9 Baishak, 2075 | 22 April, 2018 Sunday


2018-04-21 | तीतोपाटी डट कम
तीतोपाटी डट कम  -  राप्ती एकता समाज कुवेतको पाँचौ वार्षिक उत्सब सब्य र भब्य रुपमा सम्पन्न गरि,  अध्यक्षमा कृष्ण बहादुर खड्का लाई चयन गरेको छ ।  कुवेतको नेपाली समाजमा  सन २०१३ मा स्थापना भएको राप्ती एकता समाज कुवेतले पाँचौ वार्षिक उत्सब आज  २० तारीख शुक्रबारका दिन कुवेतको जिलिब अब्बासियाको हाइ डाइन रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि सम्पन्न गरेको हो ।समाजका अध्यक्ष मस्त बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथि नेपाली राजदुतावासका कुवेतका  प्रथम सचिव भोगेन्द्र लिङ्ग्देन र विशेष अतिथिमा हाम्रो संचार डटकमका कार्यकारि सम्पादक प्रदिप नेपाली र अतिथिहरु  कुवेतमा कृयासिल विभिन्न  सघं सस्थाका प्रतिनिधिहरु थिए । पाचौं वार्षिक उत्सबको अबसरमा...


2018-04-21 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-राप्ती भेरी कर्णालीबाट कुवेतमा आएर काम गर्दै गरेका नेपालीहरुलाई एकताबद्द गर्दै सन-२०१५ देखी कुवेतको नेपाली समाजमा हातेमालो गर्दै आएको राप्ती भेरी कर्णाली एकता समाज कुवेतले कार्यबाहक अध्यक्षमा नबराज आचार्यलाई जिम्बेवारी दिएको छ।राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिब माधव शाहीले तीतोपाटी डटकम संग भने"समाजको आज एप्रिल-२०,२०१८ शुक्रबारका दिन कुवेतको फर्वानिया पार्कमा बसेको बैठकले कार्यबाहक अध्यक्षमा आचार्यलाई मनोनित गरेको हो।"शाहीले थपे"समाजका अध्यक्ष पवन वली नेपाल फर्किनु भएकोले समाजको अधिबेशन नहुँदा सम्म नबराज आचार्यलाई कार्यबाहक अध्यक्ष बनाइएको हो।"कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै चर्चा कमाएको समाजले अनाथ बालबालिकाहरुको सहयोगका लागि नेपालबाट अतिथी कलाकारहरु ल्याएर २ वटा बिषेश च्यारिटी कार्यक्रम गरिसकेको छ।...


2018-04-21 | तीतोपाटी डट कम
बसन्त थापा- हरेक बर्ष झै २०७५ को हरितालिका तीजको अवसरमा कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतले आगामी १४ सेप्टेम्बर,२०१८ शुक्रवारका दिन आफ्नो १७ आैं प्रस्तुती स्वरुप"तीज विशेष कार्यक्रम-२०७५" गर्ने भएको छ।उक्त कार्यक्रममा नेपालबाट अतिथी कलाकार ल्याइने र अतिथी कलाकारका साथमा स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहने छ।   "हाम्रो संस्कृति,हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापित नेपाल कुवेत साँस्कृतिक मन्चको आज एप्रिल २० तारिक,२०१८ का दिन बसेको बैठकले अतिथी कलाकारका साथमा तिज बिशेष कार्यक्रम गर्ने निर्णय गरेको हो भने कलाकार कसलाई ल्याउने अनी कुन स्थानमा गर्ने भन्ने जानकारी छिट्टै गराइने मन्चले बताएको छ। नेपाल कुवेत सांस्कृतिक मन्च...


2018-04-20 | तीताेपाटी डट कम
तीताेपाटी डट कम - अतिथि कलाकारहरुको साथमा कुवेतमा किरातीहरुले उभौली/ याक्वा तङ्नाम/ सालिवा श्याँदर पीदार मनाईने भएको छ । बहुचर्चित गायक गीतकार संगीतकार तथा चलचित्र निर्माता जितेन राई, चर्चाको शिखरमा रहेकी गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवारका साथमा आगमी मे ११ मा कुवेतमा क्रियाशील किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्त रुपमा आयोजना गर्ने भएको हो । “भाषा संस्कार संस्कृतियों संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ सम्पन्न हुने कार्यक्रम फर्वानिया स्थित अल हैतम रेष्टुरेण्टको पछाडी पट्टी अवस्थित युनिक अडिटोरियम हलमा आयोजना हुने कार्यक्रमको संयोजकमा किरात याक्थुङ चुम्लुङका बलबहादुर काम्बाङलाई तोकिएको छ । सह...


2018-04-19 | कोसेलीन्यूज
तीतोपाटी डट कम - नेपाली दूतावास युएईले कामदारका लागि उपयोगी हातेपुस्तक प्रकाशन गरेको छ ।दूतावासको कार्यबिधी, युएईमा गर्न हुने नहुने काम, श्रमिक सुरक्षा, र सचेतना सम्बन्धी महत्वपूर्ण विषय समेटेर हाते पुस्तक प्रकाशन गरेको दुतावासले जनाएको छ । युएईमा रहेका नेपाली कामदारलाई वितरण गर्न पाँच हजार पुस्तक छपाइसकेको दूतावासले जनाएको छ ।३६ पृष्ठको पुस्तकमा कामदारले युएईमा रहदा अपनाउनुपर्ने सावधानी, पालना गर्नुपर्ने नियम–कानुन, स्वास्थ्य जाँच र दूतावासका गतिविधी लगायतका विषय समेटिएको र सो पुस्तक  अागामी शुक्रबार दूताबासमा पत्रकार भेटघाट तथा परिचायत्मक कार्यक्रममा केही प्रति बाँडिने भएपनि औपचारिक रुपमा कामदारका क्याम्पमै सार्वजनिक गरिने कार्यवाहक राजदूत सागरप्रसाद फुयाँललार्इ उधृत गर्दै उज्यालो अनलाइनमा समाचार प्रकाशित...


2018-04-18 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-दशैं मनाउन नेपाल जाने योजना बनाएका झापाको धुलाबारीका गणेश श्रेष्ठको युएईमा मृत्यु भएको छ । उच्च रक्तचापका कारण मष्तिष्कमा रगत जमेर गणेशको मृत्यु भएको अस्पताल रिपोर्टमा उल्लेख छ । २९ वर्षिय गणेश दुबईको अलकुजमा रहेको सेक्युरिटास कम्पनीमा सुरक्षा गार्डको काम गर्नुहुन्थ्यो । गएको चैत १३ गते राती खाना खाएर आराम गरिरहेका बेला अचानक ठुलो स्वरमा चिच्चाएर उहाँ बेहोस हुनुभएको थियो । बेहोस अवस्थामा उहाँलाई कम्पनी र साथीभाइको सहयोगमा अल रशिद अस्पताल पुर्‍याइयो । तर आइसियुमा उपचार गराइरहेका गणेशको चैत २० मृत्यु भयो ।  गणेश पाँच वर्षअघि युएई आउनुभएको थियो । युएई आएर कमाएको पैसाले उहाँले झापामा घर बनाउदै हुनुहुन्थ्यो...


2018-04-15 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- दोहानयाँ बर्ष २०७५ सालको शुभाकामना आदानप्रदान गर्दै अनेसास नवोदितको ८०औ डबली सम्पन्न भएको छ | प्रवासमा रहेर पनि नेपाली भाषाको उत्थान गर्दै आएका यी सस्थाले हरेक महिनाको दोश्रो शुक्रबार आफ्नो नियमित डबली संचालन गर्दै आइरहेका छन | लामो समय देखी चलिआएको डबलीले अझै निरन्तरता पाउने बताउछन कवि तिर्थ संगम राई | नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा तीन दर्जन भन्दा बढी सर्जकले आफ्नो रचना वाचन गरेका थिए |​चन्द्र ‘’धड्कन’’को गजलबाट शुरु भएको डबलीमा निस्चल आशु, मदन चौहान, सुमन सहयात्री, निलम निश्चल, ओम दाहाल, नारायण निर्जल भण्डारी, चक्र कार्की , लिलानाथ घिमिरे, बिन्दा लामा,दीप प्रदीप,बुद्धराज,...


2018-04-14 | तीतोपाटी डट कम
बसन्त थापा- नेपाल कुवेत सरोकार समाजको आयोजना मा १८/ १३ तारिकको शुक्रवारको दिन कुवेतको सिटी जिलिब स्थित नट्टिगम स्कूलमा विशेष सांगितिक नया वर्ष मेगा म्यूज़िक सो तथा नया वर्ष २०७५ को शुभकामना आदान प्रदान आयोजना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सस्थाका अध्यक्ष दिल स्यांगबो र प्रमुख अथिति  नेपाली कुवेत राजदूतवास बाट महामहिम यज्ञ बहादुर हमाल रहेका थिए ।  राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो र  सभापति र प्रमुख अतिथि द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो । सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै कार्यक्रमको सूरूवात गरीएको...


2018-04-12 | तीतोपाटी डट कम
हरी कृष्ण न्यौपाने-कुवेतमा सर्लाहीकी बुद्दी माया गोलेको सडक दुर्घटनामा परी निधन भएको छ । सर्लाही घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत ३२ वर्षिया बुद्दीमाया गोलेको गत एप्रिल ९,२०१८ सोमबार कुवेतको जाहारामा सबारी दुर्घटना हुँदा घटनास्थलमै निधन भएको हो । घटनामा परी उनी कार्यरत घरका बच्चा समेत घाईते भएका छन।घटना बारे नेपाली दुताबासमा प्रारम्भिक जानकारी प्राप्त भएको तर बिस्तृत जानकारी आई नसकेको नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकमलाई  जानकारी गराए ।  मृतक गोलेको शव जाहारा अस्पतालमा राखिएको छ ।...


2018-04-10 | तीतोपाटी डट कम
बसन्त थापा-  गायक बिबि. मल्लठकुरी गैर आवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रसद्वारा "नेपाली  नयाँ बर्ष साङ्गेतिक धमाका२०७५ को धमका सकाएर कुवेत फर्किदै छन। सांगीतिक कार्यक्रमको लागि कुवेत बाट साइप्रस पुगेका गायक मल्लले त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो मीठा सांगीतिक कोशेली पस्केर छम छमी नचाएका थीए । उक्त कार्यक्रममा नेपाल बाट नेपाल आईडल टप–४ का सागर आले र दिपक राई बन्तावा पनी , साइप्रसमा नयाँ बर्ष साङ्गेतिक २०७५ धमाकामा सहभागी हुन पुगेका थिए सोही कार्यक्रममा धमाका नै मच्चाएका बीबी मल्ल, सगर आले, दिपक राई बन्तावा, लाई साइप्रसमा रहँदै आएका नेपाली हरूले  अथाहा माया दर्साएका थिए । उक्त कार्यक्रममा मल्लले सम्पूर्ण साइप्रस बासिलाइ यसरी...


2018-04-07 | तीतोपाटी डट कम
बसन्त थापा- बिक्रम संवत २०७४ को विदाई संगै नया वर्ष २०७५ को भव्य रूपमा स्वागत गर्न नेपाल कुवेत सरोकार समाजले यही एप्रिल १३ तारिक शुक्रवार का दिन कुवेतको सिटी जिलिब स्थित  नट्टीघाम ब्रिटिश स्कूलमा कार्यक्रमको तयारी पुरा गरेको छ। नेपाली नव वर्ष २०७५ को अवसर पारेर नेपाल कुवेत सरोकार समाजले विशेष संगितिक नया वर्ष मेगा म्यूज़िक सो तथा नया वर्षको शुभकामना आदान प्रदान आयोजनाको    सांगीतिक कार्यक्रम सम्पूर्ण तयारि पुरा भएको बताएको छ l  ''समाज र देश निर्माणको लागी युवा एकता'' भन्ने मुल नाराका साथ स्थापना उक्त शंस्थाको यो कार्यक्रम भने दोश्रो पटक रहेको हो।  स्थापना काल देखी शंस्थाले कुवेतमा रहेर बिभिन्न उद्धार कार्यहरू गर्दै...


2018-04-07 | तीतोपाटी डट कम
बसन्त थापा- नेपाल कुवेत संस्कृतिक मंचले आफ्नो १६ औ प्रस्तुति स्वरुप नया वर्ष  २०७५ को बिशेष सांगीतिक कार्यक्रम कुवेत जिलिब स्थित पोपिन हलमा आज ६ अप्रिल,२०१८ शुक्रवारका दिन भब्य रुपमा सम्पन्न गरेको छ।बिगतका दिनहरुमा पनि उक्त संस्थाले विभिन्न कार्यक्रम गरि नया वर्ष तथा बिशेष दिनहरुमा स्थानिय कलाकारहरुका साथ सांगीतिक कार्याक्रमहरु मनाउदै आइरहेको छ।सभापति प्रामुख अथिति र अथितिहरुले संयुक्तरुपमा द्दिपप्रज्वलन गरि कार्याक्रमको उद्धाटनसंगै नेपाली राष्ट्रिय गान बजाई कार्यक्रम को सुरुवात गरिएको थियो । कार्यवाहक उपाध्यक्ष डोलराज न्यौपानेको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अथिति नेपाली दुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्गदेन रहेका थिए भने उक्त कार्यक्रममा संस्थाका बरिष्ठ संरक्षक टिकाराम आचार्याले स्वागत मन्तब्य राखेका...


2018-04-05 | तितोपाटी डट कम
तीतोपाटी डट कम- बिगत २५ बर्ष देखि समाजसेवा गर्दै आएका तेह्रथुम जिल्ला मेन्छ्येम गाउँपालिका वडा न ६ घर भई हाल अमेरीका निवासी समाजसेवी हेम थापा र माया थापाको दम्पतीले साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी भएर रहेका इलामका प्रेम बहादुर राई लाई उनको जीवन रक्षाका लागि चलाएको अभियानलाई ५ लाख रुपैयाँ सहयोग गरेका छन । मंगलबार उनले लोकप्रिय कार्यक्रम ईन्द्रणीका कार्यक्रम सञ्चालक कृष्ण कँडेलको नाममा उक्त रकम पठाएको बताएका छन । पैसा पठाएको प्रमाण:जहाँ जोसुकैलाई पिडा देखेपछि आफ्नो मन दुखेर आउछ अनि आफुले सहयोग गर्नलाई मन लाग्छ सम्पत्ति जतिसुकै भएपनि मन हुनुपर्छ रहेछ । मानिसहरुका पिडाहरु लाई मलम लगाउन लाई हामीले सहयोग...


2018-04-04 | तीताेपाटी डट कम
तीताेपाटी डट कम - गैर आवासीय नेपाली संघ साउदी अरेबियाले अफ्नो तर्फबाट आईसिसी सदस्यमा मनोनित सदस्य धरम केसीलाई एनआरएन साउदीको पदीय जिम्मेवारीबाट मुक्त गर्दै आईसिसी सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको छ ।एनआरएन साउदी अरेबियाको ३० मार्च २०१८ मा बसेको बैठकले आईसिसीको आठौँ विश्व सम्मेलनको समीक्षाबारेको प्रस्तावमा एनआरएन साउदी अरबका संरक्षक तथा आईसिसी सदस्य धरम केसीले आफ्नो गरिमामय पदीय जिम्मेवारी र कर्तव्य पालन गर्न नसकेको आरोप लगाउँदै पदमुक्त गरेको उल्लेख छ ।एनसिसी साउदी अरेबियालाई नै बदनाम हुने गरी गरिएको क्रियाकलापबाट संस्था आलोचित बनेको र थप आलोचित हुनबाट जोगाउन केसीलाई पदमुक्त गर्न सिफारिस गरिएको उल्लेख छ ।कारबाही होइन विचाराधीन विषय हो :...


2018-04-04 | तीताेपाटी डट कम
चन्द्र बिश्वकर्मा - नेपाली समाज कुवेतमा सन २०१३ मा स्थापना भएको राप्ती एकता समाज कुवेतले पाँचौ वार्षिक उत्सब तथा अधिबेशन समारोह साथै नया वर्ष बि.स २०७५ को शुभकामना आदानप्रदान आगामी अप्रिल २० तारीख शुक्रबारका दिन सम्पन्न गर्ने भएको छ । कुवेतको नेपाली समाजमा स्थापना भएको समाजले कुवेतमा कृयाशिल सघं सस्थाहरु संग हातेमालो तथा सहकार्य गर्दै आइरहेको छ । कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको आपत बिपत्तिमा  सहयोग गर्नुको साथै अलपत्र परेकाहरुको उद्वारमा पनि उल्लेख्य भुमिका खेलिरहेको छ । कुवेतको नेपाली समाजमा  मात्र नभई नेपालमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ  । यहि आउदो अप्रिल २० तारिख शुक्रबारका दिन ...


2018-03-31 | तितोपाटी डटकम
तितोपाटी डटकम, नेपाल कुवेत सांस्कृतिक मन्चले यहि आउदो अप्रिल ०६ तारिख शुक्रबारका दिन नयाँ बर्षको अवसरमा बिगतका बर्षहरु झै यो वर्ष पनि गर्ने भनिएको नेपाली नयाँ बर्ष २०७५ सालको शुभकामना आदानप्रदान साथै  चर्चित स्थानीय कलाकारहरुको साथमा सांगीतिक धमाका-२०७५ को सम्पूर्ण तयारी पुरा भइसकेको मन्चका प्रबक्ता प्रसाद तिम्सीनाले बताएका छन् | स्थापना काल देखि नै आफ्नो नेपाली संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न लागी परेको नेपाल कुवेत सांस्कृतिक मन्चको यो सोह्रऔं प्रस्तुतिमा आकर्षक नृत्यहरु जस मध्धे कुवेतको नेपाली समाजमा नेपाली माईकल जेक्सन भनेर चिर परिचित डान्सर र बिभीन्न भेष भुसामा सझिएर आफ्नो नेपाली पन नेपाली मौलिख झल्किने खालका मार्मिक सालै ज्यौ,...


2018-03-30 | तीताेपाटी डट कम
तीताेपाटी डट कम – युएईबाट बिहीबार दुई जनाको शव नेपाल पठाईएको छ । पाल्पाको बगनासकाली ३ का भिमसेन दमाई र नवलपरासीको कावासोतीका रामबहादुर खत्रीको शव नेपाल पठाइएको पाल्पाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । भिमसेनले दुई महिना पहिले नेपाल फर्किन विमानस्थल पुगेर बोर्डिङ पास समेत लिनुभएको थियो । विमानस्थलबाट क्याम्प फर्किएर उहाँले  आत्महत्या गर्नुभएको हो । रामबहादुरको भने हृदयघातका कारण ज्यान गएको हो ।११ वर्षदेखि युएईको शारजाहको लुलु सुपरमार्केटमा कार्यरत रामबहादुरको अघिल्लो बुधबार सुतेकै ठाउँमा मृत्यु भएको थियो । उहाँको हृदयघातका कारण ज्यान गएको अस्पताल रिपोर्टमा उल्लेख छ ।    युएई नफर्किने गरी भिसा रद्द गरेर नेपाल हिड्नुभएका भिमसेनका...


2018-03-27 | तीताेपाटी डट कम
तीताेपाटी डट कम - त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट सेटिङ मिलाइ भिजिट भिषामा युएई आएका १० जना नेपाली अलपत्र परेका छन ।काठमाडौमा रहेको फोर स्टार ट्राभल्स एण्ड टुरिजम एल एल सि र रस्बिआ इन्टरनेनेसनल ट्राभल एण्ड टुर्स प्रालि बाट भिजिट भिषा लिएर रोजगारीका लागि युएईको राजधानी अबुधाबी आएका उनीहरु काम लगाउने एजेन्ट पैसा लिएर फरार भएपछी बिगत २ महिना देखि अलपत्र परेका हुन ।जनही १ लाख ६० हजार नेपालमा र युएई आएपछी काम लगाउने चितवन घर भएका एजेन्ट सालिक बहादुर केसी लाई प्रतिब्यक्ति १ हजार अमेरिकि डलर बुझाएका उनिहरुलाइ नेपाल बाट चितवनका स्याम केसी र सल्यानका धनलाल खत्रीले एअरपोर्टको अध्यागमन बिभागमा...


2018-03-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- नजिकिदै गरेको नेपाली नयाँ बर्ष २०७५ लाई स्वागत गर्नको लागि देश तथा विदेशमा धुमधाम सँग नयाँ बर्ष मनाउने प्रचलनलाई कायम गर्दै यूरोपमा अबस्थित स्वीडेनको रमणीय सहर तथा राजधानी स्टकहोल्ममा नेपाली नयाँ बर्ष २०७५ सांस्कृतिक कार्यक्रम भव्य र सभ्यका साथ मनाइँदैछ । गैर-आवासीय नेपाली संघ, स्वीडेनको आयोजनामा गर्न लागेको उक्त कार्यक्रममा यूरोपका चर्चित गायक तुलसी शिवाकोटी र लोकगायिका बिनिता लामिछानेको साथमा स्थानिय कलाकारहरू शक्ति लामा, दिया श्रेष्ठ, शर्मिला पाईजा, सिर्जना लामा, लक्ष्मण खडका, अम्बिका खनाल, रूजुला गुरूंग र कुसुम आचार्यको बेजोड प्रस्तुति रहने छ।कार्यक्रम निकै भब्य रहने र सम्पूर्ण तयारी तिब्र रहेको जानकारी एन आर एन स्वीडेनका अध्यक्ष...


2018-03-26 | तीताेपाटी डट कम
तीताेपाटी डट कम - "बिश्वकर्माहरुको एकता, आजको आवश्यकता" भन्ने मुल नारा सहित कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले यहि आउँदो २७, अप्रिल २०१८ मा आफ्नो एक साल पूरा गरेको उपलक्ष्यमा वार्षिक उत्सव  मनाउने भएको छ । नमुना बिश्वकर्मा समाज नेपाल - कुवेतले नेपाली समाजमा छोटो समयमै उल्लेखनीय कार्य गर्न सफल  भएको छ । यस समाजले कुवेतमा अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको उद्वारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । कुवेतमा भएका कृयाशिल विभिन्न  संघ सस्थाहरु  संग हरेक कार्यमा सहकार्य गर्दै आइरहेको छ । कुवेतमा मात्र नभएर नेपालमा पनि विभिन्न किसिमका...