9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-21 | तीतोपाटी डट कम
नविन अर्याल - दाङ घोराहीकी अञ्जु डाँगी जागिर गर्दै स्नातक पढिरहेकी थिइन् । एक्कासी लमहीका तीन युवाले अस्ट्रेलिया जाने सपना देखाइदिए । चिनजानका प्रवीन भुसाल र बिक्रम कौशडियाले आफूहरू अस्ट्रेलियामा आइसकेको बताउँदै सामाजिक सञ्जालमा म्यासेज पठाउँथे । अस्ट्रेलिया आउने भएमा राम्रो मान्छे (डाक्टर, रातो पासवर्ड भएको, ३९ मुलुक हेर्ने, इन्डियामा बसेर काम गर्ने) चिनेको बताएपछि अञ्जु र उनको ठूलो ममीको छोरीको मनमा अस्ट्रेलिया जाने भूत चढ्यो ।दलालसँग चिनजान गराउने काम लमहीकै अमित कौशडियाले गरे । उनले दिल्ली हुँदै अस्ट्रेलिया पुगेर फर्किसकेको बताएका थिए । तर, वास्तवमा तीनै जना अस्ट्रेलिया गइसकेका थिएनन् । प्रवीन र बिक्रमले दिल्लीमा बसेर अस्ट्रेलियामा रहेको अभिनय...


2017-05-21 | केदार नाथ खरेल
 ५० लाख भन्दा धेरै नेपालीहरु विदेशमा रहेको कोरा तथ्यांक छ, अनि तिनीहरुको मतलाई छुटाएर गरिएको यो मतदान कत्तिको सान्दर्भिक छ ? प्रविधीको यूगमा बाल्कोटका कुरा बाल्टीमोरकाले बसन्तपूर भन्दा छिटो थाहापाउछन् भनेँ एउटा क्लीकमा बैदेशिक रोजगारमा गएको नेपालीले भोट हाल्न नपाउने ? के यो असंभव छ, निर्वाचन आयोग ?२० वर्षपछि नेपाली गाउँहरुमा मतपत्र अनि मतपेटिका पुगेका छन् अनि बाँकी ठाँउहरुमा यही जेष्ठ ३१ मा दोश्रो चरणमा पुग्दैछन् । मतदान सहज कुरा त हैन तर निर्वाचन आयोग जस्तो मतदानकैलागि गठित आयोगको भने मतदानका विषयमा स्पष्ट अनि उत्तम विकल्प अाउन जरुरी छ । एउटा स्वतन्त्र मतदाता, विष्लेषक अनि जागरुक नागरीकका हिसाबले निर्वाचन आयोगलाई...


2017-05-20 | तीतोपाटी डट कम
तीतोपाटी - करिब २० वर्षपछि आइतबार ३४ जिल्लाको २ सय ८१ स्थानीय तहमा स्थानीय चुनाव भयो । यतीबेला मतगणना गर्ने कार्य जारी छ । वडादेखि गाउँपालिका, नगरको नतिजा धमधम आउन थालेको छ । चुनावदेखि नतिजा आउँदासम्म केही रोचक पक्ष देखिएका छन् । छ उम्मेदवार, छैन् चुनाव चिन्हआइतबार अन्य मतदान केन्द्र जस्तै भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ मा पनि मतदान भइरहेको थियो । एकपछि अर्काे मतदाताले मतदान गरिरहेको बेला २३ औं नम्बरका मतदाता मतदानको लागि मतपत्र लिएर गोप्य मतदानमा पुग्दा थाहा भयो आफुले खोजेको चुनाव चिन्है छैन् । नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह् ‘मादल’ नभएपछि विवाद चर्कियो । पार्टीले निर्वाचन...


2017-05-19 | तीतोपाटी डट कम
तीतोपाटी - नेपाल विद्युत प्राधिकरणले किन्न लागेको एलइडी   बल्व खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।गत वुधवार अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईँले सार्वजनिक खरिद ऐनलाई मिचेर लिड बल्व खरिद गर्न लागिएको भन्दै तत्काल प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।शुक्रवार न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल ईजलासले खरिद प्रक्रिया रोक्नेगरी अन्तरिम आदेश दिन अस्विकार गरेको हो । सर्वोच्चले आगामी शुक्रवार छलफलका लागी विपक्षीलाई झिकाउने निर्णय गरेको छ । त्यस्तै सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश समेत गरेको छ ।मन्त्रिपरिषद्को निर्णय अनुसार विद्युत्त प्राधिकरणले भारत सरकारको स्वामित्वमा रहेको ईनर्जि...


2017-05-18 | titopati.com
'जनताको प्यारो त भइयो, तर श्रीमतीले कराउँछिन्'ललितपुर महानगरपालिका वडा नं १० को चुनावी नतिजा आएपछि एकजना वयोवृद्ध व्यक्तिले सयपत्री फूलको माला लगाए । साथमा जीवन संगिनी पनि थिइन् । अरुको सहारामा हिँड्नुपर्ने उमेरका यी हजुरबाले कुनै पार्टीको सहारा नलिइकन स्वतन्त्र उम्मेदवारका रुपमा ललितपुर महानगरको वडाध्यक्ष पड्काएका हुन् ।अर्को अचम्म त अलि पछि पो थाहा भयो ! यी हजुरबाले वडाध्यक्ष जितेको पहिलोचोटि होइनरहेछ । उनको वडामा हजुरबाले ०२९ सालदेखि कसैलाई पनि वडाअध्यक्ष बन्न दिएकै रहेनछन् ।ललितपुर वडा नं. १० निवासी ७७ वर्षीय नरसिंह ब्यञ्जनकार बुढेसकालमा वडाअध्यक्ष पदमा विजयी बनेका छन् । उनी पञ्चायतकाल, बहुदलकाल र अहिले गणतन्त्र कालमा पनि निरन्तर वडाअध्यक्ष...


2017-05-17 | titopati.com
माई नगरपालिका–८, कलकत्तेकी ४ वर्षीया बालिका स्वस्तिका राई बिहान, दिउँसो, बेलुका जुनसुकै समय आफ्नी आमा खोज्छिन् । आँगन, सिकुवा र बार्दलीमा बसेर टोलाउँछिन्, आमाको तस्बिर सम्सुम्याउँछिन् । अनि, बेला–बेला आमालाई बोलाउँदै डाँको छोड्छिन् ।अाफ्ना दुर्इ दाजुहरूकाे तस्बिर देखाउँदै बालिका स्वस्तिका । तस्बिर : भीम चापागाईं‘फोबा, आमा कहिले घर आउनुहुन्छ ?’ बालिकाले फोबा (हजुरबुबा)लाई गर्ने बारम्बारको प्रश्न हो यो । तर, ८४ वर्षे बर्दमान राईसँग नातिनीको जिज्ञासाको जवाफ छैन । बालिकाले प्रश्न सोध्नेबित्तिकै बर्दमानसमेत उनकै अनुहार हेरेर भक्कानिन्छन् । एकोहोरिन्छन् । छात्ती चिरिन्छ, घाँटीमा गाँठो परेर आउँछ उनको । ‘जब नातिनीले आमा खोज्छिन्, आँखामा आँसु अडिदैन,’ बुहारीको कुरा झिक्नेबित्तिकै बर्दमानले...


2017-05-16 | titopati.com
आयोग भन्छ– ‘मतपत्रको जटिलता र धेरै उम्मेदवारका कारण ढिलाइ’काठमाडौं महानगरपालिकाको मतगणना सोमबार दिउँसो २ बजे सुरु गरियो । साँझ ९ बजेसम्म (७ घण्टामा) जम्मा २ सय मत गनियो । एउटा मत गन्न सरदर २.१ मिनेट लाग्यो । यही गतिमा काम अघि बढ्ने हो भने १ लाख ९० हजार मत गनिसक्न ठ्याक्कै ६ हजार ६ सय ५० घण्टा लाग्नेछ । अर्थात् २४ सै घण्टा निरन्तर गन्दा २ सय ७७ दिन खर्चिनुपर्नेछ । त्यो भनेको ९ महिना ७ दिन हो । संसारभरिका नेपाली जति छिटो–छिटो मतगणना होस् भनेर आतुर देखिएका छन्, गणना भने ठीक उल्टो अति सुस्त भइरहेको छ । यसलाई निर्वाचन...


2017-05-14 | तीतोपाटी डट कम
तीतोपाटी - काठमाडौंसहित ३४ जिल्लामा भइरहेको स्थानीय तह निर्वाचनमा ५७ प्रतिशतसम्म मत खसेको छ ।विहान ७ बजेबाट सुरु भएको मतदान अहिलेपनि जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ५७ प्रतिशतसम्म मत खसिसकेको छ । मध्यान्ह साढे १२ बजेसम्म सबैभन्दा कम ३० प्रतिशत र सबैभन्दा बढि ५७ प्रतिशत मत खसेको छ ।सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा अहिलेसम्म मतदानको कार्य सुरु हुन सकेको छैन । त्यहाँ मतदान सुरु गराउन सहमतिको प्रयास भइरहेको आयोगले जनाएको छ ।...


2017-05-13 | तीतोपाटी डटकम
हरि कृष्ण न्यौपाने-लामो समय देखी कुवेतमा मानसिक सन्तुलन गुमाई कुवेतको अल-सभा अस्पतालमा बेवारीसे भई गत मार्च-२३ तारिक नेपाल फर्किएकी अनीशा बिकको गत मेइ-११ बिहीवार राती १ बजे पाटन अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएको छ। केहि दिन देखि जण्डिस लगाएत स्वास्थ्यमा गडबडी आए पछी उपचारको लागि पाटन अस्पातल पुर्याइेएकोमा उपचरकै क्रममा अनिशाको मृत्‍यु भएको मृतककी बहिनी शर्मिला बिकले तीतोपाटी डटकमलाई बताइन। सिन्धुपाल्चोक मार्मिङ-५ घर भएकी अनीशा बिकलाई दुताबासको पटक-पटकको प्रयास पछी कुवेत रेडक्रसको सहयोगमा एक एक भारतीय नर्सको साथमा नेपाल पठाइएको थियो। २०१० मार्चमा भारतीय बाटो हुँदै घरेलु कामदारका रुपमा कुवेत आएकी २६ बर्षिय अनिशाले अबैधानिक रुपमा रहदानै बिष सेवन गरि...


2017-05-11 | तीतोपाटी
तितोपाति कुवेत, कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ । सजनको परिवारले दुईजना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेको बेला पक्राउ परेको जानकारी पाएको बताए । कुवेतमा ६१ जना जेलमा रहेकामध्ये ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन आरोपमा अदालतमा मुद्दा चलिरहेको नेपाली दूतावासले जनाएको छ । कुवेतको अदालतले  फिलिपिनि सहकर्मि महिलाको हत्या गरेको अभियोगमा  मृत्युदण्ड सुनाएकि डोल्मा शेर्पालाई गैर आवाशिय नेपली संघले बल्ड मनि तिरेर मृत्यदण्ड बचाएको थियो । कुवेतको जेलमा दर्जन भन्दा धेरै नेपाली महिलाहरुले बन्दि जिवन बिताई राखेका छन । नेपाली महिलाहरु लागु पदार्थ कारोबार...


2017-05-11 | तीतोपाटी डटकम
हरि कृष्ण न्यौपाने-न्युज 24बाट प्रसारण हुने "सिधा कुरा जनता संग" लाइभ कार्यक्रममा हिजो मेइ ९ तारिक आफ्नो उद्दारका लागि पहल गर्न अनुरोध गरेकी पर्बतकी रुपा खत्री क्षेत्रीलाई ३ महिनाको लगातार प्रयास पछी नेपाली दुताबास पुर्याउने शोभा कार्कीले तीतोपाटी डटकम मार्फत"दुताबास कुवेतद्वारा न्युज 24 गुहारेकी रुपाको उद्दार" प्रकाशित समाचार प्रती खन्डन गरेकी छिन।उनले भनिन" ३ महिनाको निरन्तर प्रयास पछी रुपालाई आज १० मेईका दिन बिहान ८:३० मा नेपाली दुताबास लगेर सहचारी सुरेश अधिकारीलाई जिम्मा लगाएर आए, तर बेलुका प्रकाशित समाचारले मलाई खल्लो महसुस भयो।जे होस,दुताबास सहयोग र निरन्तर सम्पर्कमा रुपाको उद्दार गरेर दुताबास पुर्याउन पाएकोमा खुशी छु।"शोभा कार्कीले तीतोपाटी सम्पादक संग...


2017-05-10 | तीतोपाटी डटकम
हरी कृष्ण न्यौपाने-स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुको मन जित्न सफल न्युज 24बाट प्रसारण हुने "सिधा कुरा जनता संग" लाइभ कार्यक्रममा हिजो मेइ ९ तारिक आफ्नो उद्दारका लागि पहल गर्न अनुरोध गरेकी पर्बतकी रुपा खत्री क्षेत्रीलाई नेपाली दुताबासले आज मेइ-१० तारिक सफल उद्दार गरेको छ।राहदानी नं-०५७९३४३६ रहेकी खानिखोला-७ पर्बतकी ३३ बर्षिय रुपा खत्री क्षेत्रीले घर मालिकले कुटपिट गरेको तथा चोरिको आरोप लगाएकोले उक्त घरबाट भागी कुवेतको अर्दियामा रहेको अर्कै कुवेतीको घरमा शरण लिएर बसेकोले आफ्नो उद्दारको लागि पहल गर्न अनुरोध गरेकी थीइन।रुपाको दाजु तेजेन्द्र क्षेत्रीले न्युज 24बाट प्रसारण हुने "सिधा कुरा जनता संग" लाइभ कार्यक्रममा हिजो मेइ ९ तारिक कार्यक्रम प्रस्तोता...


2017-05-08 | titopati.com
लाहुरे जीवनको क्रममा विभिन्न मुलुकमा पुगेका पुरुषका श्रीमती, धनाढ्य वर्गका महिला, वैदेशिक रोजगारमा रहेका पुरुषका श्रीमती, श्रीमानले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिलो ग्राहक हुन् । पुरुष यौन व्यवसायीलाई कतिपय महिलाले घरमै बोलाएर तथा कतिपयले क्यासिनो, लक्जरियस होटेल तथा सुरक्षित स्थलमा बोलाएर यौन सन्तुष्टि लिने गरेका छन् ।कृष्ण कट्टेल  नेपालमा २ लाख यौन व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् । पुरुष यौन व्यवसायीबारे नेपाली समाज प्रायः अनविज्ञ भए पनि महिलाको यौन सन्तुष्टि पूरा गरिदिएबापत हजारौँ...


2017-05-06 | titopati.com
दिल्लीबाट ८२ जना महिलालाई पठाएकोमा ४४ जना मात्रै फिर्ता- होम कार्की , काठमाडौं मानव तस्करहरुको ‘सेटिङ’मा घरेलु कामदार (हाउसमेड) खाडी देशसहित इराक र सिरिया पुग्नु नौलो होइन । नेपालकै विमानस्थल समेत सहज रुपमा प्रयोग गर्दैै आइरहेका उनीहरुका प्रमुख रोजाई भारतको विभिन्न विमानस्थल नै हुने गर्छ । तस्करहरुका लागि सधै एउटै दिन भएन । दिल्लीबाट उडाइएको ८२ जना नेपाली महिलामध्ये ४४ जना दुबईबाट अर्को देश जान पाएनन् । घरेलु काममा जाने नेपालीको लागि दिल्ली विमानस्थलका अधिकारीहरुले कडा चेकजाँच गर्न थालेको थियो । तस्करहरुले ट्राभल एजेन्सीसँग मिलेर दिल्ली–दुबई–केन्यासम्मको टिकट बनाएका थिए । नेपालीले केन्याको अनअराइभल भिसा पाउने हुँदा तस्करले केन्यासम्मको रुट देखाएर दिल्लीबाट पठाउन...


2017-05-05 | titopati.com
बैशाख ३१ मा हुने पहिलो चरणको चुनावमा १३ हजार ५ सय ५६ पदका लागि झण्डै आधा लाख उम्मेदवारी परेको छ ।निर्वाचन आयोगले शुक्रबार अपराहृन उम्मेदवाहरुको अन्तिम संख्या टुंगो लगाएको हो । आयोगका अनुसार सबै पदमा परेर ४९ हजार ७ सय ४५ जनाको उम्मेदवारी परेको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार १९ गतेको मनोनयनमा ४९ हजार ७ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।यसमा करिव डेढ हजारले फिर्ता लिएको अनुमान छ ।...


2017-05-03 | केदार नाथ खरेल
सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आहृवानमा प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो दिवस यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइँदैछ । एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको दुर्व्यवहारका १६ वटा घटना भएको देखाइएको छ । यसवीचमा पत्रकार पक्राउका घटना ११ वटा भएका छन् । पत्रकारमाथिको आक्रमणका पनि ११ वटै घटना भएका छन् । त्यसैगरी पत्रकारमाथि धम्कीका ७ वटा घटना भएका छन् भने...

2017-04-27 | titopati.com

 उत्तरी धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक ४७ दिनपछि जीवितै भेटिएका छन् ।उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् । उनकी प्रेमिकाको भने निधन भएको छ ।ताइवानी लियान सेङ यू र लिउ चेन युन फागुन अन्तिम साता रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर खाल्डोमा खसेका थिए । हिउँमा चिप्लिएका उनीहरु करिव २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए ।बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव थियो ।लियान सेङ यूको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ र, उन खतरामुक्त छन्...


2017-04-22 | तीतोपाटी डटकम
हरि कृष्ण न्यौपाने/आनन्द आचार्य(कुवेत)-श्रीमान बेपत्ता भएपछी १४ बर्षिय छोरा अनी सासु-ससुराको साहारा बन्न सेटिङ(अबैधानिक बाटो)बाट भारतको नयाँ दिल्ली हुँदै कुवेत आएकी बर्दियाकी सिनु माया गायक अरुकै साहारामा ह्विलचेयरमै दिल्ली फर्काइएकी छिन।गत मार्च १०-२०१७ का दिन कुवेतमा घरेलु कामदारको रुपमा काम गर्नका लागि भारतको दिल्ली सेटिङ(अबैधानिक बाटो)बाट कुवेत आईपुगेकी सिनुमाया घरमा काम गर्न गएको ३ दिनमै बिरामी भईन।उनलाई कुवेती साहुले अमिरी अस्पातलमा भर्ना गरे भने सिनुमाया शरीरको देब्रे भाग नचल्ने गरी प्यारालाइसीसको शिकार भईन।अमिरी अस्पातलको सातौ तल्लाको १० नं वार्डको बेड नं-२८ मा प्यारालाइसिसबाट हलनचल भएकी सिनुमायालाई भेटे पछी बिश्वकर्मा समाज कुवेतका गम बहादुर सुनारले तितोपाटी डटकमलाई दिएको जानकारी र एजेन्टको...


2017-04-20 | तीतोपाटी डटकम
हरी कृष्ण न्यौपाने-कुवेतको मरुभुमीलाई कर्मथलो बनाउने क्रममा बिस-२०७३ भित्र बिभिन्न कारणबस २७ नेपाली कामदारहरुको मृत्‍यु भएको छ।जसमा १६ पुरुष तथा ११ महिला कामदारहरु रहेका छन।घट्नाको प्रकृतिका आधारमा हृदयघातबाट ८ पुरुष र १ महिला,आत्म हत्याबाट ३ पुरुष र २ महिला,सडक दुर्घटनाबाट १ पुरुष र २ महिला, बिभिन्न रोगका कारण १ पुरुष र २ महिला, कार्यस्थलमा-१ पुरुष, प्रसब पिडाबाट १ महिला, शरिरको धेरै अंगले काम नगरेर १ पुरुष,अरुले हत्या गरेको-१ पुरुष, कारण खुली नसकेको २ महिला तथा अनुसन्धान भैरहेको १ महिला रहेका छन।    नेपाली दुताबास कुवेतले तीतोपाटी डटकमलाई दिएको तथ्याङ अनुसार बिस २०७३मा ज्यान गुमाउने नामावली निम्न अनुसार रहेको छ।हृदयघातबाट मृत्‍यु हुनेहरु...


2017-04-18 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित, बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई कुन स्तरको विवेकशिल मानव भन्ने भनेर सोच्नु पर्ने देखिएको छ । कर्मचारीतन्त्रले आफूप्रतिकुल राजनैतिक निर्णय भयो भने कसरी जनताका विरुद्ध खेल्छन र राजनैतिक कर्मीलाई जनविरोधी काम गरेको भन्ने आरोप लगाउन पर्ने अवस्था बनाई दिन्छन भन्ने कुरा हालैका गतिविधीहरुले देखाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकले घरेलु कामदारसँग सम्बन्धित ठोस् कानुन नबनाउँदासम्म र नेपालसँग द्धिपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडीमुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णत बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिए पछि विमानस्थलको सेटिंगमा समस्या भएर धेरैको दक्षिणा थाप्ने लोटा खाली भयो । सयौं महिला घरेलु कामदार दैनिक रुपमा सेटिंगबाट...