7 Mangshir, 2074 | 23 November, 2017 Thursday


2017-04-05 | titopati.com
गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ । मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीय समितिले अवैध रूपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलोमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो ।अध्यागमन विभागले भिजिट भिसामा खाडी मुलुक जान महिलालाई थप कडाइ गरेको छ ।विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले एक...


2017-03-23 | तीतोपाटी
तीतोपाटी ,खाडीमा कार्यरत नेपालीको अध्ययन गर्न हीजो कुवेत आएको व्यवस्थापिका संसदको ९ सदस्यीय संसदीय टोलीले बेलुकी दूतावासको सभाहलमा कुवेतमा कार्यरत नेपालीहरु सग अन्तरकृया गरेको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वको टोलिसग गरिएको छलफलमा सहभागी कामदार तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले घरेलु महीला कामदार आउने क्रम जारी रहेको, वैदेशिक रोजगारीमा ठगिनेक्रम झन बढेको, नेपालीले पाउने सेवा सुवीधा  न्यूनस्तरको रहेको लगायत अनेकौ समस्याहरु कामदारले खेप्नु परेको हुदा त्यसलाई देखिने गरी सुधार गर्न सुझाब दिएका छन् । भने एनआरएन एनसिसि कुवेत र जिफन्ट सपोट ग्रुप कुवेतले टोलिलाइ ज्ञापनपत्र समेत बुझाएका छन। राजदुत यज्ञ बहादुर हमालले श्रमिकका समस्याको अवस्था र निराकरण...


2017-03-22 | तीतोपाटी डटकम
हरी कृष्ण न्यौपाने-कुवेत सिटिको नजिकै जाब्रिया भन्ने स्थानमा कुवेत प्रहरीको हावाली सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना संयुक्त रुपमा सन्चालन गर्ने आठ नेपाली नागरिकहरुलाई पक्राउ गरेको छ।कुवेतको अनलाइनपोर्ट आइमानमातमा जनाइए अनुसार हिजो मार्च २१ तारिक कुवेतको हावाली प्रहरीले उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ४१५ वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने कन्टेनर)हरु, २,९२६(दुई हजार नौ सय छब्बिस) बोतल घरेलु मदिरा अनी घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने ४ थान उपकरणहरु सहित उनिहरुलाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको हो। पक्राउ गरिएका नेपालीहरुको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।नेपाली दुताबास कुवेतको...


2017-03-14 | तीतोपाटी
राज मल्ल , कुवेतमा एक नेपालीको मृत्यू भएको छ  । सङ्खुवासबा निवासी सचिन राईको मागफ स्थित आफु बस्दै आएको क्यामको चौथों तलाबाट खसेर मृत्यू भएको छ । घटनाको प्रारम्भिक विवरण अनुसार आत्महत्या जस्तो देखिए पनी हत्या की आत्महत्या  प्रहरी अनुसन्धान  पछी मात्र पुष्टि हुने प्रतक्ष्यदर्सिले बताएका छन । होलीको अवसरमा हीजो मार्च १३ का दीन  दिउसोदेखि नै मादक पदार्थ सेवन गरि बसेका सचिन राति क़रीब ११ :१५ मा झ्यालवाट खसेको र घटनास्थल मै मृत्यु भएको जनाइएको छ । उनको शब अहीले अदान अस्पतालमा राखिएको छ भने उनि सगै बस्दै आएको चार जना साथिहरुलाइ प्रहरी  सोधपुछको लागी लगेको छ । सचिन गैरकानुनि रुपमा...


2016-10-23 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-कुवेतको फिन्तास गार्डेन(बगैंचा)को हरियाली रमणिय स्थलमा नेपाली देशभक्ती गीत"हामी जहाँ भए नि,हामीलाई प्यारो नेपाल"को सुटिङ सकिएको छ।फिन्तास गार्डेन(बगैंचा)मा नेपाली झन्डाहरु फहराउदै नेपाली राष्ट्रिय पोशाकका साथ कलाकारहरुले अभिनय गरेका राष्ट्र प्रेमले भरिएको गीतलाई प्रेम जिमिले भिडियोमा कैद गरेका हुन। प्रसाद तिम्सीनाको शब्द,टंक बुढाथोकीको संगित तथा टंक बुढाथोकी र तृप्ति खडकाले स्वरबद्द गरेको उक्त देश भक्ती गीत अत्यान्तै मार्मिक र समय सान्दर्भिक रहेको छ।यस अघी पनि धेरै म्युजिक भिडियोहरुलाई आफ्नो क्यामरामा कैंद गरिसकेका प्रेम जिमीले नेपाली देशभक्ती गीत"हामी जहाँ भए नि,हामीलाई प्यारो नेपाल"को  भिडियो निर्देशन र छायंकन गरेका हुन। प्रसाद तिम्सीना,रुपेन्द्र हमाल,तारा पौड्याल, राधा भट्टराइ,गिता गुरुङ, आनन्द आचार्य,अनमोल आचार्य(सानोबाबु),हरि कृष्ण न्यौपाने...


2016-10-19 | तीतोपाटी डट कम
साउदी अरबलाई महिला अधिकारको दृष्टिले निकै पिछडिएको देश मानिन्छ । महिलाहरुले चुनावमा भाग लिन पाउन थालेको पनि धेरै समय भएको छैन त्यहाँ ।कट्टर  मुस्लिम धर्माबलम्बीहरुको देश भएकाले साउदी अरेबियामा महिलाहरुले बुर्का लगाउनुपर्छ । तर सानालाई ऐन, ठूलालाई चैन भन्ने कुरा जहाँ पनि लागू हुँदो रहेछ । देशका सर्वसाधारण महिलाहरु धर्मको बन्धनमा कडा रुपमा बाँधिएपनि साउदीकी राजकुमारीको जिवन भने विन्दास रहेछ ।अहिले साउदीकी राजकुमारीका तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । ३३ वर्षकी राजकुमारी अमिराह अल तावील साउदी अरबकी पहिलो महिला हुन् सायद जसले बुर्कासहितका पुरै जिउ छोप्ने कपडाको साटो युरोपेली कपडा लगाउन सुरु गरेकी छिन् । उनले बुर्का पहिरिएर बाहिर...


2016-10-18 | तीतोपाटी डट कम
पराई भूमिमा नेपाली दाजुभाइ मिल्नुपर्नेमा उल्टै रिस गर्छन् । अनि कसरी बन्छ हाम्रो भविष्य ? अहिले म जेल भन्दा कठिन मरुभूमिमा बसेर केही लेख्ने प्रयास गरिरहेको छु । नेपाली दाजुभाइ नै मानवरुपी खोल ओढेर राक्षस जस्तो व्यवहार गर्छन । यहाँ मानिसको भिड ठूलो छ । तर म सधैं एक्लै भएको अनुभूती गर्छु । परदेश निष्ठुरी हुँदो रहेछ । कति गर्दा पनि कसैलाई खुशी बनाउन नसकिने । कारण यहाँका मानिस मानिस हुन कि जनवार, मलाई छुट्याउनै गाह्रो भएको छ । दुई वर्षको सम्झौता गरेर आएको छु, । तर मलाई त्यो समय २० वर्ष लाग्न थालिसक्यो । चर्को घाम, चर्को वचन ।...


2016-10-12 | तीतोपाटी डट कम
कतार एयरवेजको शौचालयमा अन्दाजी ५ देखि ७ महिनाको गर्भपतन गराएको भेटिएपछि यसले सनसनि मच्चिएको छ । कतारको दोहाबाट ईण्डोनेसियाका लागि उडेको सो जहाजको शौचालयमा यो घटना भएको दोहा न्यूजले समाचार लेखेको छ । सो जहाज ईण्डोनेसियाको जकार्तामा अवतरण गरेपछि सफाई कर्मचारीले शौचालय सफा गर्ने क्रममा ५ देखि ७ महिनाबीचको गर्भपतन गरिएको भेटिएको थियो । सो शवलाई कागजले बेरेको अवस्थामा फेला पारिएको जनाइएको छ । घटनापश्चात कतारमा रोजगारी गरेर फर्केकी एक महिलालाई स्वास्थ्य जाँचका लागि अनुसन्धानमा राखिएको छ । तर ति महिला नै यो घटनामा संलग्न भए नभएको यकिन नभएको समाचारमा जनाइएको छ । -देशपरदेश...


2016-09-27 | तीतोपाटी डटकम
दोहा-कतारमा ५ घण्टा भन्दा बढी समय ट्रान्जिट पर्नेगरी यात्रा गर्ने यात्रुले अव कतारको चारदिने निःशुल्क भिसा पाउने भएका छन् । त्यस्ता यात्रुले हमाद अन्तराष्ट्रिय विमानस्थलमा नै त्यस्तो भिषा पाउने सरकारी निकायलाई उधृत गर्दै दोहा न्यूजले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार त्यस्तो भिसा पाउन आफ्नो ५ घण्टा भन्दा बढी समयको ट्रान्जिटको प्रमाण उपलव्ध गराउनु पर्नेछ । यस्तो सुविधा जुनसुकै देशका नागरिकले पाउनेछन् । विश्व पर्यटन दिवसको अवशर पारेर कतारको आन्तरिक मन्त्रालय, कतार पर्यटन प्राधिकरण तथा कतार एयरवेजले यस्तो सुविधाको घोषणा गरेका हुन् । परिवर्तित व्यवस्था अनुसार  ट्रान्जिटका यात्रुहरुले कतार प्रवेशका लागि लम्वेतान प्रकृया अपनाउनु पर्नेछैैन । यसअघि ८ घण्टा...


2016-06-07 | तितोपाटी
तितोपाटी डटकम- इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदान कुवेतमा जुन ६ तारिक सोमबारबाट शुरु भएको छ। एक महिनासम्म चल्ने यस रमदान भर  इस्लाम धर्मावलम्बीहरुले बिहान फजरको आज़ान पछि अर्थात हालको तत्कालिन समय अनुसार (करिब-३:१४ बजे देखी बेलुकीको ६:४६ बजेसम्म) रोजा(ब्रत) राख्दछन र मगरिबको आज़ान दिनासाथ इफ्तार गर्दछन्। कुवेत इस्लामिक मुलुक भएकाले सो ब्रत अवधिभर ब्रत राख्ने मुस्लिम वा गैर-मुस्लिमहरु जो कसैले पनि सार्वजनिक ठाउँमा खान-पिन, धुम्रपान, मध्यपान गर्न मनाही गरिएको छ।कुवेतको कानुन अनुसार रोजा अवधिभर सार्वजनिक ठाउँ पार्क वा कुनै खुल्ला बाहिरी ठाउँमा खान, पिन, धुम्रपान, मध्यपान, खैनी, गुठ्का खाएमा तथा रोजा भंग हुने कुनै पनि मनोरन्जनात्मक कार्यक्रम गरेको पाइएमा ५०...

2016-06-01 | तीतोपाटी
रवि रोषी,दोहा-घरदेश छोडेर परदेशमा पैसा कमाउन भासिएका कथाहरु लेख्दालेख्दा आजित म आज पुन १ सय ८५ जना नेपाली दाजुभाईको बिरह बेदनाको समाचार लेख्न बाध्य भएको छु । मैले यो समाचार लेख्नु उनीहरुलाई समाचारको पात्र बनाउन मात्र किमार्थ हुँदै होइन । यति बेला पौने दुई सय नेपाली दाजुभाईहरुले कतारमा हप्तौं देखि खान नपाएर बिचल्ली भएको समाचार लेख्नुको कारण भनेको सम्बन्धित निकायको यस अवस्थाप्रति गम्भीर ध्यानाकर्षण होस् र ५ लाख नेपाली दाजुभाईहरु बस्दै आएको कतारका नेपाली दाजुभाईहरुले विचल्लीमा परेका ति दाजुभाईहरुलाई न्याय नपाउन्जेल दुई छाक खाने प्रबन्ध गरिदिनुहुन्छ भन्ने आशा लिएर यसो गर्न पुगेको हुँ ।खान नपाएर अलपत्र परेका ति नेपाली दाजुभाईको...


2016-05-27 | तितोपाटी
हरी कृष्ण न्यौपाने(कुवेत)-तमु समाज कुवेतद्वारा ब्लड बैंक(कुवेत) जाब्रियामा चौथो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा ११४ जना रक्तदाताले रक्तदान गरेका छन। मेइ-२७-शुक्रबार दिनको १ बजेबाट शुरु गरिएको रक्तदानमा स्वस्फुर्त रुपमा ९८ जना पुरुष र १६ महिला गरी ११४ जनाले रक्तदान गरेका हुन। यसै बिच १३ जना रक्तदानका लागि इच्छुक ब्यक्तिहरुलाई स्वास्थ्य समस्याको कारण अस्विकार गरिएको र तीन दिन पछी बोलाइएको छ। “रक्तदान नै जीवन दान हो” भन्ने पवित्र मन्त्रलाई उजागर गर्दै सामुहिक रुपमा आव्हान गरिएको रक्तदान कार्यक्रमलाई ब्लड बैक जाब्रियाको हलमा तमु समाज कुवेतका अध्यक्ष खोप बहादुर गुरुङको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी शुरु गरिएको थियो।  ब्लड बैक जाब्रियाको प्रतिनिधि Dr.Marwa Hameed, एन.आर.एन.ए. अध्यक्ष अर्जुन तामाङ, एन.आर.एन.ए. मध्यपुर्व उपसंयोजक धर्म...


2016-05-27 | तितोपाटी
हरी कृष्ण न्यौपाने- नवौ गणत्रन्त दिवसको उपलक्ष्यमा नेपाली दूतावास कुवेतमा शुभ-कामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो।नेपाली दूतावासको जाब्रिया स्थित सभा हलमा मेई-२७ शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा महामहिम राजदुत यज्ञ बहादुर हमाल, नेपाली दूतावास कुवेत परिवार र कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरु अनि पत्रकारहरुको उपस्थिती थियो।   कुवेतका लागि नेपाली महामहिम राजदुत यज्ञ बहादुर हमालले अध्यक्षयता गर्नु भएको उक्त कार्यक्रममा नवौ गणतन्त्र दिवसको शुभ-कामना आदान-प्रदान तथा कुवेतको नेपाली समाजको वर्तमान अवस्थाका बारेमा पनि सबैले आ-आफ्नो भनाइ राखेका थिए। नेपाली दूतावासका काउन्सलर लेख नाथ भट्टराइले सन्चालन गरेको उक्त कार्यक्रमको शुरुवातमा नेपाली दूतावास कुवेतका दितिय सचिव अम्बिका जोशीले गणतन्त्रको शुभ-कामनाको साथ कुवेतको नेपाली समाजमा केही समय देखि भए गरेका घटना-परिघटनाको चर्चा गरे। उनले यस अघि कुवेतको...


2016-04-11 | न्यूजडेस्क
कुवेत, १० जनवरी, आईतवार अर्थात आजै गैर कानूनी रुपमा रहेका आप्रवासिहरुको लागि स्वदेश जान पाउने खुशीको खबर घोषणा भएको छ । आप्रवासीहरुले घर जाने वा वैधता कायम गरेर रहने दुवै अवसर पाउने भएका छन । यसरी घर जानेहरुको लागि ब्लाक लिस्टेड गरिने छैन । उनीहरु पुन कुवेत फर्कन पाउने छन । आजैबाट लागु हुने गरी गरिएको घोषणामा ठुला ठुला मुद्धाहरु र अपराधमा संलंघ्न बाहेक का हकमा  सवै प्रकारका मानिसहरुले जरिमाना तिरेर कानूनी मान्याता दिलाउन सक्ने छन । प्राप्त सूचनामा कुवेती नागरिकहरुको सुरक्षाका हिसावले यहाँ स्थित ६ वटै प्रान्तिय सरकारी शाखाहरुमा प्रहरीद्धारा छापाँ मार्ने क्रमलाई भने निरतरता दिईने छ ।कति महिनाका...
2016-04-11 | न्यूजडेस्क
तोयानाथ उपेक्षित, खाडी मुलुकमा जाने कामदारहरुको दुई बर्र्र्षे विमा र श्रम स्वीकृतिले उनीहरुलाई राहात दिन नसक्ने भन्दै गैरआवासिय सघ कुवेतले दुतावासबाटै श्रम र विमा नविकरणको व्यवस्था मिलाउन नेपाली राजदुतावास कुवेत मार्फत नेपाल सरकारसँग माग गरेको छ । नेपालमा छुट्टी मनाउन जानेहरु केही दिन पहिले नै परिवारसँग विदा लिएर श्रम स्वीकृति र विमाका लागि काठमाण्डौ आउन पर्ने अहिले को वाध्यात्मक अवस्थाबाट उनीहरुले मायालुजनबाट केही दिनको साथ मात्र गुमाएका छैनन उनीहरुले काठमाण्डौमा श्रम र विमाका लागि पनि त्यतिकै दुःख र झण्झट व्यहोर्नु परेको अवस्था छ । विमा र श्रमका लागि भर्न पर्ने फर्म र लिन पर्ने स्वीकृतिको कार्यविधी नजान्दा उनीहरु त्यहाँ काम...
2016-04-11 | न्यूजडेस्क
कोसेली न्युज-कुवेत सरकारले वातावरण संरक्षण कानून उल्लघन गर्नेलाई कडा कारबाहीका साथ ठुलो रकम जरिवाना गर्ने भएको छ।कुवेतको संसदबाट पास भइ सरकारको मुखपत्र कुवेत अल-यैाममा प्रकाशित सूचना अनुसार,कुवेत सरकारले बाताबरण सन्तुलन राख्न र बातावरणणिय प्रदुशण नियन्त्रणका लागि नयाँ बातावरणिय प्रहरी बिभाग नै गठन गर्ने तयारी गरिरहेको छ। यस बातावरणिय प्रहरी बिभागले नियम उल्लंघन गर्ने माथि कडा निगरानी राख्नेछ । हालै गरिएको बाताबरणिय नयाँ कानुन अनुसार, कुवेतको सार्वजनिक स्थल वा त्यसको वरिपरी चुरोट पिउनेलार्इ १०० केडी,बंगैचा तथा पार्क वा सार्वजनिक स्थलमा रहेका फुल टिप्नेलार्इ २५० केडी र तोकिएको ठाउँ बाहेकमा फोहोर फाल्नेलाई ५०० केडी जरिवाना गर्ने भएको छ । यती मात्र होइन सामुन्द्रिक...
2016-04-11 | न्यूजडेस्क
सुजन अभागी/तोयानाथ उपेक्षित, साउदी अरबमा खुलेको एम्नेष्टिलाई सदुपयोग गर्दै घर जाने अभिलाषा बोकेका हजारौ ईलिगल नेपाली मध्ये करिव २ सय जनाले झण्डै एक महिना देखि खजुरको बोटमुनी आश्रय स्थल बनाई रात बिताउँदै आएका छन् ।  सउदी सरकारले आममाफीको घोषणा गरे लगत्तै नेपाल फर्कन आतुर ती नेपालीहरु झन्झटिलो प्रकृयाका कारण उनीहरुको काम छिटो छरितो हुन नसके पछि खजुरको बोटमुनिको बास लामो हुदै गएको हो ।मई १० तारिकबाट जुलाईको ३ तारिक सम्म आप्रवासीहरुको घर फिर्तीको लागि दिएको समय छोटिदै जाँदा खजुरको बोटमुनी रात कटाउनेहरु अतालिन थालेका छन । नेपाल फर्कन चाहने ती ईलिगल स्टाटस भएका नेपालीहरुले लुकीछिपी काम गरेको स्पोन्सर र ठाउँ...


2016-03-26 | Ganesh
             होम कार्की  मकवानपुरकी गीता गिरीले एकहोरो फोन गरिरहन्थिन् । आधारआधा घन्टा फरकमा उनको फोन आउँदा मनै  झसङ्ग–झसङ्ग हुन्थ्यो । सायद उनलाई लागेकी थियो कि कुबेतबाट उद्धार गर्ने यसैले हो । ‘लौ न दाइ अहिले झन ढोका थुनेर पिट्यो,’ उनी फोनमा रुन्थिन्, ‘टाउकाको रौं–रौं दुखेको छ ।’                साथमा थिए, धर्मराज गिरी । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष गिरी भन्थे, ‘जे पर्ला पर्ला जाऔं, घरबाटै लिएर आऊँ ।’ उनको निडरता देख्दा आफैंलाई पनि पछि लागौं जस्तो लाग्थ्यो । ‘दाइ लिन आउनुहुने भयो त ?’ गीताले फेरि सोधिन्, ‘अब त बाँचिएलाजस्तो लाग्या छैन ।’               उनलाई दिने ठोस...


2016-03-26 | Ganesh
कुवेत, १० जनवरी, आईतवार अर्थात आजै गैर कानूनी रुपमा रहेका आप्रवासिहरुको लागि स्वदेश जान पाउने खुशीको खबर घोषणा भएको छ । आप्रवासीहरुले घर जाने वा वैधता कायम गरेर रहने दुवै अवसर पाउने भएका छन । यसरी घर जानेहरुको लागि ब्लाक लिस्टेड गरिने छैन । उनीहरु पुन कुवेत फर्कन पाउने छन । आजैबाट लागु हुने गरी गरिएको घोषणामा ठुला ठुला मुद्धाहरु र अपराधमा संलंघ्न बाहेक का हकमा  सवै प्रकारका मानिसहरुले जरिमाना तिरेर कानूनी मान्याता दिलाउन सक्ने छन । प्राप्त सूचनामा कुवेती नागरिकहरुको सुरक्षाका हिसावले यहाँ स्थित ६ वटै प्रान्तिय सरकारी शाखाहरुमा प्रहरीद्धारा छापाँ मार्ने क्रमलाई भने निरतरता दिईने छ ।कति महिनाका...