9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-22 | तीतोपाटी डट कम
तीतोपाटी - बाजुराको काँडामा मलद्धार नभएको बच्चा जन्मिएको छ। नौ दिन पहिले बिमला रोकायाले घरमै जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो। तीन दिन सम्म छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको बिमलाले सुनाउनुभयो। दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जिल्ला अस्पताल लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि बयलपाटा अस्पताल ल्याएको बाबु गोरख रोकायाले जानकारी दिनुभयो।बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले तत्कालै शल्यक्रिया नभए बच्चाको ज्यानसमेत जोखिममा हुने संभावना देखे पछि चिकित्सकले ज्यान जोगाउन पेट चिरेर ठूलो आन्द्रा काटेर दिसा गर्नका लागि बैकल्पिक व्इवस्था गरिएको अस्पतालका निर्देशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनुभयो। उहाँले भन्‍नुभयो, 'यो एकदमै...


2017-05-22 | तीतोपाटी डट कम
तीतोपाटी - विवादास्पद लागूऔषध दुरुपयोग प्रकरणका प्रमुख अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले ४ लाख रुपैंयाँ नगद धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले गत वैशाख २७ गते अदालतमा हाजिर भएका एस.आर. ड्रग ल्याब्रोटरीजका सञ्चालक सञ्जयकुमार गुप्तालाई उही दिन ४ लाख रुपैयाँ धरौटीमा रिहा समेत गरेको छ ।स्रोतका अनुसार देशभर स्थानीय निर्वाचनको माहोल बढदै गर्दा फरार भनिएका एसआर ड्रगका सञ्चालकमध्येका एक गुप्ता वैशाख २७ मा जिल्ला अदालत काठमाडौंमा नाटकिय रुपमा हाजिर भएका थिए । मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको ११८ नम्बर व्यवस्थाअनुसार अदालतमा हाजिर हुन आएका गुप्तालाई प्रहरीको जिम्मा लगाई त्यसको जानकारी सरकारी वकिलको कार्यालयमा पठाउनुपर्ने हो ।...


2017-05-21 | केदार नाथ खरेल
जेष्ठ ७, २०७४- दोलखाको मेलुङ गाउँपालिका–१ स्थित पवटी मतदान केन्द्रमा स्थगित भएको चुनाव जारी छ । वैशाख ३१ गते बुथ कब्जाका क्रममा प्रहरीले गोली चलाउँदा एकजना मतदाताको मृत्यु भएपछि स्थगित चुनाव आइतबार बिहान ७ बजेदेखि जारी रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । केन्द्र सुरक्षाका लागि साढे २ सय जनपदसहित सशस्त्र र नेपाली सेना पनि परिचालन गरिएको प्रजिअ बोहराले जानकारी दिए । बिहान दुई घण्टामै साढे ८ सयभन्दा बढीले मतदान गरेका छन् । निर्वाचनमा कांग्रेस, एमाले, माओवादीलगायतका दलका जिल्लास्थित शीर्ष नेताहरु पनि निर्वाचन पर्यवेक्षणमा आएका छन् । ३७४९ मतदाता रहेको उक्त केन्द्रमा महिला र पुरषका गरी ८ वटा...


2017-05-20 | तीतोपाटी डट कम
तीतोपाटी - जितपुर–सिमरा उपमहानगरपालिका–१ मा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय सिमराका अनुसार काठमाडौँबाट जनकपुरतर्फ गईरहेको ना ७ ख १६१४ नं को रात्रिबस अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा परी महोत्तरी रौतली–६ का ४५ वर्षीय बल्ला यादव र धनुषा तारयती सीसीवाका ३२ वर्षीया किरणदेवी साह रहेको प्रहरीेले जनाएको छ ।  अन्य घाइतेको सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस ...


2017-05-18 | titopati.com
चुनावमा मारिएका पाठक र तामाङलाई शहीद घोषणास्थानीय चुनावमा मारिएका दुईजनालाई सरकारले शहीद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले काभ्रेको नमोबुद्धमा मारिएका नवराज पाठक र दोलखाको जुगुमा मारिएका कुलबहादुर तामाङलाई शहीद घोषणा गर्दै राहत रकम दिने निर्णय गरेको हो ।नमोबुद्धमा बैशाख ३० गते राति पाठकलाई गोली हानेर अज्ञात समूहले हत्या गरेको थियो । उनको हत्या पछि नमोबुद्धको जनक मावि केन्द्रमा स्थानीय चुनाव स्थगित गरिएको थियो । यसैगरी माओवादीसँग झडप हुँदा जुगुमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।सरकारले स्थानीय चुनावको सन्दर्भमा मारिएका दुईजनालाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ राहत दिने र मृतकका छोराछोरीको शिक्षादीक्षामा पनि सहयोग...


2017-05-18 | titopati.com
भगवान भण्डारी-पाल्पाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश भरतमणि खनालले मानवअधिकार निगरानी समूहलाई स्थानीय तहको निर्वाचनको स्वच्छ प्रर्यवेक्षण गर्न आग्रह गरेका छन् । मानवअधिकार निगरानी समूह पाल्पाले गरेको अन्र्तक्रियाका क्रममा खनालले पाल्पामा निर्वाचनको तयारी भइरहेको बताए । उनले जेठको दोस्रोत साताबाटब नगरपालिका र गाउँपालिकामा समेत निर्वाचन अधिकृतका कार्यालय खुल्ने र काम अझ अगाडि बढ्ने बताए । “५ गतेबाट मतदाता शिक्षाको काम पनि अगाडि बढ्छ, अहिले गाउँ गाउँमा निर्वाचनको माहोल बढेको छ ।” उनले भने । निर्वाचनका लागि कर्मचारी ब्यवस्थापनको काम पनि अगाडि बढेको उनले बताए ।  आफ्नो तर्फबाट निर्वाचन आचारसंहिता कडाईका साथ अनुगमन हुने र कसैले उजुरी दिएमा तत्काल अनुसन्धान...


2017-05-17 | केदार नाथ खरेल
धादिङ, ३ जेठ । धादिङ जिल्लाका एसपी शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका छन् । धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी आफै कारबाहीमा परेका हुन् । चाइनिज पेस्तोलसहित पक्राउ परेका युललाई छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।वैशाख २९ गते युलको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि एसपी खत्रीले हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए । तर, गृहमन्त्रीको आदेशपछि कामु सिडिओ उमेश ढकालले युललाई...


2017-05-17 | तीतोपाटी डट कम
तीतोपाटी - नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए । एमालेको मेची-महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम भइरहँदा गत फागुन २३ गते उक्त क्षेत्रको आसपासमा भएको प्रहरीसितको झडपमा प्रहरीको गोली लागि पाँचजनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरु...


2017-05-17 | केदार नाथ खरेल
जेष्ठ ३, २०७४- संसद्‍मा तेस्रो हैसियतमा रहेको सत्ता नेतृत्वकर्ता माओवादी केन्द्र स्थानीय तह चुनावमा उही हैसियतमा दोहोरिने प्रारम्भिक संकेत प्रारम्भिक मतगणनामा देखिएका छन् । माओवादी केन्द्रले भने प्रतिकूल परिस्थिति र आन्तरिक/बाह्य चुनौतीबीच हुँदैन भनिएको चुनाव गराउन सक्नुलाई नै आफ्नो राजनीतिक विजयका रूपमा अथ्र्याएको छ ।मंगलबार साँझसम्मको सुरुवाती मतगणनाअनुसार ६ नम्बर प्रदेशका कालिकोट, हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, रुकुम, सल्यानजस्ता जिल्लामा माओवादी उम्मेदवार कतै विजयी, कतै दोस्रो स्थानमा देखिएका छन् । बागलुङ, म्याग्दीजस्ता जिल्लामा माओवादी उम्मेदवारको उपस्थिति अपेक्षाकृत रामै्र रहेको विश्लेषण पार्टीका नेताहरूले गरेका छन् । यता तीन नम्बर प्रदेशका रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङमा माओवादी उम्मेदवारहरूले जित्ने क्रम देखिन्छ ।...


2017-05-17 | केदार नाथ खरेल
जेष्ठ ३, २०७४- व्यवस्थापिका संसदमा चौथो ठूलो राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षितभन्दा कम मत पाएको छ । मंगलबार रातिसम्म उक्त पार्टीले डोल्पाको २ पदमा बाहेक कतै पनि विजय पाउन सकेको छैन । अन्यत्रको मतगणनामा समेत उक्त पार्टी निकै पछाडि छ । यद्यपि दोस्रो चरणमा परेका क्षेत्रमा परिणाम आफ्नो पक्षमा आउने विश्वास नेताहरूले गरेका छन् । ‘पार्टीको प्रभाव बढी मानिने क्षेत्रमा चुनाव दोस्रो चरणमा परेका छन् । हामी हतोत्साही भएका छैनौं,’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले कान्तिपुरसँग भने ।गत मंसिरमा राप्रपा नेपाल र राप्रपा एक भएपछि पार्टीको चुनाव चिह्न गाई कायम भएको थियो । चुनाव चिह्न...


2017-05-17 | केदार नाथ खरेल
संयुक्त मधेशी मोर्चाले संविधान संशोधन विना दोस्रो चरणको स्थानीय चुनावमा पनि सामेल नहुने बताइरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचनपछि मात्रै सो विषयमा प्रवेश गर्नुपर्ने बताएको छ।एमालेका महासचिव इश्वर पोखरेले चुनाव बिथोल्ने गरी संशोधनको मुद्दा अघि सार्न नहुने बताए।तर मोर्चाको एउटा प्रमुख घटक राष्ट्रिय जनता पार्टी नेपालका एक अध्यक्षले दोस्रो चरणको चुनावमा सहभागिताका लागि संविधान संशोधन हुनुपर्ने आफूहरुको अडान कायमै रहेको भन्दै प्रमुख तीन दलले संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग दोहोर्याएका छन्।पहिलो पटक सरकारले संविधान संशोधन विधेयक संसद्‍मा पेश गर्दा संशोधन किन र कसका लागि भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सशक्त विरोध जनाएको थियो।प्राथमिकतातर संयुक्त मधेशी मोर्चाले समेत विमति जनाएपछि पहिलो...


2017-05-17 | titopati.com
जेष्ठ ३, २०७४- मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति ज्यादै सुस्त देखिएको छ । कम मतदाता रहेका केही स्थानको मात्र अन्तिम परिणाम आएको छ । चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला सहर र बजार क्षेत्रको मतगणना सुस्त छ । पहिलो चरणमा निर्वाचन भएको २ सय ८३ गाउँपालिका र नगरपालिकामध्ये मंगलबार साँझसम्म ३० स्थानको मात्रै परिणाम आएको छ । धेरै मतदाता रहेका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगर तथा हेटौंडा उपमहानगरको परिणाम आउन कति दिन लाग्ने हो, निश्चित हुन सकेको छैन । ९२ नगरपलिकामध्ये ३ वटाको मात्रै परिणाम आएको छ । मतगणना ढिलाइप्रति निर्वाचन आयोगले चासो...


2017-05-17 | titopati.com
काठमाडौं—ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्। ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।क्यामेरा चुनाब चिन्ह रहेका साझाका मेयर प्रत्यासी रमेश महर्जनले ३४५९ मतका साथ तेस्रो स्थितिमा छन्। उनलाई माओवादीका दिपेश महर्जनको १३५२ मतले पछ्‌याइरहेका छन्।सेलरोटी चुनाब चिन्ह रहेकी साझाकी शोभा शाक्यले ३४५७ मत पाएकी छिन्। माओवादीकी हसिना शाक्यले १९८५ मत ल्याएर पछ्‌याइरहेकी छिन्।केही महिना अगाडि मात्र रवीन्द्र मिश्र नेतृत्वमा खडा भएको साझा पार्टीका उम्मेदवार ललितपुरमा सुरुदेखि नै चर्चामा थिए। साझा...


2017-05-14 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-दोलखाको मेलुङ्ग गाउँपालिकाको पवटीस्थित सत्यस्वर मावि मतदान केन्द्रमा गोली प्रहार भएको छ । घटनामा एक जनाको ज्यान गएको छ ।मतपेटिका लुट्न पगेको समुहमाथि गोली प्रहार भएको प्रहरीको भनाई छ । प्रहरीको गोली लागेर एकको मृत्यु भएको दोलाखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टले जानकारी दिए ।‘मतपेटिका लुट्न आएको समुह र प्रहरीबीच भीडन्त भएको हो’ सहायक प्रजिअ भट्टले भने, ‘मृतकको सनाखत भैसकेको छैन ।’दोलखामा आईतबार विहानैदेखि झड्पका घट्ना भईरहेका छन् ।पवटी गोलीकाण्ड अघि दोलखाको वैतेश्वर गाउँपालिकाको क्षेत्रपा, तामाकेशी गाउँपालिकाको शहरे र शैलुङ्गको भुसाफेदामा भएको झड्पका क्रममा करिब आधा दर्जन घाईते भएका थिए ।कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झड्पका कारण घाईते...


2017-05-14 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-गाउमा लगाएको बाली नालीमा बन हात्तीले दु:ख दिए पछी बन हात्तीको लागि राखिएको बिदुतिय धरापमा परी झापाको पथरिया-१ दल्कीमा नुमा राइको करेन्ट लागेर मृत्‍यु भएको छ। आफ्नो गाउमा यस भन्दा पहिले पनि यस्तै गरी असुरक्षित रुपमा राखिएको बिदुतिय धरापमा परी अर्को ब्यक्तीको मृत्‍यु भएको र सम्बन्धित निकायले ध्यान नदिएको भन्दै पथरिया-१ दल्की घर भई कुवेतमा कार्यरत राज स्याङ्बोले तीतोपाटी डटकम मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै दोषीलाई कारबाहीका लागि अनुरोध गरेका छन। घट्नाको बारेमा राज स्यान्बोले दिएको जानकारी अनुसार दिदी-भिनाजुको घरमा पाहुना आएकी झापा-दमककी नुमा राइको हिजो मेई १३ राती उक्त बन-हात्तीका लागि राखिएको बिदुतिय धरापमा परी करेन्ट लागेर मृत्‍यु भएको...
2017-05-14 | titopati.com
काठमाडौं— निर्वाचन आयोगले मतगणना कार्य आजै साँझदेखि सुरु हुने जनाएको छ। मतदानका लागि निर्धारित समय ५ बजेसम्म तोकिएको छ। मतदान केन्द्रबाट स्थानीय तह केन्द्रमा मतपेटिका संकलन गरे लगत्तै सम्बन्धित दलहरुको सहमतिमा मतगणना सुरु गरिने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।‘निर्वाचन नियमावलीले सम्बन्धित निर्वाचन अधिकृतलाई सम्पूर्ण अधिकार दिएको छ। मतदान सकिए लगत्तै मुचुल्का हुन्छ। सबै मतपेटिका संकलन गरेर दलहरुको सहमतिमा उनीहरुले आजैदेखि गणना सुरु गर्न सक्छन्’, उनले भने।स्थानीय तह निर्वाचनको पहिलो चरणमा ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको छ। आजको निर्वाचनमा ८० प्रतिशतसम्म मतदान हुने आयोगको अपेक्षा छ।आयोगले जारी गरेको मतगणना निर्देशिकाअनुसार एक—एक वडाको मतगणना गर्नुपर्नेछ। एउटा वडाको वडाअध्यक्ष, सदस्य, महिला सदस्य, दलित...


2017-05-13 | titopati.com
भगवान भण्डारी-अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पाल्पा जिल्लामा सञ्चालन गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय बहस संवादबैठक बैशाख २९ गते तानसेनमा सम्पन्न भएको छ । बैठकमा इन्सेकले कार्यक्रम संचालन गरेको साविकका चापपानी र खानीगाउँ गाविसमा मानवअधिकार निगरानी समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य र खाद्यअधिकार सम्बन्धी समस्या र जिल्ला स्तरीय समस्याबारे छलफल र समाधानका उपाय बिषयमा छलफल गरिएको थियो । बैठकमा सहभागीहरुले सेवाप्रदायक निकायहरु शिक्षा कार्यालय, पशु सेवा कार्यालय, कृषि बिकास कार्यालय र स्वास्थ्य कार्यालयको सेवाप्रवाह र गुनासा राखेका थिए । जिल्ला अस्पताल पाल्पाका डा. पुष्पराज ज्ञवाली, जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी महेन्द्र सुवेदी, जिल्ला...


2017-05-13 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-डाेटि शिखर नगरपालिका वडा नं. ८ गाेपघाट र बान्डुग्रि सैन नजिकै गोल्मा गाडमा चाउचाउ बाेकि दिपायल तिर गैराखेकाे भे १ ख ११५१ नम्बरको ट्रकमा आगजनी भएको छ । आज बिहान करिव  ५ बजे तिर  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वाराबाट  ट्रकमा अागजनि भयकाे र  ५/६ जनाकाे समुहले अागजनि गरेकाे चालकले बताए । स्थानीय निर्वाचन बिरुद्ध नेकपा माअाेवादि बिप्लप समुहले अाज र भाेलि बन्दकाे धाेषणा गरेकाे छ। यसै बिच आगजानी र तोडफोड बिच धेरै सबारी साधन र यात्रुहरु बिच बाटोमै अलत्र परेका छन। ...


2017-05-12 | titopati.com
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी बुद्धपूर्णिमाका अवसरमा हुने कार्यक्रममा सहभागी हुन शुक्रबार श्रीलंका भ्रमणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।राष्ट्रपति भण्डारी थाइल्यान्ड हुँदै शनिबार श्रीलंका पुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैंककस्थित ग्रान्ड प्यालेसमा राष्ट्रपति भण्डारीले दिवंगत थाई नरेश भूमिबोल अदुल्यादेजप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ ।राष्ट्रपति भण्डारी बुद्धपूर्णिमाका अवसरमा श्रीलंकाको क्यान्डीमा आइतबार हुने संयुक्त राष्ट्रसंघीय भेसाक सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निमन्त्रणामा श्रीलंका जान लाग्नुभएकी भण्डारी र राष्ट्रपति सिरिसेनाबीच भेटवार्ता हुने मन्त्रालयले जनाएको छ । भण्डारीले श्रीलंकाली राष्ट्रपतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुहुनेछ । Yamahaक्यान्डीस्थित बुद्ध मन्दिरमा उहाँले पूजाअर्चना गर्नुहुनेछ । सन् १९८० पछि नेपालका राष्ट्राध्यक्षको औपचारिक...


2017-05-12 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो । बुधबार १० मेई,साँझ करिब ४ः३० बजेदेखि सुरु भएको भारी वर्षापछिको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको स्थानीयवासीले बताए । बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुर्याएको छ । गत वर्ष मनसुन सुरु हुनुअगावै जेठ...