9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-22 | तीतोपाटी डट कम
तीतोपाटी - व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र वाचन गरेर सुनाइन् ।बैठकमा आर्थिक वर्ष २०७४-७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो । छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ ।व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ बजे बस्नेछ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्नेछिन् ।...


2017-05-22 | तीतोपाटी डट कम
तीतोपाटी - भारतीय अभिनेता आमिर खान चीनमा निकै लोकप्रिय बन्दै गएका छन् । फिल्म ‘दंगल’ को सफलताले चिनीयाहरुमाझ उनलाई चिनाएको हो ।चीनको अत्यधिक लोकप्रिय माइक्रो ब्लगिङ साइट ‘वेइबो’ मा रहेको आमिरको अकाउन्टमा उनका फलोअरहरुको संख्या ५ लाख ८६ हजार पुगेको छ । यस मामलामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पछाडि छोडेका छन् ।आमिरले आफ्नो फिल्म दंगल चीनमा रिलिज हुनु अगाडि बेइवोमा आफ्नो अकाउन्ट खोलेका थिए । दंगलले चीनमा ठूलो सफलता पायो । यसले केवल १३ दिन भित्र ७.६ करोड डलरको ब्यापार गरेको थियो । यसले चीनमा चलिरहेका थुप्रै हलिउड फिल्मलाई समेत उछिनेको थियो ।मोदीले २०१५ मा चीनको भ्रमण गरेका...


2017-05-22 | तीतोपाटी डट कम
तीतोपाटी -  नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नयाँशक्ती लगायतका दलहरुको बहिस्कारका बाबजुद पोखरा लेखनाथ महानगरपालिकाको मतगणना शुरु हुने भएको छ । तर, विवाद समाधान गरेर मात्र मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका २ सांसद मतगणना स्थल भित्रै धर्नामा बसेका छन् ।पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप र मतदान अधिकृतको दुई वटा हस्ताक्षर भएको मतपत्र सक्कली नै भएको निर्णय गर्दै मतगणना अघी बढाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएपछि मतगणना शुरु गर्ने तयारी भएको हो ।तर कांग्रेस, माओवादी लगायतका दलहरुले स्वस्तिक छाप र मतपत्र सक्कली भए मुचुल्का उठाउन आग्रह गर्दा त्यसको...


2017-05-21 | तीतोपाटी डट कम
तीतोपाटी - सरकारले विभिन्न श्रम गन्तब्य मुलुकमा रिक्त श्रम सहचारीर काउन्सिलर नियुक्तिको प्रक्रिया थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले यसका लागि दरखास्त आह्वान गरेको छ । त्यसमा आवेदन दिन चालक अनुमतिपत्र र टोफेल-आइइएलटीएस उत्तीर्ण हुनैपर्ने छ ।मलेसिया, दक्षिण कोरिया, साउदी अरबको जेद्दाह, युएई, कुवेत र ओमनका लागि मन्त्रालयले श्रम सहचारी र काउन्सिलरको पदमा दरखास्त मागेको हो ।यी मुलुकहरुमा अहिले श्रम सहचारीका पदहरु खाली हुँदा कामदारहरु समस्यामा छन् । कामदारहरुले दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो ब्याप्त छ । यसैलाई सम्बोधन गर्न रिक्त रहेका देशमा श्रम सहचारी नियुक्तिका लागि दरखास्त मागिएको हो ।नेपालीको प्रमुख श्रम गन्तब्यका श्रम सहचारी नियुक्तिको...


2017-05-21 | केदार नाथ खरेल
चितवन, जेठ ७ – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता १२ सय नाघेको छ । उहाँले कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाल भन्दा १२ सय २४ मत बढि ल्याउनु भएको छ । मेयर(एमाले) देवी ज्ञवालीः १८७३७ (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः १७५१३ उप मेयरपार्वती शाह - २०२१० मतदिव्य आचार्य - १६४७१ मत ...


2017-05-19 | तीतोपाटी डट कम
तीतोपाटी - भरतपुर महानगरपालिकाको मतगणनास्थल बाहिर नाराबाजी भइरहेको छ। वडा नं.९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको छ। कम्प्युटरमा इन्ट्री गरेको मत संख्या उम्मेदवारका प्रतिनिधिले राखेको मत संख्या फरक आएको भन्दै काँग्रेस माओवादी कार्यकर्ताले वडा नं. ९ को मत पुनः गणना गर्न माग गर्दै नाराबाजी गरेका हुन्।वडा नं. ९ एमालेका यमलाल कँडेल वडा अध्यक्षमा विजयी भएका थिए। काँग्रेस, माओवादीका बुथ प्रतिनिधिसँगको मतसंख्या र कम्प्युटर इन्ट्रीमा भएको मतसंख्या फरक भएको उनीहरुको भनाइ छ।भरतपुरको जारी मतगणनामा एमालेले वडा नं। २, ४, ५, ७ पछि शुक्रबार साँझ ९ पनि जितेको बताइएको थियो। काँग्रेसले १, ३,६ र ८ मा विजयी...


2017-05-19 | titopati.com
काठमाडौ-परराष्ट्र मन्त्रालयले भारतस्थित नेपाली दूतावासका उपप्रमुख कृष्ण प्रसाद ढकाललाई फिर्ता बोलाएको छ।दिल्लिस्थित राजदूत दिपकुमार उपाध्यायले उपप्रमुख ढकालका कारण दूतावासमा काम गर्ने वातावरण नरहेको तथा कर्मचारीबीच असमझदारी बढेको बताएपछि परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले ढकाललाई फिर्ता बोलाउने निर्णय लिनुभएको हो।एक बर्ष कार्यकाल बाँकी हुंदै ढकाललाई फिर्ता डाएिको हो । ‘ढकालले दूतावासका कर्मचारीसंग मिलेर काम गर्न नसकेको देखियो। त्यस्तै उहाँको ब्यक्तिगत कार्यशैली र आचरण पनि ठिक देखिएन। त्यसैले कार्वाहीस्वरुप फिर्ता बोलाउने निर्णय भएको हो’ परराष्ट्र स्रोतले अन्नपूर्णसँग भन्यो।ढकाललाई मन्त्रालय फिर्ता आउन बिहीबार पत्र लेखिएको मन्त्रालयका एक अधिकारीले बताउनुभयो। ढकालको स्थानमा परराष्ट्रका नयाँ सहसचिव पठाउने तयारी भएको परराष्ट्र मन्त्री निकट स्रोतले जानकारी...


2017-05-18 | titopati.com
तरकारीवाली नामले परिचित गोरखा गण्डकी गाउँपालिकास्थित भूम्लीचोककी कुसुम श्रेष्ठ फेरि चर्चामा आएकी छिन् ।केहि पहिले तरकारी बोकेर बजार जाँदै गरेको फोटो सामाजिक सञ्जालमार्फत भाइरल भएसँगै एकाएक चर्चामा आएकी उनी पछिल्लो समय भने गुमनाम थिइन् । तर, स्थानीय चुनावमा माओवादी केन्द्रको प्रचारमा उनी जुटेको भेटिएकी छन् । उनको पारिवारिक पृष्ठभूमि माओवादी भएको र चुनाव अवधिमा उनी माओवादीको रातो टिर्सट र हसिया हथौडाको झण्डा बोकेर खटिएको स्थानीय देवराज गुरुङले जानकारी दिए ।सो गाउँपालिकामा कांग्रेस विजयी भएपनि कुसुमको बडामा भने माओवादी उम्मेदवार जीवन गुरुङ बडा अध्यक्षमा विजयी भएका छन् ।   तस्बिर : कमल गुरूङ-रातोपाटी  ...


2017-05-18 | तीतोपाटी डट कम
तीतोपाटी - जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । उनी २० वर्षपछि भएको स्थानीय तह चुनावमा निर्वाचित पहिलो महिला मेयर बन्न सफल भएकी छन् ।उनी २ हजार ७७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्तिलाल महतको पक्षमा २ हजार ६६ मत परेको छ ।उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी अप्सरा न्यौपाने महत विजयी भइन् ।को हुन् कान्तिका ?कान्तिका सेजुवाल जुम्लाको सामुदायिक स्कुलकी शिक्षिका पनि हुन् । ४५ बसन्त पार गरेकी उनले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन् । उनी समाजसेवामा समेत सक्रिय छिन् ।नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई सिफारिस गरेपनि कांग्रेस...


2017-05-18 | तीतोपाटी डट कम
तीतोपाटी - पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी विजयी भएको छ । पहिलो चरणमा रुकुमका ६ स्थानीय तहमा चुनाव भएकोमा सबैमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् ।आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ ।पछिल्लोपटक सार्बजनिक आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २ हजार ३४ मत अन्तरले पराजित गरेर केसी आठविसकोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे ।...


2017-05-17 | titopati.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले कांग्रेस पार्टीलाई अझै मत दिइरहेको देख्दा आफूलाई अचम्म लागेको बताएका छन्। पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा बुधबार २४ औं मदन जीवराज आश्रित स्मति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, 'गर्नुजति नराम्रो काम कांग्रेसले गरेको छ तर चुनावी परिणाममा एमालेसँग टक्करमा आइरहेको छ। यो कुरा मैले बुझ्न सकेका छैन।' उनले एमालेलाई भोट दिनु नपर्ने र अरु पार्टीलाई भोट दिनु पर्ने कुनै कारण नै नभएको बताए। 'हामीले एमालेले गरेका काम जनतासम्म पुरयाउन सकेका छैनौं जनतालाई अझै भ्रममा राखिएको छ', उनले भने।एमालेमाथि पहिलेदेखि नै षडयन्त्र र आक्रमण हुँदै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले मदन...


2017-05-17 | titopati.com
सुरेन्द्र काफ्ले , नेपालगन्ज :संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन सहभागी भएर संविधान संशोधनको पक्षमा सघर्ष गर्ने बताउनु भएको छ । नेपालगन्जमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भन्नुभयो,‘चुनावमा पनि लडछौ,सडक र संसदबाट संघर्ष पनि गर्छौ, यही हो अहिलेको हाम्रो लाइन ।’ पहिलो चरण निर्वाचनपछि सरकारले संविधान संशोधन गर्ने अग्रसरता देखाएका आधारमा निर्वाचनमा सहभागी भएको बताउदै नेता यादवले भन्नुभयो,‘पहिलो चरणको निर्वाचनपछि संशोधन गर्ने सर्तमा हामी चुनावमा भाग लिएकाछौ तर सरकारसँग दुई तिहाइ संख्या नै छैन, कसरी गर्ला संशोधन?’ उहाँले संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा समेत आफनो पार्टी भाग लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘संविधान संशोधनको सर्तमा...


2017-05-17 | तीतोपाटी डट कम
तीतोपाटी - नवलपरासीको हुप्सेकोट गाउँपालिकाको प्रमुखमा स्थानीय तहको निर्वाचनमा नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बनेकी छन्। नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी भएकी हुन  भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले चार हजार ३५८ मत पाएका छन्। त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल चार हजार ४६८ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ओम थापाले चार हजार ४१३ मत प्राप्त गरेका छन्। यसैगरी, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार डम्मर जिसी एक हजार ५७९ मत अन्तरका साथ विजयी भएका छन्। यसैगरी, गाउँपालिकाको...


2017-05-16 | titopati.com
राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको उक्तिलाई सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले चरितार्थ गरिदिएका छन् ।सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् ।उनी यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा वयोवृद्ध उम्मेदवार हुन् ।-अनलाइनखबर ...


2017-05-16 | titopati.com
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सफलताले वैकल्पिक राजनीतिको वीउ रोप्न सफल भएको बताएका छन् ।हालसम्म विजयी उम्मेदवारहरुलाई बधाई दिँदै डा. भट्टराईले लेखेका छन्विभिन्न जिल्लामा वैकल्पिक राजनीतिको वीउ रोप्न सफल नयाँ शक्ति नेपालका विजयी उम्मेदवारहरूलाई वधाइ । यो वीउ रोप्ने मौसम हो फल भित्र्याउने मौसम पछि आउँछ भन्ने हेक्का राख्न सबै शुभचिन्तकहरूलाई आग्रह ।नयाँ शक्तिबाटे मनाङको नेस्याङ गाउँपालिका ५ र ८ मा हयानचेंन गुरुङ र कुङ्ग्याल गुरुङ वडा अध्यक्षमा विजयी भएको नयाँ शक्तिले जनाएको छ ।त्यस्तै गोरखाको पालुङटार नगरपालिका वडा नं. १ मा वडा अध्यक्ष कृष्ण परियार सहित नयाँ शक्तिको पूरै प्यानल विजयी भएको...


2017-05-15 | titopati.com
भरतपुर महानगरको उम्मेदवार पदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि रेणु दाहाल संयुक्त उम्मेदवार बनेकी थिइन् । नेकपा एमालेले भने देवी ज्ञवालीलाई मेयरमा उठाएको छ ।कांग्रेस–माओवादी तालमेलपछि कांग्रेसले आफ्ना मेयर उम्मेदवारको नाम फिर्ता लिए पनि मतदानमा मेयर पदमा कांग्रेसको रुख चिह्नमा पनि भोट हालेको पाइएको छ । रुख चिह्नमा खसेको भोटमा माओवादी केन्द्रले दाबी गरेपछि विवाद भएर  भरतपुर महानगरमा गणना सुरु हुन नसकेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल उम्मेदवार भएको हिसाबले बहुप्रतीक्षित रहेको चितवनको भरतपुर महानगरपालिकामा अझैसम्म मतगणना सुरु हुन सकेको छैन बिहानदेखि मध्याह्नसम्म चलेको सर्वदलीय बैठकमा माओवादी केन्द्रका जिल्ला नेता घनश्याम दाहालले रुख चिह्नमा...


2017-05-14 | titopati.com
प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोटमा मध्यान्ह मतदान गरेका छन् ।ओली मतदानका लागि मध्यान्ह १२ बजे बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेका थिए । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखा लागयतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताए ।मतदानपछि उनले भने- दोलखालगायत केही स्थानमा उनीहरुले बल प्रयोग गरेका छन्,छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण र उत्सापूर्ण ढंगले भइरहेको खबर हामीले पाएका छौं । ती बल प्रयोग र बुथ कब्जा गरिएका ठाउँको सन्दर्भमा हामीले निर्वाचन आयोगसँग कुराकानी गरिरहेका छौं ।दोस्रो चरणको चुनावका सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भने ओलीले...


2017-05-14 | तीतोपाटी डट कम
...


2017-05-14 | तीतोपाटी डट कम
...
2017-05-14 | titopati.com
बनेपा— निर्वाचनमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले चलाएको गोलीबाट स्थानीयको मृत्यु भएपछि नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान सुरु हुन सकेको छैन।सशस्त्र प्रहरीले चलाएको गोलीबाट कृषि पेशा गर्दै आएका नवराज पाठकको शनिबार साँझ मृत्यु भएको थियो। भकुन्डेबेसीबाट तिमाल जाने बाटो सिद्धि विनायक बस्तीमा सशस्त्रले हिजो साँझ गोली चलाउँदा पाठकको मृत्यु भएको हो।ट्र्याक्टर चालकसमेत रहेका उनलाई प्रहरीले गुण्डा भनेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। वडा नम्बर ४ का लागि मतदान केन्द्र जनकमावि तोकिएको थियो। मतदान केन्द्रमा मतदाता उपस्थिति छैन।मुख्य दलका स्थानीय नेता एवं प्रशासनबीच मतदान सुचारु गर्नेबारे वार्ता भइरहेको छ। भकुन्डेबेसीबाट तिमाल जाने बाटो सिद्धि विनायक बस्तीमा सशस्त्रले हिजो साँझ गोली चलाउँदा...