई चर्पी प्रयोग गर्न रुकावट छ, मनसराको घरमा । छाउको रगतले चर्पी बिटुलाउँछ भनेर चर्पीमा दिसा-पिसाब गर्न दिन्नन् सासूले । छाउ भएको पाँचौं दिन पनि उनी साँझसम्मै पर्खेर अँध्यारोमा पिसाब गर्न खेतका गहरा धाउँछिन् ।'चार दिन भया हग्नगया आच्छी,' मनसराले भनिन् । चौथो दिनसम्म चर्पी...


2017-05-21 | तीतोपाटी डट कम
 तीतोपाटी - झट्ट हेर्दा वाइवाई चाउचाउको कार्टुन जस्तै देखिन्छ । कार्टुन देख्ने जो कोहीलाई लाग्छ चाउचाउ नै होला । मतगणना स्थलमा चाउचाउ, जुस, बिस्कुट, पानी त खाजाका रुपमा धेरैले खाएका पनि छन् । मतगणना भैरहेका ठाउँमा भेटिएका कागज÷बट्टा, बोतलबाट पनि त्यही अनुमान गर्न सकिन्छ । तर ललितपुर महानगरपालिकाको मतगणना स्थलमा वाइवाई चाउचाउको कार्टुनमा सेलरोटी पनि भेटिन्छ । ‘बिहानै ४ बज्दा नबज्दै पालो दिन आउनुपर्छ । अघिल्लो दिनदेखि रातभर बसेका प्रतिनिधिलाई पनि पालो दिनुप¥र्यो । मतगणना स्थल छोड्नु पनि भएन’ वडा नम्बर १६ का स्वतन्त्र उम्मेद्वार अशोक श्रेष्ठ भन्नुहुन्छ ‘मतगणनाको हतारोले कतिपयले त बेलामा खान पनि पाउँदैनन्, भोकभोकै पनि बस्नुपर्छ ।’ ललितपुरको...


2017-05-20 | तीतोपाटी डट कम
तीतोपाटी - विश्वमा प्रेमका लागि विभिन्न त्याग गरिएका कथा सुन्न पाइन्छ । कतिले प्रेम जोगाउनका लागि जन्म दिने आमाबाबु, घर–सम्पत्ति र परिवार छोडेको घटना बेलाबखत सुनिंदै आएका छन् । प्रेमी–प्रेमिकाका लागि कतिपयले त आफ्नो ज्यानैसमेत त्याग गरेका घटनापनि आउने गरेका छन् । यसैबीच प्रेमकै लागि जापानी राजकुमारी माकोले पनि एक विशेष त्याग गरेको समाचारले विश्वको ध्यान खिचेको छ । जापानी शाही परिवारकी सदस्य राजकुमार माकोले उनको प्रेमी एक सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि आफ्नो शाही हैसियत त्याग गर्न लागेको समाचार बाहिरिएको छ । जापानी सम्राट अकिहितोकी जेष्ठ नातिनी २५ वर्षे माकोले अध्ययन गर्ने क्रममा भेटिएका कानुनी फर्ममा काम गर्ने २५ वर्षकै केइ...


2017-05-20 | तीतोपाटी डट कम
काठमाडौँ –सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । युथ एडभोकेसी नेपाल (यान), नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ/संस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा करिब तीन सय युवाको सहभागिता थियो । शनिबार बिहान माइतीघर मण्डलबाट सुरू भएको प्रदर्शनी त्नपार्कस्थित शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको हो । प्रदर्शनीमा सहभागी युवाले ‘बजार क्षेत्र तथा भिडभाड हुने क्षेत्रमा सिसी क्यामेराको व्यवस्था गरी त्यसको सही अनुगमन गर्नुपर्ने, सार्वजनिक स्थानमा यथेष्ट मात्रामा सम्पूर्ण सुविधासहितको महिलामैत्री शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसाको उजुरीका लागि उजुरी डेक्ससहित दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग...


2017-05-18 | titopati.com
पञ्चायतकालमा चार जनाको हत्या गरेको अभियोग बैतडी -कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना ८० बर्षीय वृद्धलाई जेल चलान गरिएको छ । बैतडीको साविकको महादेवस्थान बन्तोली बस्ने पर्मे भट्टलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।२०४२ साल भदौ १७ गते राती तत्कालिन विजयपुर पञ्चायत अन्तर्गत पर्ने बरायलगाडा बस्ने ६५ बर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थी सहित ४ जनाको खुकुरी प्रहार गरी हत्या गरेकाले भट्टलाई जेल चलान गरिएको छ ।जिल्ला अदालत बैतडीबाट २०५१ साल भदौमा भट्टलाई २० बर्षे कैद सुनाइएको थियो । त्यतिबेला देखि नै भट्ट फरार थिए । ८० बर्षीया भट्टलाई सोमबार आफनै घरबाट प्रहरीले पक्राउ...


2017-05-17 | titopati.com
क्यालिफोर्निया- विवाहलाई यादगार बनाउने सबैको चाहना हुन्छ। त्यही चाहना बोकेर अमेरिकाका यी जोडी विवाह गर्न नेपाल आए। उनीहरुले एक वर्षअघिदेखि सर्वोच्च शिखर सगरमाथामा विवाह गर्ने योजना बनाएका थिए।अमेरिका क्यालिफोर्नियाका ३५ वर्षीय जेम्स सिस्म र ३२ वर्षीया एस्ली स्जिमिडरले समुन्द्र सतहभन्दा १७ हजार फिट माथि पुगेर साहसिक विवाह सम्पन्न गरे। उनीहरुले सगरमाथा ट्रेकिङका दौरान विवाह सम्पन्न गरेका थिए। जुन यी जोडीका लागि अविश्मरणीय क्षण पनि बनेको छ। एस्लीले धरै छलफलपछि पारम्परिक विवाह हाम्राो लागि ठीक नभएको निष्कर्ष निकालिन्। 'हामीलाई हाम्रो विशेष दिनमा साथीभाइ, आफन्त र परिवारसँग रमाइलो गर्न मन लागेपनि हामी केही दिनको छुट्टिमा निस्किने निर्णय गरेँ,' उनले भनिन्, 'हामी दुबै जनालाई...


2017-05-16 | titopati.com
राजेश भण्डारी–आफ्नो घरमा काम गर्ने युवतीलाई दलित युवाले भगाएपछि पुर्वमन्त्री कृपाशुर शेर्पा चोरीको उजुरी बोकेर प्रहरीको शरणमा पुगेका छन् । केही दिनअघि शेर्पाको घरमा काम गर्न बसेकी डोल्मा शेर्पालाई धनकुटा मुगा स्थायी घर भएका दिपेश बराईलीले भगाएर विवाह गरेका थिए ।ईलाम नयाँबजार स्थायी घर भएकी डोल्मा विगत एक बर्षदेखि कृपाशुरको घरमा काम गर्दै आएकी थिईन् ।यसरी आफ्नो घरमा काम गर्ने डोल्मालाई दलित युवाले सिन्दुर हालेपछि छुटाउने प्रयासस्वरुप शेर्पाले केही दिनअघि महानगरीय प्रहरी वृत गौशालामा दिपेशको बिरुद्ध सुन चोरेको जाहेरी दिएका हुन् ।  जाहेरीमा पूर्व पर्यटनमन्त्री शेर्पा आफैंले हस्ताक्षर गरेका छन् ।‘दिपेश बराईलीको बिरुद्ध सुन चोरीको जाहेरी परेको छ’ महानगरीय प्रहरी...


2017-05-12 | titopati.com
इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरु साथी बने । तिमिल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’ का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरु भेटघाट गर्न थाले ।मिठा कुरा गर्ने तिमिल्सिनाले शिलालाई सजिलै प्रभावमा पारे । छोटो अवधिमै उनीहरु प्रेमी प्रेमिका बने । काठमाडौंमा घर भएको इन्जिनियर केटो भनेपछि परिवारले पनि तिमिल्सिनासँग उनको बिहे गराउन हतार गरे । गत फागुनमा उनीहरुको बिहे पनि भयो ।बिहेमा घर–परिवार व्यस्त भएकाले आउन...


2017-05-10 | तीतोपाटी डट कम
तीतोपाटी - कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् ।लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए । तर, युवक राति नै एयरपोट जान्छु भन्दै हिँडे भने भोलिपल्ट विहान लक्ष्मी मृत अवस्थामा भेटिइन् ।अनुसन्धानका क्रममा प्रहरीले मंगलबार सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका – ५ घर भएका ५१ वर्षका बद्रीप्रसाद तिमल्सिनालार्इ पक्राउ परेको छ ।प्रहरीका अनुसार मृतक लक्ष्मीका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएका छन् । र, उनको बद्रीसँग करिब १८ महिना पहिला फोनमार्फत चिनजान भएको थियो, जतिबेला बद्री साउदीमा थिए ।त्यसपछि उनीहरूको सम्वाद बाक्लिँदै गयो । घर परिवारका अन्य सदस्यहरुले...


2017-05-08 | titopati.com
चितवन स्थायी घर भएका दान बहादुर राईले आफ्नै भाउजुसँग प्रेम विवाह गरेपछि सिंगो पारिवारिक बातावरण खलबलिएको छ ।सहोदर दाजु वैदेशिक रोजगारीका लागि साउदी गएका बेला भाउजु गीता राईलाई च्यापेर दानबहादु काठमाडौं लागेपछि उनको आफ्नी श्रीमती भने बिचल्लीमा परेकी छिन् ।श्रीमान खोज्दै काठमाडौं आएकी दानबहादुरको श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौंमा बहु–विवाहको उजुरी दिएकी छिन् ।दुई छोराहरु समेत रहेका भाउजुलाई लिएर काठमाडौंतिरै बस्न थालेका दानबहादुरलाई उनको श्रीमतीको उजुरीका आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।‘दानबहादुर र उनको भाउजुलाई पक्राउ गरेर बहु–विवाहको मुद्धा चलाएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धीविक्रम शाहले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’एकबर्ष अघि  विवाह गरेका दानबहादुर दाई...


2017-05-06 | तीतोपाटी डटकम
तीतोपाटी डटकम- ‘चुनाव जितें भने सबैभन्दा अघि मेरा गाउँका महिलालाई सचेत बनाउने कामको सुरुवात गर्छु’ रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ की महिला सदस्यकी दाबेदार ज्ञानुका कार्कीले आफ्नो योजना सुनाउनु भयो । २० वर्ष पछि हुन लागेको स्थानीय चुनावमा रामेछापको रामेछाप नगरपालिका–७ बाट महिला सदस्यका लागि लड्दै हुनुहुन्छ ।पढाइका कुरा गर्ने हो भने ज्ञानुका मुश्किलले आफ्नो नाम लेख्न सक्नुहुन्छ । कक्षा पास गरेका प्रमाण पत्र नभएपनि ज्ञानुकाको आफ्नो गाउँका महिलालाई सचेत बनाउने योजनाहरु कम छैनन् । ‘मेरा गाउँमा म जस्तै अनपढ महिला धेरै छन्, म तिनीहरुकै विकासका लागि यो चुनावमा उठेको हुँ’ ज्ञानुकाले भन्नु भयो । पातलो ज्यान, हँसिलो अनुहार,...


2017-05-04 | तीतोपाटी डट कम
तीतोपाटी - प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको विरोधमा गैरसरकारी संस्था महासंघको अगुवाईमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।काठमाडौंको बानेश्वरमा गरिएको प्रदर्शनमा प्रो-पब्लिकका केदार खड्का लगायत सहभागी थिए । नयाँबानेश्वर जस्तो व्यस्त सडकको बीचमै बसेर  उनीहरूले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित भएको थियो ।प्रदर्शनमा सहभागीहरुले न्यायपालिकामाथिको राजनीतिक हस्तक्षेप बन्द गर, न्यायीक स्वतन्त्रता कायम गर, दण्डहिनता अन्त्य गर लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।न्यायीक स्वतन्त्रता र स्थानीय तह चुनावको सुनिश्चितताका लागि प्रदर्शन गरिएको गैरसरकारी संस्था महासंघले जनाएको छ ।...


2017-05-03 | titopati.com
काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा अाज राति सार्वजनिक भएको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटले डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो।सन् २०१६ अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट...


2017-04-28 | titopati.com
विवेकशील नेपाली पार्टीको महाराजगन्जस्थित केन्द्रीय कार्यालयमा एक सातायता चहलपहल बढेको छ । काठमाडौं महानगरको मेयरमा उक्त पार्टीका तर्फबाट २१ वर्षे रञ्जु दर्शनाको उम्मेदवारी घोषणासँगै मानिसको आउजाउ र भेटघाट बाक्लिएको हो । कार्यालय सजाएर झकिझकाउ पारिएको छ । देशभक्ति गीत घन्किइरहँदा आसपासको वातावरण पनि संगीतमय छ ।पातलो ज्यान, छोटो कपाल, कलिलो र मुस्कुराई रहने गोरो अनुहारकी दर्शनालाई देख्ने जोसुकैको मनमा कुरा खेल्छ, यति सानै उमेरमा यिनले महानगरको नेतृत्व सम्हाल्न सक्लिन् र ?कुरा गर्दै जाँदा उनमा एक प्रकारको परिपक्वता झल्किन्छ । भन्छिन्, ‘धेरैलाई २१ वर्षको उमेरमा विचार नै आएको हुँदैन भन्ने लागिरहेको छ । उनीहरूले पृथ्वीनारायण शाह, मार्क जुगरबर्ग र मलाला युसुफजाईहरूलाई हेरुन् ।’ भन्छिन्, ‘म काठमाडौंकै बासिन्दा भएकाले...


2017-04-24 | तीतोपाटी डट कम
तीतोपाटी - सगरमाथा आरोहण उति सजिलो छैन, त्यसैले त सिजनका बेला सीमित आरोही मात्र सर्वाेच्च शिखर आरोहण गर्न सफल हुन्छन्। ज्यानै हत्केलामा राखेर गरिने सगरमाथा आरोहण सबैका लागि चुनौतीपूर्ण छ। सर्वाेच्च शिखरको सफल आरोहण यसै त हम्मेहम्मे छ। तर, त्यही चुचुरोबाट प्याराग्लाइडिङ उडान गर्न के सहज होला? कतिपयले यसलाई असम्भव पनि मान्दै आएका थिए।सानोबाबु सुनुवार (३३) रामेछापका स्थायी बासिन्दा हुन्। घरमा छँदा सुनकोशीमा गोरा (विदेशी पर्यटक)ले र्‍याफ्िटङ गरेको उनले धेरैपटक देखे। २०५५ मा एसएलसी दिएपछि बुबाले दिएको पाँच सय रूपैयाँ बोकेर उनी काठमाडांै हानिए। काठमाडौंमा गलैंचा उद्योगमा काम गर्न नसकेपछि त्यहाँबाट भागेर उनी पोखरा पुगे। त्यतिन्जेलसम्म उनलाई पोखरामा धेरै पर्यटक आउँछन्...


2017-04-23 | titopati.com
 अमेरिकाले आफ्नो देशमाथि आक्रमण गरे त्यसको कडा जवाफ दिने धम्की उत्तर कोरियाले दिँदै आएको छ । यसै बखत उत्तर कोरियाकासँग निकट मानिएका एक स्पेनिस नागरिक 'अलेजेण्ड्रो काओ डे बेनोज'ले तीन वटा बमले संसारलाई ध्वस्त बनाउँन सक्ने शक्ति उत्तर कोरियासँग रहेको दावी गरेका छन् । आइटी क्षेत्रमा काम गर्ने 'अलेजेण्ड्रो काओ डे बेनोज' 'कोरिया फ्रेण्डसिप एसोसिएसन'का संस्थापक अध्यक्ष समेत हुन । उनलाई उत्तर कोरियाबारे राम्रो जानकार र निकट व्यक्ति मानिन्छ ।अलेजेण्ड्रो काओ डे बेनोजस्पेनिस इन्फोबाइ वेबसाइटलाई अन्तवार्ता दिँदै उनले उत्तर कोरियाबारे यस्तो बताइएका हुन् । अन्तरवार्तामा उनले उत्तर कोरियालाई कसैले छुन नसक्ने समेत दावी गरेका छन् । यदि कसैले आक्रमण गरेमा...


2017-04-23 | titopati.com
एजेन्सी : मान्छे बाच्नका लागि विभिन्न पौष्टिक आहारको आवश्यकता पर्दछ त्यसका लागि मान्छे विभिन्न खाने कुराहरु खाने गर्दछन् । प्रायगरी संसारका मान्छेहरु बाँच्नका लागि अन्न/अनाज, माछामासु, फलफुल, तरकारी, पशु उत्पादनहरु यस्तै खाने गर्दछन् । संसारमा यस्ता व्यक्ति पनि छन् जो २५ बर्षदेखि घाँसपात मात्रै खाएर बाँचेका छन् भन्दा सबैलाई पत्याउन गाह्रो पर्छ ।पाकिस्तानको पञ्जाव प्रान्तस्थित गुजरवाला जिल्ला निवासी मेहमूद बट नाम गरेका एक व्यक्ति २५ बर्षदेखि रुखका पात खाएकै भरमा बाँचिरहेका छन् । उनले अरु कारण नभइ गरीबीकै कारण यसो गर्नु परेको बताइएको छ । बटसँग कुनै रोगजार थिएन, खेतीपाती गर्ने जमिन पनि थिएन । खाना जुटाउँने कुनै उपाए नभएपछि...

2017-04-21 | titopati.com

पाँचथरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले आफ्नै ४१ वर्षीय बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेकी छिन्। पीडित बालिकाले पाँचथर प्रहरीमा वैशाख ४ गते दिएको उजुरी ५ गते दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्ने गरेको र पछिल्लो पटक वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएकी थिइन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको प्रहरीले जनाएको छ।पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरिएको पनि डिएसपी पोख्रेलले बताए ।स्थानीय विद्यालयको कक्षा ८ मा...