15 Chaitra, 2073 | 28 March, 2017 Tuesday


2017-03-24 | तीतोपाटि
-गिरीश गिरी ,"उताबाट गहना राखेर ल्याएको डब्बा यता त खाली पो देखियो। सबै निकालिदिएछन्।"अष्ट्रेलिया पुगेपछि भाइले टेलिफोनमा सुनाएको यो ब्यथाले हामी सबै पिरोलियौं। जस जसले सुने सबैले फेरि एक राउण्ड नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘दुरावस्था’लाई लिएर गाली दिन थालेँ।‘नेपालको एयरपोर्ट भित्र चोरै चोर छन्,’ हिजोआज यस्तो भनाइ सबैले ब्यक्त गर्छन्, मेरो परिवार मात्र के कम होस्? सबैभन्दा ठूलो गल्ती त भाइ कै थियो। उसले सुनका गहना लगेजमा राखेको थियो।‘लगाएर जाँदा हरेक एयरपोर्टको सेक्युरिटी जाँचमा खोल्दा र फुकाल्दाको झण्झट हुन्छ,’ उसको भनाइ थियो, ‘त्यसैले एकैपटक काठमाडौंमा चेक गरेँ पुग्ने भएकाले लगेजमै डब्बाबन्द गरेर राखेको थिएँ।’जे सुकै भए पनि यो सरासर...


2017-03-12 | तीतोपाटी डटकम
युवराज बस्याल-कुवेत समयले हरेक मानिसलाई भिन्न भिन्न परिस्थितिमा केहि न केहि सिकाएको हुन्छ उसका सामु आउने प्रतेक मोडहरुमा उसैले गर्ने कर्महरू भोगाइहरु वा बिचारहरुलाई ब्याक्तिको आफ्नै चिन्तन अनि उसकै आचरणका आधारमा समय संगै उसैले उत्पन्न गरेको त्यो स्थितिमा हरेकलाई उतारचढावको यो जिन्दगीमा हरक्षणमा आफ्नै कर्मभुमिको मजेरीमा फनफनी घुमाएको हुन्छ फरक त्यत्ति मात्रै हो कोहि घुम्ने कला सिकेर सुल्टो नाच्दै रमाइलो गरेर बाँचेकाछन कोहि जबर्जस्ति उल्टो घुमिमात्र रहे।मलाई पनि समयले निक्कै घुमायो निक्कै पछारेको छ कहिले परिस्थिति आफुअनुकुल नहुँदा कहिले परिस्थितिलाई जान्न नसक्दा कहिले समय अनुसारको सहि निर्णय लिन नसक्दा हरेक परिस्थिति लथालिङ्ग देखिन थालेको अनुभव हुन्थ्यो परिस्थितिको सामना गर्न पर्ने...


2017-03-12 | तीतोपाटी डटकम
रजनी ढुंगाना-छक्का पन्जा पाईरेसी भयो।उक्त पाइरेसी काण्डले एउटा बिधार्थीको जीवन शुरु हुन नपाउदै अन्त्य भयो।यो दुखद पाटो हो।पाइरेसी आफैमा अपराध हो।कसैको कृति चोरी गर्नु माफी गर्न लायक गल्ती होइन।तर यति हुदाहुदै पनि छक्का पन्जा निर्माण कम्पनीले सिनेमा हलमा चलिरहेको आफ्नो कृति पाइरेसी गर्नेहरूको भविस्य प्रती संबेदनसिल बनेर साइबर क्राइम जस्तो जटिल मुद्दामा ती युवाहरूलाई  मुछिन नदिन  देखाएको कदम तारिफ योग्य छ।हो यति उदारता देखाउदा पनि हुनेहुनामी टरेन।एउटा सुनौलो भविष्य सफल बन्न नपाउदै तुहियो। यो आत्महत्या काण्डले छक्का पन्जाको लोकप्रियता लाई पनि छायामा पार्यो, अनि ती, सबैका प्रीय कलाकार जोडीलाई पनि भिलेन बनायो ।दिपक राज गिरिले धम्क्याएको अनि उक्त घटना आत्महत्या...


2017-02-22 | तीतोपाटी

-बिमला पण्डित, प्रेम इश्वरको वरदान अनि खुसिले जिउने आधार हो जुन जन्मदा आमाको काखमा प्राप्त हुन्छ ।आमा फरक पात्र हुन ।उनि हाम्री सृष्टीकर्ता साथै जीवनको अनेकौ घुम्तीहरुमा हाम्रो भलो चिताइ रहने एकदेवीको रुप हुन। जसलाइ जती नै वर्णन गरेता पनि कम हुन्छ ।बच्पन देखी माया प्रेममा रमाउदै  यो मानव जीवनको हरेक चरणमा हरेक नाता पारिवारिक सद्स्यको  माया साथ सहयोगको आवश्यकता छ  कि एउटा सफल र सक्षम समाजको नागरिक बन्नको लागी।  हो हामीले यो समाजमा कयौ प्रेम बिमुख घाइतेहरु देखेका छौ र हामी आफै पनि कयौ पटक मायाको अभावले ठ्गिएका छौ यो स्वार्थीहरुको भिड्मा अनि गलत मनोवैज्ञानिक धारणा भएको ब्यक्तिको मायाजाल...


2017-02-21 | तीतोपाटी
-सुनिल न्यौपाने,भनिन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड प्रयोगमा माहिर छन् । उनलाई नजिकबाट चिन्नेहरु उनलाई प्रयोगवादी नै भन्न रुचाउँछन् । हो, उनले धेरैपटक धेरै प्रयोग गरिसकेका छन् । कहिले बादल प्रयोग, कहिले बैद्य प्रयोग त कहिले बाबुराम प्रयोग । यी उपल्ला प्रयोगका उदाहरण हुन् । यसअघि उनले एमाले प्रयोगको नीति लिए । त्यसपछि काँग्रेस प्रयोगको । त्यहि पछिल्लो प्रयोगशालाको आसनमा विराजमान उनी स्वयं उति प्रयोग हुने व्यक्ति नै होइनन् । कमसे कम उनी आफैं यहि ठान्दछन् । उनका अन्ध समर्थकले त त्यो देख्ने कुरै भएन । देखिहाले पनि आँखा चिम्म । पछिल्ला केहि घटनाहरुलाई हेर्दा वर्तमान सरकार बैदेशिक रोजगारमा गएका नेपालीप्रति अत्यन्त उदार...


2017-02-07 | तीतोपाटी
  -नारायण पोखरेल,नेपाली जनताको बलिदानीपूर्ण संघर्ष बाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्नको लागि जनताका प्रतिनिधि मार्फत संबिधानसभा बाट संबिधान बनाउने जसले गर्दा  विभेद,असमानताको अन्त हुदै नेपाललाई साच्चिकै सम्बीर्दिको बाटोमा हिडाउनेछ भन्दै सुरुवात गरिएको एउटा कोर्स दसौं बर्षको सेरोफेरोमा वार न पारको अबस्थामा अड्किएको छ I जनताले चुनेर पठाएका प्रतिनिधिहरु जसले गरिब जनताको करको पैसाबाट तलब र भत्ता लिइरहेका छन तर समस्याहरु एक पछि अर्को थपिरहेका छन I कुनै पनि राष्ट्रको भौगोलिक निर्माण देखि विभिन्नखाले परिबर्तन या अधिकारका  लागि असीमित रगतको खोला बगेको कुरा विभिन्नखाले घटना परिघटनाहरु कति  इतिहास मा पढेर जान्न सकिन्छ त कति आफ्नै जिबनमा देखेर या भोगेर जान्न सकिन्छ । नेपाल...


2017-01-31 | तीतोपाटी
-विमला पण्डित ,आजभोलिको आधुनिक र भौतिक सुख सुबिधाले  सम्पन्न युगमा पनि मानिसहरु निराशाको सिकार बन्दै गइरहेका छन । आफुलाई आफैले अप्राकृतिक रुपमा अल्पायुमै समाप्त गरेको समाचारहरु पढ्दा ,सुन्दा र प्रत्यक्ष देख्नु पर्दा मलाई तितो अनुभव महसुस हुन्छ । अनि फेरी भक्कानिदै आफुलाई सम्हाल्न पुग्छु कता-कता समाजका गतिबिधी सगै समाजका परिवर्तित मानिसहरुको भिड्मा आफु पनि एक्लो त होइन ? ? प्रश्न आफैलाई सोध्छु फेरी जवाफ आफै दिन्छु ।प्राकृतिको नियमलाई उलङ्गन गर्नेहरु प्रती मेरो मनभित्र बाट गुनासो पोख्न चाहन्छु म जानी नजानी उनिहरुलाई र आउदो पिडिलाइ मेरो भावना ब्यक्त गर्न चाहन्छु ।आत्म हत्या ! !! !!! यो अति तुछ,कायर ब्यक्ति जस्ले आफुलाई...

2017-01-30 | तीतोपाटी

काठमाडौं – संविधानअनुसार अबको ११ महिनाभित्र तीन तहको चुनाव गरी केन्द्रीय संसद् बनिसक्नुपर्छ । यही काम पूरा गर्न भन्दै साउनमा प्रमुख दल कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । दुर्गा खनालको टिप्पणी आजको कान्तिपुरमा छ ।त्यसबेला दुई दलबीच आउँदो चैतभित्र एउटा चुनाव गराइसक्ने समझदारी बनेको थियो । तर प्रधानमन्त्री बनेको ६ महिना भइसक्दा पनि दाहालले चुनाव मितिसमेत तोक्न सकेका छैनन् । राजनीतिक समझदारी बनाउने नाममा ६ महिना यत्तिकै अलमल भइसकेको छ । संविधानले दिएको समयसीमा घर्किन थालेसँगै प्रधानमन्त्री दाहालमाथि दबाब तीव्र भएको छ ।घोषणा गरौं– चुनाव हुन्छ कि हँुदैन, निश्चित छैन । घोषणा नगरौं, संविधानअनुसार चुनाव...


2017-01-26 | तीतोपाटी डट कम
नारायण पोखरेल - जब नेपाल बाइसे, चौबीसे राज्यहरूमा विभाजित र कमजोर अबस्थामा थियो तब पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकिकरण गरे I आफैमा विभाजित राज्यहरू र त्यहाको कमजोर अबस्थाको फाइदा लिदै पृथ्वीनारायण शाहको पहलमा आक्रमण गर्दै भूगोलको एकीकरण गर्ने काम भएको थियो I यो भौगोलिक एकता थियो भन्ने कुरा एकिकरण पछि पृथ्वीनारायण शाहले नेपाल चार जात छतीस बर्णको साझा फूलबारी हो भनेको कुराले पुस्टि  गर्दछ I भन्नुको मतलब छरियर रहेका हरेक राज्यहरुमा आफ्नै किसिमका परम्परा , रितिरिवाज र मान्यताहरु थिए ति सबै खाले विभिधतालाई सम्बोधन गर्नको लागी  नै साझा फूलबारीको कुरा आएको हो तर ब्यबहारमा भने आजसम्म लागु हुन् सकेको छैन I...


2017-01-04 | तीतोपाटी
-बीमला पण्डित,अहिलेको हाम्रो आधुनिक समाजमा स्वदेशमा नै सु:ख दु:ख गरेर एक साथ रहने दम्पतीहरु सु:खी खुशी र एक साथ नै देखिन्छन या त  एकै साथ बिदेशमा हुनेहरु खुशीका जीवन बिताउने अवसर पाएका छन । तर जब जोडीहरु कारण बस टाढा हुन पुग्छन । तब  विभिन्न  संका उपसंका, बसाइको दुरी भिन्नता , एक अर्का बिच विश्वासमा कमी ,पारिवारिक सद्स्यहरुले बुहारीलाई गर्ने व्यबहार छोराको साथ नहुँदा कुरा लगाइ दिने हरेक कारक तत्वहरुले पारिवारिक बिखण्डन  हुँदा बालबालिकाहरुले बाबा आमाको  मायाको कमी भोग्नु परेको छ ।यस्तै समस्याहरुले झनै समाजमा डर लाग्दा घट्ना  निम्त्याउनुको साथै पछिल्लो पिढिहरुलाई समेत असर पारेको छ। यसो भन्दा सबै बैदेशिक...


2016-12-29 | तीतोपाटी डट कम
रमेश खड्का - नेपाल सरकारले २१ असार २०७२ देखि लागु हुने गरि मलेसिया लगायत खाडीका ६ देशहरुमा फ्री भिसा, फ्री टिकटको निर्णय गरेपनि हालसम्म ब्यवहारमा भने यो लागु हुन सकेको छैन । पटक पटकको धर्ना र म्यानपावर ब्यवसायीहरुको आन्दोलनलाई विफल पार्दै तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङले ल्याएको यो निर्णयबाट बैदेशिक रोजगारमा जाने युवालाई फाइदा हुनुको साटो जिम्मेवार सरकारी निकायको कुम्भकर्ण प्रवृत्तिले ठग व्यवसायीलाई ठूलो फाएदा भएको छ । स्वदेशमा रोजगारीको अवशर ज्यादै न्यून रहेको र प्राप्त अवशरमा पनि पहुँचयुक्त व्यक्तिले कव्जा गर्ने भएका कारण अधिकाँश युवाका लागि खाडी र मलेसियाको रोजगारी खाए नखाए घिच् भनेजस्तै भइरहेको छ...


2016-12-28 | तीतोपाटी डटकम
नारायण पोख्रेल-नेपाल सरकारको ढुलमुले नीतिले गर्दा र कतिपय म्यानपावर ब्यबसाय सन्चालकको लाहपरबाहीका साथै अशिक्षा र बेरोजगारबाट अतिनै पिडित सोझा-साझा जस्तै कति समाज र लोग्नेबाट ठगिएका त कति आफ्नै गल्तीले पारिबारको सदस्यबाट पर धकेलिएका,आफ्नो र परिवारको लागी गास बास र कपासको व्यबस्था गर्न निक्कै कठिन परिस्थिती भएका महिलाहरु देश छोड्न बाध्य हुन्छन।जस मध्ये कतिलाई त  आफुले गर्नु पर्ने कामको बारेमा जानकारी,सम्बबन्धित ठाउको रितिरिवाज,कानून ,प्रयोग हुने भाषा जस्ता कुराहरुको जानकारी हुनुपर्दछ भन्ने हेक्का सम्म नभएका भेटिने गर्दछन ।सामान्य कुराकानी सम्म गर्न नसक्ने अधिकांस घरमा काम गर्ने नेपाली दिदीबहिनीहरु अरु देशको तुलनामा अलि धेरै  सख्यामा कस्टकर जिबन बिताउन बाध्य भएका छन्।खासगरी जो विदेशमा...


2016-12-27 | तीतोपाटी डट कम
तोयानाथ "उपेक्षित" -  शायद म राजनैतिक कार्यकर्ता हुन्थे भने यति बेला राप्रपामा पोईला जाने तयारी गर्दै हुन्थे होला । त्यहाँ भोली राजा जोडिन्छन र सानी बनौला वा दरबारमा बस्न पाईएला भनेर पनि होईन, कोईलीको जस्तो स्वर भएकी कोमल ओली र आँखामा लुकाउँ जस्ती रेखा थापा मेरै उमेरको वरपरका छन भनेर पनि होईन । नयाँ राज्य व्यवस्था भनिएको संसदमा हुँडारहरु भरिएको देखेर मलाई डर लागेको मात्र हो । क्रान्तिकारीहरुको भेषमा भ्रान्तिकामीहरुको ताल देखेर आज मलाई राप्रपामा जाउँ जाउँ लाग्दै छ तर म राजनीतिक कार्यकर्ता परिन । लिंग परिवर्तन गरेर भए पनि जानु पर्ने हो की जस्तो लागेको त धेरै भाथ्यो ।...


2016-12-24 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित, मेरो कथा संग्रह बालुवाको घरमा भएको एउटा कथा हो क्रान्तिकारी । जहाँ एक जोडी क्रान्तिकारी छन । षडानन्दकी श्रीमती रिता क्रान्ति संझौतामा पुगेर विश्रंखलित भएपछि विक्षिप्त छिन । उनले घोर दुःखको सामना गर्न पर्दछ । उनी युद्धकालिन घाउबाट प्रताडित हुन्छिन र त्यसले निम्त्याएको गृहस्थी जीवनको कहाली लाग्दा दिनबाट आफूलाई अलग गर्न मृत्यु रोज्न पुग्दछिन । कथाले भन्छ “षडानान्द कहालियो । उनको मुन्तिर थुन्से लडिरहेको थियो । एकविहानै बाहुछोराको रुवाबासीले गाउलेहरु पनि अतालिए । उनीहरु षडानन्दको घरतिर दौडे । जब त्यो अप्रिय दृष्य देखे, गाउँलेहरुले झुण्डिरहेकी रितालाई थुक्न र सराप्न पो थाले । यस्तो कातर र लाचार पनि...


2016-12-18 | तीतोपाटी डट कम
खेमराज कट्टेल (पाल्गो) - समाज र सामाजिक हरेक परिस्थित सँग नजिकबाट नियाल्न सक्ने सही मार्गप्रदशन गर्न सक्ने व्यक्तिलाई सामाजिक अभियन्ता भनिन्छ तर पंक्तिकारले यसो भनिरहदा कुन आधारले समाजिक व्यक्तिको हैसियत मापन गरियो भन्ने प्रश्न पनि खडाहोला ! तर यथार्थमा भन्नु पर्दा हामी सामाजिक अभियन्ता नै हैन आफ्नै अभियन्ता हुन पनि लायक छैनौ जस्का प्रशस्त उदाहरण क्रमशः प्रकाश पार्ने प्रयास गरेको छु ।अरूले मानोस नमानोस आफै मपाई, साम, दाम, दण्ड सबै जोडेर हामी आफ्नो दुनो सोझ्याउन लागेका छौ अर्थात् सामाजिक अभियन्ताको मपाई पगरी झुन्ड्याउन लालायित भएका छौ, त्यसमाथि प्रवासमा यस्ता कुरा र प्रवृतिले निक्कै भित्रबाट जरो गाढेको छ जुनकुराले दिनै पिच्छे...


2016-12-16 | तीतोपाटी डटकम
रजनी ढुंगाना-काठमान्डौ-हिजो आज पनि बोक्सी र बोक्सो भन्ने घृणित आरोपमा कैयन महिला तथा पुरुषहरूले भोग्नुपरेका अमानविय व्यबहारका किस्सा, अखबार र टेलिभिजनमा प्रमुख समाचार बनेको देख्दा मन भित्रैबाट निचोरिएर आउँछ। २१औ शताब्दीमा पनि ढुङे युगको अन्धविश्वास नमेटिएको सुन्दा शरीर भरि काढा उम्रन्छ्।तर वास्तविकता यहि छ, सारा विश्व चन्द्रमा विजय गरेर मंगल ग्रहमा बस्ती बसाउने परियोजना बुनि रहदा नेपाली समाज भने, बोक्सी धामीझाँक्री जस्ता बकम्फुसे प्रथामा अल्झिरहेको छ।मलाई सानो छदाको कुरा हरुले झक्झक्याउछ कहिले काही ! हाम्री आमा अलि पुरातनवादी हुनुहुन्थ्यो ।हामीलाई सानातिना रोगब्याध लागे, कुनै सामान हराए, अनेकौं ज्योतिषी ,फाकफुक गर्ने , झारफुक गर्ने बिचित्र बिचित्रका मानिसहरू बोलाउनु हुन्थ्यो।हाम्रो घरमा कैयौंपटक...


2016-12-14 | तीतोपाटी डट कम
उज्वल आचार्य - आइतबार राति ‘कनीकुथीपुर’ नाम राखिएको वेबसाइटमा एउटा 'समाचार' प्रकाशित भयो जसको शीर्षक थियो - “एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्र संघ”। लेखकको अनुरोधमा अध्ययन प्रयोजनका लागि नेपालको सबैभन्दा चर्चित ब्लग ‘माइसंसार’ले सोसल मिडियामा गलत समाचारहरु कसरी र कत्ति फैलिँदो रहेछ भनेर परीक्षण गर्न यो समाचार फेसबुक पेजमा प्रकाशित गरेको थियो। त्यो शीर्षकलाई फेसबुकबाट ६ वर्ष अगाडिको मितिमा पेजमा नदेखिने गरी शेयर गरिएको थियो।टम्बलर नामको निःशुल्क ब्लग बनाउन पाइने साइटमा आइतबारै अकाउन्ट खोलेर बनाइएको 'कनिकुथीपुर'मा हालेको २४ घण्टामा त्यो समाचारको लिङ्कको फैलावटले एउटा अपत्यारिलो तथ्य देखाउँछ र एउटा भयावह स्थितितर्फ इंगित गर्छ। एक दिनमा त्यो लिङ्कले २१...


2016-12-11 | तीतोपाटी डटकम
शम्भु कुमार निरौला-कुवेत-एनआरएन अभियान सुरु भएको दशक पुरा भइसकेको छ । नेपालमा द्वन्द्व चर्केपछि अधिकांश नेपालीको गन्तव्य बनेको विदेशले लाखौं नेपालीलाई विश्वका विभिन्न कुनाकन्दरा पु-यायो । अझ देशमा देखिएको बेरोजगारीले खाडीका मरूभूमिमा नेपालीको यसरी स्वागत भयो कि नेपालका लागि अन्तिम र उत्तम गन्तव्य नै बन्यो । अध्ययनका लागि विदेशिने पनि बढे । केही नेपाली विदेशमा व्यवसायीका रूपमा पनि ख्याति कमाए । तिनै नेपालीलाई समेटेर गैरआवासीय नेपाली अभियान सुरु भएको थियो । तर, सुरुवाती चरणमा एनआरएनको जुन तातो थियो, त्यो चिसिँदै गएको अनुभूति सर्वत्र भइरहेको छ ।एनआरएनको नाम लिँदा न्यानो अनुभूतिको सट्टा हल्का चिसोपन पसिसकेको छ नेपाली समाजमा । त्यो एनआरएनकै...


2016-12-08 | तीतोपाटी डट कम
नारायण पोख्रेल - नेपालको तराई मधेशमा खासगरी २०१० देखि विभिन्न समयमा एकपछि अर्को आन्दोलन हरु भए जस्तोकि भाषा सम्बन्धि , नागरिकता सम्बन्धि, मधेश मुक्ति सम्बन्धि , संघियता सम्बन्धि र अन्त्य मा संबिधानमा असन्तुष्टी सम्बन्धि I मधेशीहरूलाई नेपाली राज्यबाट संरचनागत तथा व्यावहारिक विभेद भएको कारणले गर्दानै मधेशी समाजको मनोवैज्ञानिक पक्ष आन्दोलनको सबैभन्दा ठूलो पूँजी बन्न सकेको हो भन्नु गलत नहोला। जब कति मधेशी जनताहरु यो विभेदको अन्त्य संघियता ले गर्छ भन्दै बलिदान दिए र अरु धेरै दिन तयार भए तेसैको  फलस्वरुप जनताबाट निर्बाचित ९० % हरुले ताली पिटेर देशलाई संघियता मा लगेका हुन् I तर आन्दोलनको अगुवाइ गरेका कतिपय नेताको बालहठले...


2016-12-06 | तीतोपाटी डटकम
नारायण पोख्रेल,२०४६सालको आन्दोलन पछिको परिबर्तनबाट सन्तुष्ट पक्षको हेलचेक्राईले गर्दा देशले १० बर्षे माओबादी आन्दोलनको सामना गर्नु पर्यो।२०५२ सालमा माओबादीलाई जंगल पठाउनेहरु २०४७ सालको संबिधानलाई उत्कृष्ट भन्थे र त्यही संविधानको पक्ष र बिपक्षमा हुनेहरुले करिब १७ हजार नेपालीको ज्यान लिए।हुनत सन्सारमा कहिँ कतै रगत नबगीकन परिबर्तन भएको इतिहास छैन होला तर परिबर्तनले सार्थकता लियो कि लिएन अथवा परिबर्तनले देश र आम नागरिकलाई के दियो? भन्ने कुरा प्रमुख हो ।२०४७को संबिधान उत्कृष्ट्र भन्नेहरु तत्कालिन राजा ज्ञानेन्द्रको कदम पछि माओबादीसंग लम्पसार परे र उनीहरुले बनाएको उत्कृष्ट्र संविधानको बदलामा उनीहरुलेनै भन्ने गरेको सन्सारको सबै  भन्दा राम्रो र प्रगतिशिल संबिधान बनाउने लाइनमा आइपुगे ।यसको मतलब...