5 Bhadra, 2074 | 21 August, 2017 Monday


2017-08-20 | तीतोपाटी डट कम
तीतोपाटी - नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले सेप्टेम्बर १५ मा आयोजना गर्ने भनिएको सामुहिक बिश्वकर्मा पुजाको कार्यक्रम जलिब अब्बासिया स्थित हाइ डाइन रेष्टुरेन्टको सभाकक्षमा भव्य रूपमा गर्ने भएको छ ।  “बिश्वकर्माहरुको एकता, आजको आवश्यकता” मुल नारा राखि २०१६ को अन्त्य तिर कुवेतमा गठन भएको नमूना बिश्वकर्मा समाज नेपाल–कुवेतले कुवेतको नेपाली समाजमा कृयाशिल संघ सँस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा बस्नुहुने सम्पुर्ण नेपालीहरू बिचमा उक्त कार्यक्रम गर्ने जनाएको छ ।यस अघि आगामी सेप्टेम्बर १५ तारिक शुक्दिरबारका दिन जन-चेतनामुलक लघु नाटक तथा विविध सांगितक प्रस्तुतिका साथ बिश्वकर्मा देवताको विशेष पुजा गर्न लागेको कुरा जनाएको उक्त सँस्थाले बिश्वकर्माको पुजाआजामा धेरै समय लाग्ने...


2017-08-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतको संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रममा यस कुमार, मुनाथापा मगर र प्रेम कुमार गैरेले धमाका मच्चाउने भएका छन् । आगामी नोभेम्बर १० तारिख शुक्रबार नायक तथा चर्चित गायक यस कुमार, लोक गायिका मुना थापा मगर र लोक गायक प्रेम कुमार गैरेले कुवेतमा सांगितिक धमाका मच्चाउने छन् । कार्यक्रम जिलिपको नटिङघम ब्रिटिस स्कुलमा हुनेछ |सन्देश मुलक सांस्कृतिक कार्यक्रम सफल बनाउन समितिले जोडतोडका साथ काम सुरु गरिसकेको समितिका संयोजक बिष्णु परियारले जानकारी दिए | कार्यक्रममा स्थानीय पुलिस प्रशासन सँग समन्वय गरी स्कुलले सुरक्षाको पूर्ण व्यवस्था मिलाइदिएको छ जसको लागि ३ जना...


2017-07-31 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कुबेत रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै  आएको रक्तदान अभियान  कार्यक्रम स्वरुप आगामी सेप्टेम्बर १५ तारिख २०१७ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।जिबन यापनको दौरानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जिबन विश्वको एक कुनाबाट रक्तदान गरेर अर्को कुनासम्म बचाउन सकिन्छ । तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ४ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।सदा झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना...


2017-07-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अन्तराष्ट्रिय कलाकार समाज कुवेतको आयोजनामा संचालन हुदै गरेको नेपाली डान्सिङ स्टार २०१७ को फाईनल प्रतियोगिता यहि जुलाई महिनाको २८ तारिख शुक्रबार जिलिब अब्बासिया स्थित पपिन्स् हलमा हुने भएको छ |जम्मा १२ जना प्रतियोगी सहभागी रहेको सो प्रतियोगितामा फाइनल राउण्ड सम्म अ।इपुग्दा ४ जना छनोट भएका छन्  जसमा अस्मि तामांग, सुनिल परियार, मनिता रसाइली र दिपेस श्रेष्ठ रहेका छन् |फाईनल प्रतियोगीता हुने दिन कुवेतमा क्रियाशील संघसंस्थाले कुनैपनि कार्यक्रम नराखी कार्यक्रममा सहभागी भै दिनुहुन कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधि, पत्रकार, बुद्धिजीवि, समाजसेवी, कलाकार तथा कुवेतबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई आयोजक  अन्तराष्ट्रिय कलाकार समाज कुवेतले अनुरोध...


2017-06-14 | तीतोपाटी डटकम
तीतोपाटी डटकम- कला र गला भएका कलाकारलाई भौगोलिक रुपले छेक्दैन भन्ने कुरालाई प्रमाणित गर्दै कुवेतका चर्चित लोक गायक तथा लालीगुराँस सांस्कृतिक परिवार कुवेतका अध्यक्ष डिबी लोप्चनले कुवेतको स्टुडियोबाट महिलाहरुको बिशेष पर्ब तिज-२०७४का अबसरमा तिज बिषेश गीत रेकर्डिङ गरेका छन। "फुलको डालीमा, मेरी सानु क्या राम्री देखिन्छन् कालो गाजल ओठको लालीमा, नजर कसैको नलागोस मेरी कालीमा" बोलको गीतमा डिबी लोप्चनलाई इन्दिरा शाही ठकुरीले स्वरबद्द गर्न सहयोग गर्ने छिन। सरद पाण्डेको शब्द,बिश्वास नेपालको लय/एरेन्ज रहेको उक्त गीतलाई चाडै भिडियोलाईज गरेर बजारमा ल्याउने तथा उक्त गीतमा नयाँ स्वाद भएकोले दर्शक-श्रोताको मन जित्नेमा आफु विश्वस्त रहेको गायक डिबी लोप्चनले तीतोपाटीलाई बताए। उक्त गीतले कति...


2017-04-15 | तीटोपाटी डट कम
तीतोपाटी डटकम-बिगत ८ बर्ष देखी कुवेतको नेपाली समाजमा फरक किसिमका रचनात्मक कार्यहरुका साथ मानबिय साथ-सहयोगमा अग्रणी भूमिका निर्बाहा गर्दै आएको जन-जागृति युवा समाज कुवेतले हिजो एप्रिल-१४ शुक्रबार कुवेतको फर्वानिया स्थित शैलुङेस्वरी नेपाली रेश्टुरेन्टमा आयोजित एक कार्यक्रम मार्फत नयाँ-वर्ष २०७४ को भित्ते पात्रो सार्वजानिक तथा नयाँ-बर्ष २०७४को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। जन-जागृति युवा समाज कुवेतका अध्यक्ष छत्र कार्कीको अध्यक्षता तथा नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली राजदूतावासका दित्तिय सचिव ज्ञानबहादुर मगर र तृतिय सचिव सुरेश अधिकारी लगाएत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा उपाध्यक्ष आनन्द आचार्यले...


2017-03-25 | तीतोपाटी
तीतोपाटी,मातृभूमि युवा क्लबद्वारा आयोजित अन्तर नेपाली मातृभूमि युएई एक्सचेन्ज कप फूटबल प्रतियोगिताको उपाधि द टाईगरले चुमेको छ । ९ वटा टिम सहभागी भएको उक्त प्रतियोगिताको हिजो बेलुका सम्पन्न फाईनलमा युनिक नेपाललाई २- १ गोलको अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।खेलको सुरुमै बिराहाङ लिम्बूको गोलद्वारा १-० को अग्रता लिएको युनिक नेपालले आफ्नो अग्रतालाई कायम राख्न नसक्दा खेल १ – २ को अन्तरले पराजित हुन पुग्यो । १ – ० ले पछी परेको द टाईगरले अम मगरको गोलसंगै बराबरी गरेको केही बेरमै उदय लिम्बूले गोल थप्दै २ – १ को अग्रता लियो र उक्त गोल नै निर्णायक बन्न पुग्यो...


2017-02-25 | तीतोपाटी
 तीतोपाटी,कुवेतमा महाशिवरात्री पर्व भब्यरुपमा मनाइएकोछ। हिन्दु जागरण अभियानको आयोजनामा हीजो जिलिपको रिदम हलमा एक कार्यक्रमको आयोजना गरि पर्व मनाइएको हो ।पुजापाठ तथा भजनकृतन साथै हिन्दु जागरण अभियानका कुवेतका संयोजक टिकाराम आचार्यको हातबाट टिका प्रसाद ग्रहण गरि मनाइएको कार्यकममा नेपाली दुतावास परीवारका साथै  कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवीका साथै  कुवेतबासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। ...


2017-02-19 | कुवेतमा आउदो शुक
तीतोपाटी, कुवेतमा आगामी शुक्रबार महाशिवरात्री पर्व तयारी गरिएको छ । हिन्दु जागरण अभियानको आयोजनामा आगामी शुक्रबार जिलिपको रिदम हलमा महाशिवरात्री पर्व मनाउदै पुजाआजा गर्ने कार्यक्रम रहेको हिन्दु जागरण अभियान कुवेतका संयोजक टिकाराम आचार्यले जानकारी दिए।महाशिवरात्री कुनै जाति बिशेषको नभई सम्पूर्ण हिन्दु धर्मालम्बीहरुको भएको हुनाले दिनको ४ बजेपछि हुने पुजाआजा कार्यक्रममा कुवेतबासि सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ। सम्पूर्ण कुवेतबासी नेपालीहरुको सहभागितामा सामुहिक रुपमा मनाइने महाशिवरात्री पर्वमा पुजाआजा तथा प्रसाद ग्रहण कार्यक्रम रहेको छ ।मिति;- २०१७/०२/२४ (आगामी शुक्रबार)स्थान;- जिलिपको रिदम हलसमय;- दिनको ४ बजे...


2017-01-28 | तीतोपाटी डट कम
तीतपाटी – जनजागृती यूवा समाज कुवेतको चौथो अधिवेशन फरवानिया स्थित सैलुङ्गे नेपाली रेष्टुरेन्टको पटांगिनीमा सम्पन्न भएको छ । अधिवेशनले चौथो कार्यकालको लागि तेश्रो कार्यकालमा नेतृत्व गरेका छत्र बहादुर कार्कीलाई नै जिम्मेवारी दिदैं महोत्तरी जिल्लाको वर्दिवास–२ मा रहेको ५० घर धुरी मुसहर वस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनको सहयोगार्थ जन–जागृति युवा समाज कुवेतले कुवेतमा सहयोग संकलन अभियान संचालन गर्ने संशघोस गरेको छ ।सँस्थाका अध्यक्ष छत्र बहादुर कार्कीको सभापतित्व र कोसेली समुहका अध्यक्ष इन्द्र प्रसाद पोखरेलको प्रमुख आतिथ्य, एनआरएनए आइसिसि संयोजक सुजन के.सि.को विशेष आतिथ्य एवं कुवेतमा संचालित संचारगृहहरुका संचारकर्मीहरुको आतिथ्यतामा सँस्थामा आबद्ध सदस्यहरु र आफन्तजनहरुको मात्रै भेला भएर सम्पन्न उक्त अधिवेशनमा पत्रकारिताको...


2017-01-08 | तीतोपाटी डट कम
तीतपाटी – जनजागृती यूवा समाज कुवेतले आफ्नो सँस्थाको चौथो कार्यकालको लागि यहि २७ जनवरी २०१७ शुक्रबारका दिन फरवानिया स्थित सैलुङ्गे नेपाली रेष्टुरेन्टको पटांगिनीमा अधिवेशन गर्ने जनाएको छ । समाजको गत शुक्रबार फरवानिया गार्डेनमा बसेको कार्य समितिको पुर्ण बैठकले सो निर्णय गरेको हो । जन–जागृति युवा समाज कुवेतको नामबाट २४ सेप्टेम्बर २०१० देखि कृयाशिल रहेको यस सँस्थाले कुवेतको नेपाली समाजमा जन चेतना, राहत उद्धार तथा मानविय र सामाजीक सेवाका क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै कुवेतको नेपाली समाजको पहिलो सामाजिक सँस्थाको रुपमा कृयाशिल रहेको छ । पदको लागि कहिल्यै पनि तछाड मछाड नगरेका यस सँस्थाका सदस्यहरु थोरै भएर पनि सशक्त, जुझारु र कर्मठ यूवाहरु छन भने सामुदायिक पुस्तकालय संचालन, अरबी भाषा पुस्तक प्रकाशन जस्ता...


2017-01-07 | तीतोपाटी डट कम
नबराज पन्थी- “लामो समयपछि कुबेतमा अथिति कलाकारको आगमन जनवरीको चिसोमा शुक्रबार कुबेत तात्यो” राप्ती भेरी कर्णाली एकाता समाजले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१७ को स्वागतार्थ शुक्रबार आयोजना गरिएको सांगेतिक धमाका भब्य रुपमा सम्पन्न भएको छ । नेपालका चर्चित लोक गायक रामजी खाँड , गायिका द्वय भूमिका गिरी र कल्पना काफ्लेले आफ्ना जोडदार प्रस्तुतिले जनवरीको चिसोमा कुबेत तताउदै कुबेतबासी नेपालीलाई नचाए । कुबेतको जिलिब स्थित वेडिंग हलमा आयोजित कार्यक्रममा लालीगुराँस साँस्कृतिक परिवारका सदस्यहरुले पन्चेबाजा घन्काएर नेपाल मै भएको झल्को मेटाएर कार्यक्रममा चिसोलाई तताउदै दर्शक उफारे संगै औपचारिक कार्यक्रम शुरु भएको थियो । समाजका अध्यक्ष पवन वलीको अध्यक्षता एन आर एन...


2016-12-24 | तीतोपाटी डट कम
तीतोपाटी -बिश्वकमर्मा समाज नेपाल-कुवेतको एेतिहासिक प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।"सम्पुर्ण बिश्वकर्माहरू एक होअाैं- कला, सीप र पहिचानको संरक्षण गराै" भन्ने मुल नाराका साथ गत अक्टोबर महिनामा तदर्थ समिति मार्फत गठन भएको बिश्वकर्मा समाज नेपाल-कुवेतकोअाज २३ डिसेम्बर २०१६ का  दिन कुवेतको खैतान स्थित राजधानी इन्डियन रेष्टुरेन्टमा नेपाली राजदूतावास कुवेतका द्दित्तिय सचिव भोगेन्द्र लिङदेनको प्रमुख अातिथ्यता तथा श्रम सहचारी मनोज  कुमार  सिंह र सहचारी शुरेष अधिकारीको विशेष अातिथ्य एवं विभिन्न संघ सँस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिहरूको अातिथ्यमा शिब घमाल बिश्वकर्माको अध्यक्षतामा नयाँ  कार्य समिति गठन  गर्दै सम्पन्न भएको हो ।अधिवेशन समारोहमा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्थाका प्रमुख,...


2016-11-28 | titopati.com
जय आले-येस मिफ्रुङ्ग फिलिम्स प्रोडक्सन नेपालको पहिलो प्रस्तुति नेपाली मगर कथानक चलचित्र खुर्पेटाे कुवेतमा आगामी २७ जनवरी २०१७ शुक्रबारको दिन प्रदर्शन हुने भएको छ ।  मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मगर सँघ कुवेतका बरिष्ट सदस्य राजेन्द्र आले मगर(तुल)द्वारा निर्माण गरिएको हो । चर्चित लोकदोहोरी गायिका मुना थापामगरले अभिनय गरेको यस चलचित्रमा कलाकारहरु सुजन थापामगर, बिना थापामगर, टिका आलेमगर, शोभा आलेमगर लगायत थुप्रै मगर कलाकारहरुले अभिनय गरेका छन भने बिकास मगरको निर्देशन, भिम रानामगरको परिकल्पना, राहुल राईको छायांकन, सम्पादन मित्र गुरुङ र चित्र मास्कीमगरको नृत्य निर्देशन रहेको छ ।कुवेतको जिलिब अलशुवैखको वैडिङ् हलमा दिउँसको ठिक १२.०० बजेदेखी प्रदर्शन हुने अढाई...


2016-10-21 | तीतोपाटी डट कम
तीतोपाटी डट कम, चितवन सेवा समाज कुबेतले कुवेतवासी नेपालीहरू माझ बिजया दशमी एबम शुभ दिपावलीको शुभकामना अादान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुक्रबार फर्वानिया स्थित अल हाइतम रोयल रेष्टुरेन्टको सभाकक्षमा नेपाली दुताबास कुबेतका प्रथम सचिब अम्बिका जोशीले दियो जलाएर उद्घाटन गरेका थिए ।  चितवन सेवा समाजले आफ्नो स्थापनाको छोटो समयमा आफ्ना गतिविधलाई तिब्र बनाउदै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै बक्ताहरुले तारिफ गरेका थिए । कार्यक्रमा आफ्नो मन्तब्य राख्दै दिपावलीको शुभकामना दिनेहरुमा प्रमुख अथिति जोशी, नेपाली दुताबास कुबेतका दुर्तिय सचिब भोगेन्द्र लिन्देन, एन आर एन ए कुबेतका महासचिव अमित राई महिला सदस्य मधु बगर, तामाङ्ग घेदुंग कुबेतका अध्यक्ष् अमृत तामाङ्ग, खोटांग कुबेत सम्पर्क मंचका अध्यक्ष् मन्जित राई, मध्येपश्चिम सेवा समाजका अध्यक्ष् गणेश रावत...


2016-10-08 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-नेपालीहरुको महान पर्ब बिजया दशमी-२०७३ घर-घरमा भित्री सकेको छ।यस पाबन पर्बलाई परिवार, साथी-संगी तथा आफन्तहरु संग भेटेर, दु:ख-सुख साटा-साट गरेर र मिठो-चोखो खाएर देश-बिदेशमा रहेका नेपालीहरुले आ-आफ्नो अनुकुलता र गक्ष अनुसार मनाउछन।बिशेष गरी दुर्गा भबानीको पूजा-आजा र टिका-जमारालाई दसैंको प्रमुखताको रुपमा लीईन्छ।  यसै अबसरमा देश-बिदेशमा रहनु हुने बिशेष गरी कुवेतमा रह्नु हुने सम्पूर्ण पाठक बर्गहरु, शुभ-चिन्तक, सहयोगिहरु र सम्पूर्ण नेपालीहरुमा महानपर्व बिजया दशमी-२०७३ को पावन अबसनमा तीतोपाटी डटकम, मरुभूमिको कोसेली छापा पत्रिका तथा कोसेली न्यूज परिवारको तर्फबाट देश-विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।  हामी सम्म आएका बिजया दशमी-२०७३ को शुभ-कामना...


2016-10-08 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-कुवेतबाट सन्चालित अनलाइन परदेशी खबर डटकमको आउदो अक्टोबर १४ तारिक शुक्रबार हुने तेस्रो वार्षिकोत्सबमा परदेशी खबर अवार्ड २०१६ प्रदान गरिने भएको छ। परदेशको बसाईसंगै नेपाली समाजमा बिभिन्न क्षेत्रबाट योगदान दिने ब्याक्तित्वहरुलाई नोमिनेसनको माध्यमबाट हरेक क्षत्रबाट ४ जनालाई छनौट गरिने र उत्कृष्टको आधारमा एकजनालाई अवार्ड बिजयी घोषणा गरिने परदेशी खबर डटकमका प्रमुख कार्यकारी सम्पादक कोश राज राइले तीतोपाटी डटकमलाई बताए।   परदेशी खबर अवार्ड २०१६ मा उत्कृष्ट समाजसेवी ( महिला पुरुष), उत्कृष्ठ पत्रकार ( महिला, पुरुष), उत्कृष्ट गायक, गायीका, उत्कृष्ट साहित्यकार, (महिला, पुरुष), उत्कृष्ट हस्पिटयालीटि(उध्यमी) गरी जम्मा ९ जनालाई अवार्ड बिजेता घोषित गरिने छ। मुर्गाब स्थित प्यारागन रेष्टुरेन्टमा आयोजना हुने अवार्ड...


2016-09-24 | titopati.com
तीतोपाटी- लालीगुराँस साँस्कृतिक परिवारले नेपालीहरु पर्व बिजया दशमी एबम दिपावली को अवशरमा आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको परिवारका अध्यक्ष् डीबी लोप्चनले तितोपाटी जानकारी गराएका छन "कला र संस्कृति हाम्रो परम्परा" भन्ने मुल नारा लिएर स्थापित लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले दशौ प्रस्तुती आउदो अक्टोबर ७ तारिख "लालिगुराँस दशैं धमाका-२०७३" बिबिध सांस्कृतिक कार्यक्रमका साथ आयोजना गर्ने भएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरु,त्यसका प्रतिनिधिहरु लगायत सम्पूर्ण कुवेतबासी नेपालीहरुले आ-आफ्नो ठाउँबाट साथ सहयोग गर्दै सधैं झै यो बर्षको दशैं धमाकालाई सफल पार्न अध्यक्ष् लोप्चनले अनुरोध गरेका छन ।  साथै कुवेतमा बसेर पनि नेपाली कला,संस्कृतिको निरन्तरताका लागि नृत्य,गायन,हास्यब्यङ्य,पञ्चे...


2016-08-23 | titopati.com
तीतोपाटी डटकम-कुवेतमा सात महिना देखि अलपत्र परेकी अनाथ शिसुलाई नेपाल पुराउन एनआरएन कुवेतले ३५,८५०/नेपाली रुपैयाँ नगद सहयोग गरेको छ । १३ महिना पहिला जन्मेकी भनिने शिसु ६ महिना देखि एक नेपाली महिलाले पालन पोषण गर्दै आएकी थिएन।उनलाई सिता कुमाल नाम गरेकी महिलाले काख लिएर बुधबार नेपाल लगेकी छन । उनलाई नेपाल पुर्याउनका लागि आर्थिक सहयोग गरेको एनआरएन कुवेतका अध्यक्ष अर्जुन तामाङले बताए । कुवेतमा कार्यरत अविवाहित नेपाली जोडीको अनैतिक सम्बन्धबाट छोरीको जन्म भएको श्रोतको दाबी छ । उनीहरु दुबै जना कुवेतमा गैरकानुनी तरिकाले बसेका थिए।पुरुष कम्पनीबाट र महिला कुवेती साहुको घरबाट भागेर गैरकानुनी रुपले लिभिङ टुगेदर हुँदा उक्त बालिकाको जन्म...


2016-08-06 | तीतोपाटी
राधिका भट्टराई, जनसम्पर्क समिति कुवेतले कार्य समितिमा सदस्यहरु मनोनित गर्दै कार्यक्षेत्र विस्तार गरेको छ । जनसम्पर्क कुवेतका सभापति अम्बर के सि(हिमाल) को अध्यक्षतामा हिजो बसेको बैठकले समितिका संरक्षक बिष्णु परियाको संयोजकत्वमा बचत कोषको स्थापना गरेको छ।त्यसैगरी समितिले एनआरएन एनसीसी कुवेतले बाढीपहिरो पीडितहरुको सहयोगार्थ संचालन गरेको आर्थिक संकलन अभियानमा सहभागिता जनाउदै ५१ केडी सहयोग समेत गरेको छ। गत हप्ता मात्र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली युवा नेता प्रदिप पौडेलको उपस्थितिमा जनसम्पर्क समिति कुवेतले दोश्रो अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशनले अम्बर के सि(हिमाल) लाई सर्वसहमत रुपमा समितिको सभापति चुनेको हो।  अधिवेशन पछि हिजो पहिलो बैठक बसेको हो । मनोनित पदाधिकारीहरु:-प्रथम उपसभापती- लालबहादुर ठकुरी, सहमहामन्त्री-कृष्ण तामांग र गीता तिवारी, सह...