15 Chaitra, 2073 | 28 March, 2017 Tuesday

2017-03-27 | titopati.com

एसीसी इमर्जिङ नेशन्स कपको  पहिलो खेलमा नेपाल पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ ।बङ्गलादेशको शेखकमल स्टेडियममा  नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६अाैं ओभरमा ४ विकेट क्षतिमा पुरा गर्दे जित हात पारे ।  पाकिस्तानी टोलीका लागि इमाम उलहकले १०४ रन बनाए । उनले १३५ बलमा ९ चाैका प्रहार गरे ।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले २-२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले पहिले ब्याटिङ  गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको बनाएकाे थियाे ।नेपालका सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले...


2017-03-25 | तीतोपाटी
तीतोपाटी,मातृभूमि युवा क्लबद्वारा आयोजित अन्तर नेपाली मातृभूमि युएई एक्सचेन्ज कप फूटबल प्रतियोगिताको उपाधि द टाईगरले चुमेको छ । ९ वटा टिम सहभागी भएको उक्त प्रतियोगिताको हिजो बेलुका सम्पन्न फाईनलमा युनिक नेपाललाई २- १ गोलको अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।खेलको सुरुमै बिराहाङ लिम्बूको गोलद्वारा १-० को अग्रता लिएको युनिक नेपालले आफ्नो अग्रतालाई कायम राख्न नसक्दा खेल १ – २ को अन्तरले पराजित हुन पुग्यो । १ – ० ले पछी परेको द टाईगरले अम मगरको गोलसंगै बराबरी गरेको केही बेरमै उदय लिम्बूले गोल थप्दै २ – १ को अग्रता लियो र उक्त गोल नै निर्णायक बन्न पुग्यो...


2017-03-23 | तीतोपाटी
तीतोपाटी,मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्ने "मातृभूमी UAE-Exchange फुटबल कप २०१७"मा ९ नेपाली फुटबल टिमहरुले सहभागी हुने  भएका छन । भोलि  सवहैया स्थित फुटबल मैदान आयोजना गरिने उक्त कपको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल(ए)बाट  मातृभूमी रेड ,यूनिक नेपाल , सरोकार समाज ,अल्घनिम र ययोक्खा कुवेत छन भने पोल(बि)बाट मातृभूमी बुल्लु ,द टाईगर,आई याल सि नेपाल र यान याफ सि रहेका छन ।२४ मार्च शुक्रबार,बिहान ठीक ८:०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधी,पत्रकार, समाजसेवी,बुद्धिजीवी,कलाकार  लगायतको पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुलेनिम्तो दिएको छ ।मिति :- २४...


2017-03-13 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत आज केन्या र नेपालबीचको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना जिवितै राखेको छ ।केन्याले प्रस्तुत गरेको १ सय ५६ रनको नेपालले मात्र ३२.२ ओभरमा मात्र ३ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।नेपालले एकदिवसीय क्रिकेटमा केन्यालाई पराजित गरेको यो पहिलो अवसर हो । यसअघि पनि एकदिवसीय क्रिकेटमा केन्यासँग दुई पटक पराजित भएको थियो । सन् २०१४ को विश्वकप क्रिकेट छनोटअन्तर्गतको अभ्यास खेलमा नेपाल एक विकेटले पराजित भएको थियो भने सन् २०१५ मा नामिबियामा भएको डिभिजन दुईको प्रतिस्पर्धामा पनि नेपालले केन्यासँग हार बेहोरोको थियो ।कप्तान ज्ञानेन्द्र मल्ल...


2017-03-13 | तीतोपाटी
मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्ने "मातृभूमी UAE-Exchange फुटबल कप २०१७"मा ९ नेपाली फुटबल टिमहरुले सहभागीता जनाउने भएका छन । भने गत शुक्रबार (१० मार्च)का दिन गोलाप्रथाद्वारा टाईसिट सार्वजनिक गरिएको छ । भने खेल मैदान बारे छिटै जानकारी दिने जनाएको छ । टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल(ए)बाट  मातृभूमी रेड ,यूनिक नेपाल , सरोकार समाज , अल्घनिम र ययोक्खा कुवेत छन भने पोल(बि)बाट मातृभूमी बुल्लु , द टाईगर,आई याल सि नेपाल र यान याफ सि रहेका छन ।२४ मार्च शुक्रबार,बिहान ठीक ८:०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुलेनिम्तो  दिएको छ ।...


2017-02-16 | titopati.com
काठमाडौं- इटालियन फुटबल महारथी एसी मिलानले एट्लान्टिक स्पोर्टस म्यानेजमेन्ट (एएसएम) सँगको समन्वयमा नेपाली यु–१७ खेलाडीका लागि जुनियर फुटबल प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ। अप्रिल १० बाट सुरु हुने प्रशिक्षण शिविर मध्यपुर युथ एसोसिएसनको मैदानमा दुई हप्ता चलाउने आयोजकको योजना छ। सहभागि संख्या अनुसार शिविर एक वा दुई हप्ता गर्ने निर्णय हुनेछ।एएसएमका कार्यकारी निर्देशक हरि खड्काले बुधबार पत्रकार सम्मेलनमा एसी मिलानको जुनियर प्रशिक्षण टोलीका पाँचसहित ६ जना शिविरका लागि नेपाल आउनेछन्। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान खड्काका अनुसार जुनियर खेलाडीलाई प्रशिक्षण प्रदान गर्न आउने मिलानको टोलीमा एकजना स्काउट पनि हुनेछन्। विश्वकै उत्कृष्टमध्येको एक क्लबका प्रशिक्षकहरुबाट उच्च स्तरको खेलशैली सिक्न यो...


2017-02-06 | तीतोपाटी
अफ्रिका कप अफ नेशन्सको उपाधि क्यामरुनले जितेको छ । आइतबार राति भएको फाइनलमा इजिप्टलाई २-१ ले हराउँदै क्यामरुन च्याम्पियन बनेको हो ।खेलमा अग्रता भने इजिप्टले लिएको थियो । उसले २२ औं मिनेटमा इल्नेनीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा क्यामरुनले कमब्याक गर्‍यो ।५९ औं मिनेटमा इन्कुलुले बराबरी गोल फर्काए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी छँदा अबुबाकरले गोल गर्दै क्यामरुनलाई उपाधि दिलाए ।...


2017-01-17 | तीतोपाटी डट कम
तीतोपाटी - नयाँ नेपाल युवा क्लबले आगामी फेब्रुअरी ३ तारिख शुक्रबारका दिन खुल्ला आमन्त्रण भलिवल प्रतियोगिता गर्ने जनाएको छ । प्रतियोगिता माहबुला स्थित सामुद्रिक  किनारामा रहेको भलिवल कोर्टमा बिहान १०ः३० बजेबाट शुरु हुने क्लबका अध्यक्ष दिल पुन मगरले कोसेलीन्यूजलाई जानकारी गराएका हुन । भलिवल प्रतियोगिताको लागि यहि जनवरी २७ तारिख शुक्रबार अपरान्ह ४ बजे माहबुलाको सामुद्रिक किनारामा टिम दर्ता तथा टाइसिट तयार गरिने भएकोले इच्छुक भलिवल खेलाडीहरुको टिम मेनेजरले उक्त दिन आफ्नो टिम दर्ता गर्न सकिने क्लबले जनाएको छ । विजेता र उप–विजेता टिमहरुलाई खसी उपहार र ट्रफी वितरण गरिने छ भने उक्त प्रतियोगिताको टिम दर्ता शुल्क २० केडि राखिएको क्लबका अध्यक्षले बताए । झण्डै २५ वसन्त कुवेतमा बिताएका क्लबका अध्यक्ष...


2017-01-10 | तीतोपाटी डट कम
तीतोपाटी - विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् ।जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लिओनल मेस्सी र एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन गि्रजम्यानलाई पछि पारे ।रोनाल्डोले एक महिनाअघि फ्रान्स फुटबलले प्रदान गर्ने बेलोन डि’ओरको उपाधि पनि जितेका थिए । दुवै अवार्ड रियल मड्रिडका लागि युरोपियन च्याम्पियन्स लिग र पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएवापत प्रदान गरिएको हो ।फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलमार्फत...

2017-01-02 | तीतोपाटी

चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा नेपालले सोमबार भारतसँग खेल्दैछ । भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा खेल दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।साफ च्याम्पियनसिपका यसअघिका तीनवटै संस्करणको फाइनल खेलेका नेपाल र भारत यसपटक सेमिफाइनलमै खेल्न लागेका हुन् । आइतबार भारत बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल र भारत सेमिफाइनलमै भिड्ने पक्का भएको हो ।नेपाल समूह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिता अन्तर्गत यसअघिका तीनवटै फाइनलमा हारेको नेपाललाई आज सोमबार भारतसँग जित्ने अवसर आएकाले सोमबार नयाँ इतिहास लेखिने नेपालका प्रशिक्षक कुमार थापाको विश्वास छ ।पहिलोपटक नेपाली टिम सम्हालेका प्रशिक्षक थापाले साफ च्याम्पियनसिप जित्नु प्रशिक्षकका रुपमा...


2016-12-16 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-टेस्ट राष्ट्र श्रीलंकालाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजित गर्न नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो। दसौं ओभरमै क्रिजमा प्रवेश गरेका दीपेन्द्रसिंह ऐरी ८४ रन बनाएर टिकिरहेका थिए। उनलाई अन्तिम विकेटको रूपमा साथ दिइरहेका थिए, नन्दन यादवले।अन्तिम ओभरमा बलिङ गर्न पुनः फर्किए, श्रीलंकाका लेफ्टआर्म अर्थोडक्स बलर प्रविन जयाविक्रमा। उनले यसअघि ५ ओभर बलिङ गर्ने क्रममा २८ रन नेपालविरूद्ध खर्चिसकेका थिए। त्यसैले नेपाली खेमामा जीतको सम्भावनालाई लिएर ठूलो प्रसन्नता थियो।दीपेन्द्रले जयाविक्रमाको दोस्रो बलमा मिडअन तर्फ लामो छक्का प्रहार गरेपछि नेपाली टोली मात्र होइन, नेपाली समर्थकमाझ पनि जीतको उत्साह बढेको थियो। तर, जयाविक्रमाको गुडलेन्थबाट हल्का उठेको तेस्रो बललाई सिधा खेल्नुको सट्टा दीपेन्द्रले...


2016-12-14 | titopati.com
अफगानिस्तानका ६ वर्षीय एक फुच्चे बालक, जो आफैले तयार पारेको विश्व चर्चित फुटबलर लिओनल मेसीको १० नम्बरको अर्जेन्टिनी जर्सी लगाएर गत जनवरीमा चर्चामा आएका थिए। उनै फुच्चेले आफ्नो सपनाको हिरो बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेसीसँग भेट्ने सौभाग्य पाए।अफगानी मुर्ताजा अहमदीले अर्जेन्टिनाको जर्सीको रंगजस्तै नीलो र सेतो बुट्टा भएको ‘प्लास्टिक ब्याग’ लाई मेसीको जर्सी बनाएर लगाएको फोटो यसै वर्षको पहिलो महिना ‘भाइरल’ भएको थियो। यसपछि उनी निकै चर्चामा थिए।आफ्नो यिनै फुच्चे समर्थकलाई मंगलबार बार्सिलोनाको मध्य पूर्वको भ्रमणमा मेसीले पहिलो पल्ट भेटे। बार्सिलोना अहिले आफ्नो प्रायोजक कतार एयरलाइन्सको निम्तो मान्न राजधानी दोहा पुगेको छ। बार्सिलोनाले विहिबार साउदी अरेबियाको अल–अहाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्दैछ।यही...


2016-12-14 | तीतोपाटी डट कम
नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टारले क्षतिपूर्तिस्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड माग गरेको छ ।एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि थ्री स्टारले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फासँग ६ कराेड क्षतिपूर्ती माग गरेकाे हाे ।  थीस्टारले याे मामिला टुंगाे नलागेसम्म फुटबलसम्‍बन्धी कुनै गतिविधिमा भाग नलिने घाेषणाा गरेकाे छ ।नेपाली फुटबल मात्र होइन, पूरा नेपाली खेलकुदकै लागि, त्यति मात्र होइन, पूरा देशकै लागि यो नयाँ नजिर बस्नेछ । नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब थ्री स्टार क्षतिपूर्तिका रूपमा यो खेलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सँगै करोडौं...


2016-12-02 | तीतोपाटी डट कम
एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटमा नेपालले अन्तिम खेलमा भारतसँग पराजित भएको छ। थाइल्याण्डको बैंककमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको हो।भारतले दिएको १२१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपाल १६ दशमलब ३ ओभरमा सवै विकेट गुमाउँदै २१ रनमा समेटियो।नेपालका लागि कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन्। नेपालका लागि सरिता मगरले सर्वाधिक ६ रन जोडिन्। कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र ज्योति पाण्डेले समान २–२ रन जोडे भने सीता राणा मगर र रोशनी बोहोराले १–१ रन बनाए।नेरी थापा, नीरा राजोपाध्याय, शोभा आले, संगीता राई र सरस्वती कुमारी खाता नै नखोली पेभिलियन फर्केका थिए।यसअघि...


2016-11-29 | तीतोपाटी डटकम
थाइल्याण्डमा जारी एशिया कप महिला ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार तेस्रो पराजय ब्यहोर्नेक्रममा नेपालले बंगलादेशसँग ९२ रनले पराजित भएको छ ।१३४ रनको बिजयलक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमै समेटियो । नेपाली ओपनर सीता रानामगरले मात्रै दोहोरो अंकको रन बनाउन सफल रहिन् । उनले १५ रन जोडिन् । नेपालका चार ब्याट्सवोमनले खाता नै खोल्न सकेनन् ।बलिङतर्फ बंगलादेशकी फहिमा खातुनले सर्बाधिक ४ विकेट लिँदा नाहिदा अक्तरले २ विकेट लिइन् ।यसअघि टर जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि ओपनर सञ्जिदा इस्लामले ३५ र नागर सुल्तानाले ३९ रन बनाउँदै उकृष्ट सुरुवात गरेका थिए...


2016-11-28 | titopati.com
नेपाली महिला टोली टी–२० एसिया कपको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग २३ रनमा अलआउट भएको छ। नेपालका आठ खेलाडी शुन्य रनमा आउट भएपछि नेपालको स्थिति दयनीय बनेको थियो। थाइल्यान्डमा भइरहेको प्रतियोगितामा सोमबार श्रीलंकाले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। जसमा ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाएकी थिइन्। खाता खोल्ने अन्य खेलाडीमा सिता रानामगरले ४ र कप्तान रुबिना क्षेत्रीले १ रन बनाइन्।-सेतोपाटी ...


2016-11-26 | तीतोपाटी डटकम
तीतोपाटी डट कम-महिला एसिया कप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।बैंककमा नेपालले प्रस्तुत गरेको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले मात्र १० ओभरमा १ विकेट गुमाएर भेट्टायो ।यसअघि पहिले ब्याटिङ गरेको नेपालले निकै खराब प्रदर्शन गर्‍यो र १८.१ ओभरमा ४७ रनमा अलआउट भयो ।नेपालका लागि रुविना क्षेत्रीले ११ रन बनाइन् भने अन्य ब्याट्सवुमनले दोहोरो अंक समेत जोड्न सकेन । ज्याति पाण्डे र इन्दु बर्माले ८/८ रन बनाइन् भने करुण भण्डारीले ६ र निरा राजोपाध्यायले २ रन बनाइन् ।काजोल श्रेष्ठ र सरिता मगर १/१ रनमा आउट हुँदा तीन...


2016-11-16 | तीतोपाटी डट कम
तीतोपाटी - सरकारले एएफसी सोलीडारीटी कप च्याम्पियन नेपाली फुटबल टोलीका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० ले हराउँदै ऐतिहासिक उपाधि जितेको टोलीलाई आजै साँझ प्रधानमन्त्रीले हरेक खेलाडीलाई ३ लाख रूपैयाँ उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिएका छन्।‘प्रधानमन्त्रीले युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीलाई टेलिफोन गरेर खेलाडीहरुलाई नगद पुरस्कारको व्यवस्था गर्न भनेका हुन्,’ खेलकुद मन्त्रालय स्रोतले भन्यो।जवाफमा खेलकुद मन्त्री श्रीपाइलीले च्याम्पियन टोलीका सदस्यहरुलाई जनही ३ लाख पुरस्कार दिने व्यवस्था चाडै गरिने बताएका छन्।मन्त्री श्रीपालीले प्रोत्साहन स्वरुप प्रारम्भिक चरणमा सबै सदस्यलाई तीन–तीन लाख दिने घोषणा गरिसकेको बताए।‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय रुपमा ठूलो विजय हासिल गरेका...


2016-11-15 | तीतोपाटी डट कम
तीतोपाटी - मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो ।मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।नेपालको जितमा सुजल श्रेष्ठले निणर्ायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजलले हेड गोल गरेका थिए ।पानी परेका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाव दिएको थियो ।नेपालले माघमा बङ्गबन्धु कपको उपाधि जितेको थियो । तर, यो अन्तराष्ट्रिय मान्यता पाएको प्रतियोगिता थिएन । लगतै सागको फुटबलमा स्वर्ण जितेको नेपालको एकै क्यालेेण्डर वर्षमा यो तेस्रो उपाधि हो...


2016-11-12 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३-० ले विजयी भएको छ ।यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।तर,...