5 Kartik, 2074 | 22 October, 2017 Sunday


2017-10-19 | तीतोपाटी डट कम
बालकृष्ण घिमिरे - नेपालको राजाधानी काठमाण्डौ, स्वाभाविक रुपमा जनघनत्वका हिसावले थेगी नसक्नु भएको छ । अधिराज्यभरिका सिक्षित , अशिक्षित , डाका , सज्जन , नेता , कार्यकर्ता , पापी , अपराधी र समग्रमा गरिखाने देखि गराई खानेहरु सबै अटेको ठाउँ काठमाण्डौ । त्यसैले लगभग चालिस वर्ष अगाडी खेति योग्य जमिन भएको काठमाण्डौ आज भुत बंगला ( घरै घरको काठमाण्डौ ) को रुपमा परिणत भएको छ र पनि खुसि छन् रैथानेहरु । रैथाने भन्नाले नव-घरवालाहरु । राणा र राजा महाराजाको पालामा भएका स्थानीय काठमाण्डौवासी कहाँ छन् थाहाँ छैन । आज प्रजातन्त्र र गणतन्त्र पश्चात लुटेर , कुटेर र भुटेर काठमाण्डौवासी भएकाहरुको हालीमुहाली...


2017-10-18 | तीतोपाटी डट कम
बिरबिक्रम सुनार - ॐ वर्णव्यबस्था वा शुद्र शुद्रो ब्राह्मणताम् एति ब्राह्मणस्चैति शुद्रताम् ।क्षत्रियात् जातमेव तु विधाद् वैस्ययात्तथैव च ।।(मनुस्मृति १०/६५ )अर्थात:- गुण कर्म योग्यताको आधारमा नै ब्राह्मण शुद्र बन्छ र शुद्र ब्राह्मण बन्छ यस प्रकारले क्षत्रिय वा बैश्यमा पनि कर्मको आधारमा वर्ण परिवर्तन हुन्छ ।शुद्रेण हि समस्तावद् वेदे न जायते ।(मनु २/१७२)अर्थात:- जब ब्यक्तिको ब्रह्मजन्म = वेदाध्ययन रुपमा हुदैन अर्थात जबसम्म ब्यक्तिले बेद अध्यन शुरू गर्दैन तब सम्म त्यो ब्राह्मण खानदानमा जन्मे पनि शुद्र समान नै हुन्छ ।न वेत्ति अभिवादस्य.. यथा शुद्रस्तथैव सः।(मनु २/१२६)अर्थात:- जब सम्म मनुष्यले बेद ज्ञान अनुसारको कर्म बेद अनुसारको ज्ञान बेद अनुसारको यज्ञ तथा माता, पिता,...


2017-10-17 | तितोपाटी डट कम
तितोपाटी डट कम - हिन्दु पंचांग अनुसार कार्तिकमा तिहार मानिन्छ। यसपालि लक्ष्मी पूजा कार्तिक २ गतेको दिन परेको छ।भनिन्छ ,तिहारमा लक्ष्मी माता पृथ्वीको भ्रमण गर्नुहुन्छ र जुन मानिस पापबाट टाढा रहन्छ ,उसको घरमा माताले कृपा गर्नुहुन्छ। लक्ष्मीको स्वागतको लागि सबैको घरमा पालामा बत्तीले उज्ज्यालो पारीन्छ। यहाँ जान्नुहोस लक्ष्मीलाई आकर्षित पार्न कहा-कहाँ दिओ बाल्नु पर्दछ ।१ . लक्ष्मी पूजाको दिन पिपलको रुखको मुनि एउटा दियो बालेर घर फर्कनुहोस। दियो बाले पछि पछाडी फर्केर नहेर्नुहोस्।२ . सम्भब छ भने कुनै सुनसान छेत्र स्थित शिव मन्दिरमा शिवलिङ्गमा नजिक दियो बाल्नुहोस्।३ .दीपावलीको रातमा घरको मुख्य ढोकामा २ ओटा दियो बाल्नुहोस्।४. घरको आसपास कुनै चौरमा...


2017-10-06 | तितोपाटी डट कम
तोयानाथ उपेक्षित, कुवेत, हो, अव हुने चुनावी तालमेल र एकतालाई समर्थन गर्ने मान्छे पार्टीका हनुमान नै हुन ? के यस्तो टिप्पणीले तपाईको चित्त दुःख्छ ? दुख्दैन भने किन र दुख्छ भने किन ? यो सवालको जवाफ तपाई आफ्नै मनमा राख्नुस म भने आफ्नो तर्क तपाई समक्ष राख्न गईरहेको छु । यस्तै अरु पनि सवाल छन र धेरैका बहुरंगी टिप्पणीहरु पनि सामाजिक संजालमा आईरहेका छन । अत्यांत्यै विवादित स्टाटस राख्ने र सामाजिक सञ्जालमा घण्टा घण्टामा लेखिरहने दिल निसानी ले लेखेछन बरु हातै काट्छु तर सूर्यमा मत हाल्दिन । यहि मतबाट कुराको फेरो खोलौ । दिल जी एकताका प्रचण्डको घनघोर विरोधी थिए...


2017-10-04 | तीतोपाटी डट कम
चिरञ्जीवि ढ्गाना/रामकृष्ण अधिकारी - ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन्। फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन्।  माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो। सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन्। छरिएर रहेका अन्य वामपन्थी...

2017-10-02 | तीतोपाटी डट कम
केदार नाथ खरेल-       संयुक्त राष्ट्र संघले सन् २००७ बाट महात्मा गांधीको जन्मदिन (२ अक्टूबर) लाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको हो। अहिंसाको नीतिको माध्यमबाट विश्व भरमा शांतिको सन्देशलाई अग्रता दिने महात्मा गांधीको योगदानलाई कदर गर्दै यस दिनमा अन्तरराष्ट्रीय अहिंसा दिवसको रूपमा मान्ने फैसला गरिएको थियो।    यस सिलसिलामा संयुक्त राष्ट्र महासभामा भारतले राखेको प्रस्तावलाई व्यापक समर्थन मिलेको थियो। महासभाका जम्मा 191 सदस्य देशहरु मध्येबाट 140 ले भन्दा पनि धेरै देशहरुले यस प्रस्तावलाई समर्थन गरेका थिए।     यसमा अफगानिस्तान, नेपाल, श्रीलंका, बांग्लादेश, भूटान जस्ता भारतका छिमेकी देशहरु बाहेक अफ़्रीका र अमेरीका महाद्वीपका कयौं देश शामेल थिए...


2017-09-30 | तितोपाटी डट कम
Lord Is hands empty in the plate of untouched untouchable or pearl. In spite of the embarrassment of Migration, today my mind is missed many memories of remorse! When younger, Horse came in a few yoga periods of ten yoga era, which took a little bit of famine. The famine and the birth of the birth of the Beginning, the memories of my tennis have not been less fun! When I interact with the imagination! At the same time, the full plate filled with untouchable plate, the jumble and the jumble of the people, really enjoy my mind! Make Imagine...


2017-09-26 | तीतोपाटी डट कम
डा. मदन रिमाल - मानव समुदाय र समाजका लागि सभ्यता र संस्कृति शब्दको प्रयोग गर्ने गरिन्छ । सभ्यता शब्दको प्रयोग समाजको विकासको अति उच्च स्तरको अवस्थालाई गर्ने गरिन्छ भने संस्कृति भन्नाले समुदाय र समाजका लागि गर्ने गरिन्छ । सभ्यता र संस्कृतिको न जन्म हुन्छ न त मृत्यु नै । यो परिवर्तित हुन्छ अथवा अन्य सभ्यता र संस्कृतिमा समाहित भएर विलय हुन्छ । भारत वर्ष र चीनमा विकसित प्राचीन सभ्यताबाहेक अन्य प्राचीन सभ्यता र संस्कृति विलय भए । यस आलेखमा यही आलोकमा नेपालीले धुमधामपूर्वक मनाउने दसैंको बारेमा छलफल गरिएको छ ।पूजा परम्पराभारतबर्षमा दसैं शरद आश्विन शुक्ल एवं वसन्त चैत्र शुक्ल गरी...


2017-09-23 | तीतोपाटी डट कम
अञ्जिता पाण्डे - रातको दुई बजेको छ । म मेरो अस्पतालको ड्युटी रुमको झ्यालबाहिर हेर्दै टोलाइरहेकी छु । मनमा अनेक कुरा खेलिरहेको थियो । केही समयअघिको कुरा हो । त्यतिबेला चिकित्साशास्त्रको पाँचबर्से पढाइ र असाध्यै कठिन परीक्षा उत्तीर्ण गरेर प्रयोगात्मक अभ्यासको लागि इन्टर्नसिप सुरु गरेकी थिएँ । दैनिक आउँथे नयाँनयाँ चुनौती र अनुभव । त्यतिबेलाको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ ।एक दिन ३० वर्षआसपासका अप्लास्टिक रक्तअल्पताका एक बिरामी पुरुष मकहाँ आइपुगे । उनी हरेक तीन महिनामा आफ्नो शरीरमा रगत चढाउँदा रहेछन् । त्यसको लागि हरेक तीन महिनामा उनी १२ घन्टाको लामो दूरी तय गरेर तराईबाट हाम्रो अस्पतालमा आउँदा रहेछन्...


2017-09-22 | तीताेपाटी डट कम
पूर्ण बहादुर विक (पहाडी )तीताेपाटी डट कम – कानुनमा जातकै आधारमा भेदभाव गर्नु सामाजिक अपराध हो भनेर दण्ड सजायको व्यवस्था गरिएको धेरै भए पनि समाजमा अझै छुवाछुत व्याप्त छ । अहिले पनि व्यापक जातको आधारमा छुवाछूत हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । देशमा जातीयताको आधामा छुवाछूत गरेमा कार्वाही गर्नको लागि कानुन पनि बनेको छ तर कानुनले गर्नु पर्ने काम भने शुन्य नै छ । पहिले जस्तो छोइछिटो हाल्ने चलन हटे पनि अहिले जातीय विभेदको स्वरूप बदलिएको छ । पहिला नबुझी विभेद हुन्थ्यो । अहिले मानव सबै समान हुन भन्ने जान्दाजान्दै जानी बुझी शिक्षित र बुद्धिजीवी भनिने वर्ग बाट...


2017-09-19 | तीतोपाटी डट कम
बिरबिक्रम सुनार, आज २०७४ असोज ३ गते अर्थात नेपाल को संविधान जारी भएको  २ वर्ष  पुगेको दिन हो । यस अवसरमा सम्पुर्ण नेपाली जो देश तथा बिदेशमा कार्यरत  तथा अस्थाइ रुपमा बस्नु हुनेमा यस महत्वपूर्ण  दिनमा  हार्दिक शुभकामन दिदै हाम्रा देश मा बसोबाँस गर्नु हुने दलित समुदाय र संविधानको कार्यन्वयन बारे बहस  प्रस्तुत गरेको छु । नेपालको संविधान २०७२ ले पारित गरे अनुसार मौलिक हक र कर्तव्य सम्बन्धी धारामा उल्लेख गरे अनुसार यस्तो  लेखिएको छ । छुवाछूत तथा भेद्भाव बिरुद्धको हक  १. कुनै पनि ब्यक्ती  लाई निजको उत्पत्ति , जात, जाती, समुदाय , पेशा, ब्यबसाय  वा शारीरिक  अवस्थाको आधारमा कुनै पनि निजि तथा...


2017-09-18 | तीतोपाटी डट कम
अच्युत वाग्ले - स्थानीय तहको चुनाव हुन बाँकी रहेको प्रदेश नम्बर–२ का एक महानगरसहित १ सय ३६ पालिकामा आज (असोज २ मा) मतदान हुँदैछ । यो चुनावको परिणाम आएपछि मुलुकका सबै ७ सय ५३ स्थानीय सरकार गठन हुनेछन् । ७७ वटा जिल्ला समन्वय समिति बन्नेछन् । स्थानीय चुनावको सफलताले आगामी मंसिर १० र २१ गरी दुई चरणका लागि तय भएको प्रदेश र संघीय संसदको चुनाव पनि निर्विघ्न सम्पन्न हुने विश्वास उल्लेख्य बढेको छ । नयाँ मतादेश अनुरुप नयाँ सरकार र नयाँ राष्ट्रपति पनि चुनिएपछि ‘संघीय गणतन्त्र’ नेपालको लोकतान्त्रिक ‘अस्थिपञ्जर’ तयार हुनेछ । झन्डै अढाई दशकदेखि मुलुकको भविष्यलाई नै अनिश्चयको भुमरीमा...


2017-09-12 | तीतोपाटी डट कम
नारायण पोख्रेल - भूगोलको हिसाबले कुवेत आफैमा एउटा सानो देश भएता पनि यसले खासगरी एसियाली मुलुकका धेरै मानिसलाई रोजगारीका अवसर दिन सकेको छ I तेलको उत्खनन सुरु हुने बेलादेखि नेपालीहरुको आगमन भएता पनि संख्याको हिसाबले यो निक्कै पातलो थियो I जब इराक संगको तनाव साम्य भएपछि कुवेतले देश निर्माणमा निक्कै ठुलो फड्को मार्दै गयो तब असिमित रोजगारका अबसरहरु पैदा भए र नेपाली हरुको आगमनमा पनि त्यसै अनुरुप बृद्धि हुदै गयो र यो क्रम जारी नै छ I पछिल्लो पटक तेलको मुल्यमा केहि गिरावट आएर यसले अर्थतन्त्रमा केहि प्रभाब परिरहेको अबस्थामा समेत  नेपालीहरुको आगमनमा खासै कमि आएको देखिदैन किनभने अधिकांस नेपालीहरु...


2017-09-07 | तितोपाटी डट कम
बिकास पन्थी-  बल्ल बल्ल एउटा राम्राे कार्यक्रम भित्रिएकाे थियाे-नेपाल अाईडल । त्यसैलाई कहिले जातिबादि अाराेप लगाएर कहिले नचाहिदाे मुद्धा लगाएर अाखिरमा अदालतमा पुर्याएर भगाउन खाेजे । जुत्तामा 100% नाफा गर्नेहरूका विरूध्द बाेल्ने कसैलाई वास्ता छैन, नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिन खाेज्ने कुख्यात थेसिस चाेरका विरूद्ध कसैले रिट हालेन, चाहे मनमाेहन कलेजकाे किड्नि काण्ड हाेस, चाहे कराेडाै घाेटाला भएकाे अायल निगमकाे जग्गा काण्ड कसैले रिट हालेन खनिया र  खड्काकाे विरूद्ध । अाज एउटा विशुद्ध व्यवशायिक  प्रतियाेगिता, देश बिदेशमा रहेका नेपालिहरूकाे मन जित्न सफल कार्यक्रमलाई अाफ्नाे विनियमअनुशार कार्यक्रम गर्दा अदालतमा पपुग्नुपर्ने। यहि हाे विदेशि लगानि, विदेशि कम्पनि भित्राउने काइदा ? हुन त...


2017-09-07 | तितोपाटी डट कम
तीतोपाटी डट कम - तोयानाथ उपेक्षित – बेलायतमा १७ औ शताब्दितिर उठेको मुद्धा नेपालमा अहिले कानूनको रुपमा आउदैछ । आफ्नो श्रीमतिलाई बलात्कार गर्न पाईन्दैन । यो एकदमै जटिल प्रकृतिको कानून व्यवस्थापिका संसदबाट पारित भई राष्ट्रपतिमा प्रमाणिकरण हुने अवस्थामा छ । बलात्कार अरु सँग हुन्छ तर आफ्नै श्रीमतीसँगको शारीरिक सम्बन्ध कसरी बलात्कार हुन्छ भन्ने तर्क हुने गर्दछन तर यसको निश्चित अवस्था र शर्तहरुले प्रमाणीत गर्ने हुदा यो कानून आउदैमा अतालिनु पर्ने वा ल्याउदैमा ठुलै युद्ध महिलाहरुले जिते का हुन भन्ने भ्रम राख्न हुन्न । नेपालका सांसदहरुले भात पचनी गर्न खोजेका भने पक्कै हुन । उनीहरु महिलाबादी बन्न खोजे जस्तो गरेकै हुन । पश्चिमा...


2017-09-03 | तीतोपाटी डट कम
चन्द्र बिश्कर्मा, कुवेत - समाज परिवर्तन आजै बाट अनि आफै बाट गर्नु पर्छ । यदि समाजमा हामीहरु परिवर्तन गर्न अग्रसर भएनौ भने यो समाज पहिलेको अवस्थामा पुग्न सक्नेछ । जुन समुदाय विभेदमा परेको त्यही समुदायले समाज परिवर्तनको आवाज उठाउने गर्छ । सदियौ देखि विभेदमा परेको समुदायका युवाहरूले २१ औं शताब्दीमा अरु सम्मानीत भएर बाच्ने चाहाना राख्नु कुनै नौलो कुरा होइन । त्यसैले गर्दा पनि अहिलेका युवा वर्ग म दलित हु र सानो जाती हु भनेर खुलेर आएको पाउन अलि गारो छ । दलित शब्द पीडित समुदायलाई सम्बोधन गरिएको शब्द हो तर समाजले दलित भन्ने शब्दलाई छोइछिटो पानी नचल्ने सानो जातीको रुपमा...


2017-08-21 | तीतोपाटी डट कम
माधव पाैडेल "असल यात्री" - नेपाली राजनीतिलाई केलाउदै गर्दा केही कुरा कोर्न मन लाग्छ र फुर्सदको समयको सदुपयोग गर्दै राजनैतिक दलहरुको चिरफार गर्न मन लाग्छ । हाम्रो देशमा बिशेष गरि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माअोवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी जनतामा स्थापित पार्टीको रुपमा परिचित छन् भने नँया एजेन्डा बोकी नेपाली जनतामा झोली थाप्ने उदयमान पार्टीहरु नयाँ शक्ति नेपाल, बिवेकशिल नेपाली दल र बिवेकशिल नेपाली साझा पार्टीहरु देखिएका छन् । यस परिप्रेक्ष्यमा नेपाली जनताले सजिलै नया पार्टीहरुलाई बिश्वास गरि हाल्छन् त ? प्रश्न जटिल छ । नेपाली जनतालाई एउटा भेडाको हुलको रुपमा ब्याख्या गर्दा खासै फरक नपर्ला । २००७...


2017-08-19 | तीतोपाटी डट कम
तीतोपाटि डट कम - नेपालको अर्थतन्त्र निर्यातभन्दा पनि आयातमुखी भएर गइरहेको छ । हामीले विदेशबाट आयात धेरै ग¥यौँ तर निर्यात गर्न सकेका छैनौँ । निर्यात बढाउनका लागि अब हामीले नयाँ तरिकाबाट जान आवश्यक छ । हामीले भारत र चीनबाट हरेक सामान ल्याइरह्यौँ तर उता पठाउनका लागि केही पनि उत्पादन गरेनौँ । चीनसँग सिमाना जोडिएका प्रत्येक गाउँपालिकाहरुले अब चीनमा निर्यात गर्नका लागि कम्तिमा पनि एक उत्पादन गर्नुपर्छ ।  भारतमा पनि निर्यात बढाउन सिमाना जोडिएका स्थानीय तहले कम्तिमा एक–एक उत्पादन गरेर अगाडि बढ्नुपर्छ । सन् २०२० भित्र चीनबाट केरुङसम्म चीनले रेल ल्याँउदैछ । रेलमा उताबाट सामान यता खसालेर यताबाट हामीले रिक्तो पठाउने ?...


2017-08-16 | तीतोपाटी
सम्माननिय गृहमन्त्रीज्यु नमस्कार विगत केही दिन देखि मुटु भन्दा प्यारो हाम्रो देशमा  मधेश तथा पहाडी क्षेत्रमा अाएको प्राकृत्तिक प्रकोप बाढी पहिरोले गरेको क्षति देख्दा र सुन्दा अति दुखि भएको छु,धेरै जना नेपाली नागरिकले ज्यान गुमाइसक्नु भएको छ सर्वप्रथम त मृत्तकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु साथै अलपत्र तथा घरबारविहिन भएकाहरुलाई उद्वार गर्नको निम्ति ज्यानको वाजी राखेर सकेसम्मको प्रयास गरिरहेको देखिरहँदा सरकार र उद्वारकर्ताहरुलाई पनि हार्दिक धन्यावाद ज्ञापन गर्न चाहान्छु। अब म सम्माननिय गृहमन्त्रीज्युलाई छोटो विषय वस्तुतिर ध्यानाकर्षण गराउन चाहान्छु।मैले अस्ति तपाईको पत्रकार सम्मेलन पनि सुनें र हिजो संसदमा समय लिएर यथास्थितिबारे जानाकारी गराएको सुनिरहँदा विचमा राहत वितरण गर्नको लागि एकद्वार प्रणाली लागु गरेको...


2017-08-14 | तीतोपाटी डट कम
माधव पैडेल "असल यात्री" - मुलुक अहिले बाढी र परिरोको चपेटामा छ । देशको पहाडी भेग पहिरोको मारमा छ त मधेश डुबानमा । तीन दिन सम्म परेको अबिरल बर्षाको कारण यस्तो अकल्पनीय बिपत्ति भोग्नु परेको हो । हुन त सबै ले अाफ्नो बिचार सामाजिक संजाल मार्फत प्रस्तुत गरिरहेका छन् । कसैले दोष पुरानो शाशक वर्गलाई दिएका छन् त कसैले बर्तमान सरकारलाई । भारतले नेपालको सिमा क्षेत्रमा लगाइएको कोसी नदिको बाँध खोल्न ढिलाइ गरेको कारण नेपालको धेरै जमिन डुबानमा परेको धेरैको ठमम्याइ छ ।बास्तवमा भन्ने हो भने भारतसंगको सन्धिमा बाँधको ढोका खोल्ने अधिकार नेपाल सरकारले लिन सकेको हुन्थ्यो त अाज य‍ो...