9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-21 | तीतोपाटी डट कम
तिमीले हारे पनि जिते पनि विजय तिम्रै मानिने छःप्रिय बहिनी रेणु दाहालतिमीलाई शुभकामना !अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले गर्दा म जस्ता धेरै अन्यायका विरोधीहरू तिम्रो समर्थनमा ओइरिन पुगेका छौं।देशमा तिम्रा विरूद्धमा वाढी आएको देख्दा मलाई हाम्रो नेपाली मानसिकताप्रति हाँस उठेको छ, टिठ लागेको छ र विरह पनि चलेको छ। प्रधानमन्त्री र राष्ट्रपति जो हुँदा पनि हुने! जतिसुक‌ै उपप्रधानमन्त्री र मन्त्री खाँदिदा पनि हुने! जस्तै भ्रष्ट र मुलुकमारा जो जहाँ मनोनीत र नियुक्ति हुँदा पनि सबैले कानमा...


2017-04-24 | तीतोपाटी डट कम
स्थानीय तहमा सदस्यका हैसियतमा मात्र होइन, मुख्य भूमिकामै दलित महिलाको प्रतिनिधित्व बढाउनुपर्छअन्जना बिशंखे - ७० वर्षसम्मको लोकतान्त्रिक आन्दोलनको परिणामस्वरूप नेपाल एकात्मक केन्द्रीकृत राज्यबाट संघीय राज्यमा रूपान्तरित भएको छ । यतिमात्रै होइन, बहिस्करणमा पारिएका समुदायको समानुपातिक समावेशी सिद्धान्तलाई संविधानले स्वीकारेको छ । त्यसैको परिणाम शक्तिशाली र समावेशी स्थानीय निकाय गठनका लागि स्थानीय तहको निर्वाचन हुँदैछ । संविधान कार्यान्वयनलाई मुख्य एजेन्डा बनाएर गठन भएको प्रचण्ड नेतृत्व सरकारले प्रमुख/उपप्रमुख र गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमध्ये एउटा महिला अनिवार्य हुनुपर्ने र वडा समितिमा कम्तीमा दुई महिलामध्ये एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । लामो समय राज्यबाट बहिस्करणमा पारिएका आमूल परिवर्तनका पक्षधर दलित...


2017-04-16 | titopati.com
तोर्पा गाउँका कुकुर र कुखुराहरूले बेस्सरी नारा लगाएपछि मात्र पूर्वपट्टि हिमालबाट फुत्रुक्क ओर्लियो घाम । कुहिरोको बर्को ओढेका सबै हिमाललाई विस्तारै नंग्यायो, तलतिरको ठेहे गाउँ र माथितिरको तोर्पा गाउँका कुनाकाप्चालाई सुमसुम्याउँदै ततायो उसले । लटरम्म राताम्य फलेर बोट नै झुकेका स्याउका दाना दानालाई चुमिरह्यो र हावासँगै हल्लाइदियो । गाउँभरिका मान्छेहरू कुइरीमण्डल धुवाँले ढाकिएका घरहरूबाट बाहिरिएर र छानाछानाबाट लठारिन थाले घामसँग । बारी जाने, बन जाने, गोठालो जाने, मायामा माया मिसाउने उनीहरूको सल्लाह र साउतीलाई गडेर सुनिरहेछ घामले । माथितिरबाट फाल हालिरहेका हजारौं छहराहरू र तलतिर सबैलाई एकत्रित पार्दै हुत्तिरहेको दोज्याम खोला सबैसबै इत्तरिरहेछन् घामसँग । गाउँभरका भेडा, घोडा र चौंरीहरू...


2017-04-10 | titopati.com
इन्द्रसरा खड्का - ‘प्लीज मेरो बुढोको पछि नलाग्नुस मसँग छोरो छ, फेसबुकमा प्रोफाइल हेर्दा तपाईं पनि यति बुझ्नुहुन्छ जस्तो लाग्छ, प्लीज ।’ नचिनेको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो । केही बोल्ने शब्द नै फुरेन । के भनौं भनौं जस्तै लाग्यो । .......................तालिमका लागि नेपालगञ्ज जाने तयारी गर्दै गर्दा मैले फेसबुकमा स्टाटस लेखें ‘पर्खिबस आउँदै छु, नेपालगञ्ज’ स्टाटसमा कमेन्ट धेरै आए । मैलेपनि सकेसम्म सबैलाई जवाफ दिएँ । त्यही स्टाटसमा अन्सारी थर भएका नेपालगञ्जको केटाले ‘तपाईंलाई स्वागत छ नेपालगञ्जमा कुनै अप्ठयारो परेछ भने म्यासेज गर्नु’ लेखेको रहेछ । मलाई यो कमेन्ट अरुको भन्दा फरक लाग्यो ।...


2017-04-09 | तीतोपाटी डट कम
सम्झनामा सीमित ‘तिरिरी मुरली’ देखि ‘वारि जमुना’ सम्मबि.सं. २०७३ सालले बिट मार्ने बेलामा नेपाली फिल्मका साथै गीत–संगीत र साहित्य क्षेत्रको समीक्षा गर्ने क्रम सुरु भएको छ । यो वर्ष नेपाली चलचित्र उद्योगमा केही चलचित्रले राम्रो व्यापार गरे भनेर निकै उत्साहको अवस्था देखियो ।तर, अर्कातिर केही कलाकार तथा संगीतकर्मी गुमाउनुपरेको घटनाले चलचित्र तथा संगीतक्षेत्रका साथै आम दर्शक–श्रोतालाई दुःखी बनायो ।खेमराज गुरुङचर्चित गायक खेमराज गुरुङको गत भदौ ९ गते अल्पायु (४२ वर्ष) मै निधन भएको थियो । जण्डिस भएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भयो । गुरुङको कलेजो लगायत अन्य अंगमा संक्रमण भएको चिकित्सकको भनाइ थियो ।ठेट पूर्वेली...


2017-04-09 | titopati.com
 अनिल यादव-‘परिवार महत्त्वपुर्ण  कुरामात्र होइन, यो त सबथोक हो ।’ हलिउड अभिनेता माइकल जे. फक्सले परिवारबारे गरेको टिप्पणी हो यो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ ।  तर, मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।      परिवार पनि लोकतान्त्रिक संस्था हो । एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।– केदारभक्त माथेमा, शिक्षाविद् परिवार टुक्रने कारणबाउछोराबीच वैमनस्य, दाजुभाइबीच पानी बराबरका घटना हाम्रो समाजमा नौलो होइन । विविध...


2017-01-11 | तीतोपाटी
तीतोपाटी - ‘लगेजको ताल्चा काटेछ, ठूलो कुरा हात पार्ने सुर गरेथ्यो होला, हामी सुनवाला तस्कर परेनौं अनि चकलेटको पोको फुटाएर खाएछ ।’यो कहानी, त्यही त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभित्रको हो । यस्तो कहानी त्यहाँ दिनहुँजसो सुन्न पाइन्छ ।युएईबाट घर फर्किंदा काठमान्डौकी नुर अर्याल ढुंगेल दिज्यूको लगेज एरपोर्टवालाहरुले खोलेर चकलेटसमेत खाइदिएछन् । चकलेटको पोको पनि नछोडेर फुटाएर खानु भिखारीपन नै हो । सुन्दा नै लाज लागेर आउँछ ।चकलेटसमेत नछाड्ने भन्सारवालाहरु देख्दा यस्तो लाग्छ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कर्मचारीहरु नभई भिखारीहरू बस्छन् ।नैतिकताको तराजुमा इमान र बेइमानलाई नापेर हेर्ने हो भने इमान नै ठूलो हो, जुन इमानको भारीभर्कम त्यही परदेशीको सानो चकलेटको पोकोभित्र भेटिन्छ ।...


2017-01-07 | तीतोपाटी डट कम
अन्जना के.सि. - ‘कभि साम ढले तो मेरे दिल में आजा ना कभि चाँद खिले तो मेरे दिल में आजा ना... मगर आन इस तरह तुम फिर यहाँ से नाजा ना तुम म झसंग ब्युझिएँ, बाहिर हेरेँ, अँध्यारो थियो। सिरानीमुनि रहेको मेरो मोबाइलमा यो गीत गुञ्जिरहेको थियो। मोबाइल हेरेँ, फोन आएको रहेछ अम्बुको। हेलो? के भयो अम्बु, यति राति किन फोन गरेकी? ऊ रुँदै थिई, प्लीज, हेल्प मि अञ्जना! म मर्न आँटे। बानेश्वरको रोडमा छु। प्लिज आईज न। म तर्सिए, मनमा ठूलो भुइँचालो गयो, केही बोल्न सकिनँ। तिमी त्यही बस म आईहाले, भन्दै फोन राखे । जुरुक्क बिस्तराबाट उठेँ, बल्ल...


2016-12-26 | तीतोपाटी डट कम
डा. किशोर सापकोटा - शनिवारको दिन थियो । दिउसोको त्यस्तै २ वजेको हुदो हो। इन्टरनेटमा समाचार हेर्दै थिए। एक्कासी वाहीर झै झगडा गरे जस्तै आवाज आयो। विदेशको ठाउमा यस्तो झै झगडा हेरेर वस्ने कुरा पनि हुदैन।तर कहिल्यै झगडाको भेउ पनि नपाइने स्पेनको वार्सेलोनाको दक्षिणी शहरको एल राभेल भन्ने ठाउमा ठुलै होहल्लाले कान तेतै तिर ठाडा भए। त्यै पनि वास्ता नगरी आफ्नो काम गरीरहेको थिए। होहल्ला अझै चर्को हुन थाल्यो।आखिरीमा त हल्ला आफनै भाषाको जस्तो लाग्न लाग्यो। जहा वसे पनि आफनो भाषा, रितिरिवाज प्यारो लाग्ने रैछ। त्यै भएर होला झगडा नै किन नहोस त्यो चर्को चर्को स्वरले मलाइ तान्यो। वाहीर निस्किएर...


2016-12-08 | तीतोपाटी डट कम
माधव पाैडेल "असल परदेशी" - बाध्यता र बिवशतामा अल्झिएको यो जिँउदो लासरुपि मानव जीवन संग सम्बन्धित अनेकौ उकाली ओराली पार गर्दै आज यो उजाड मरूभूमिले सुसज्जित खाडीमुलुकमा बस्ने हामी महान् नेपाली परदेशीहरु, ५० देखि ६० डिग्री सम्मको तापक्रम सहने क्षमता भएका, बरफ जम्ने ए सि को चिसोमा आफ्नो तातो रगत जमाई अनि हावासंगै उड़ने वालुवाको धुलो सहित फेर्ने दुर्गन्धित श्वासले बाँचिरहेका हामी वीर गोर्खे अनि झिटी गुण्टालाई ३ किलोको डोरीले बाधेर ३ वर्षमा मुलुक फर्कने तोरीलाहुरेहरू संग सम्बन्धित दुइ चार शब्द सेतो कागजमा कालो मसिले केहि कुरा लेख्न गइरहेको छु । आज मैले यो परदेशीको यथार्थतालार्इ चित्रण गरिरहँदा कागजमा मसिको थोपाले कोरिएको देखिएता पनि हरेक शब्द शब्दमा परदेशीको थोपा...


2016-11-10 | तीतोपाटी डट कम
तीतोपाटी - सम्पन्न राष्ट्रपति निर्वाचन परिणाममा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन रिपब्लिकन पार्टीका उम्मेद्‌वार डोनाल्ड ट्रम्पभन्दा दुई लाख बढी प्रत्यक्ष मत ल्याएर पनि राष्ट्रपति हुनबाट बन्चित भइन्। अर्थात् अमेरिकन मतदाताहरुको सर्वाधिक मत पाउने व्यक्ति राष्ट्रपति नबनेर दोस्रो धेरै मत प्राप्त गर्ने ट्रम्प राष्ट्रपति चुनिए।मत गणनाको परिणाम अनुसार क्लिन्टनले ५ करोड ९९ लाख २३ हजार २७ अर्थात् कुल मतको (४७.७० प्रतिशत) मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रपतिमा निर्वाचित ट्रम्पले ५ करोड ९६ लाख ९२ हजार ९ सय ७४ (४७. ५० प्रतिशत) मात्र मत प्राप्त गरेका छन्। केही मत पत्र गन्न अझै बाँकी भए पनि हिलारीले धेरै प्रत्यक्ष मत पाउने पक्का-पक्की जस्तै...


2016-11-09 | तीतोपाटी डट कम
तीतोपाटी - तपाईं १० देखि १९ वर्ष उमेर समूहको हुनुहुन्छ ? तपाईंलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ? छ भने पनि चिन्ता नगर्नुस्, जस्तै अप्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा । राजधानीको प्रसूतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढ्दो छ ।क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने, यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीका कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ । क्लिनिकमा सोमबार भेटिइन् कोटेश्वरकी १५ वर्षीया...


2016-11-06 | तीतोपाटी डट कम
यमुना अर्याल - दशैंको जमघटमा छिमेकी बहिनीले आफ्नो बिलौना पोखिन्, ‘बा ले तीन वर्षदेखि बिहेको कुरा चलाएका छन्, माघमा त जसरी पनि बिहे गर्दिने रे । यतिका वर्षसम्म त ब्याचलर सकिएको छैन भन्दै टारेँ, अब त टार्ने बहाना पनि छैन । के गर्ने होला ?’‘अब के गर्ने नि ! टार्ने बहाना नै नभएपछि घरजम गर्ने नि,’ बहिनीको सवालमा यस्तै कुरा राखेँ ।बहिनीलाई सबैले हिरोनी भन्छन् । हुन पनि साह्रै राम्री छे । ‘ओहो, यो छोरी त कति राम्री छे, यसलाई पाउने केटा त कति भाग्यमानी होला है ? खोट लगाउने ठाउँ कतै छैन’, आफन्त सँगीसाथीले उसलाई सधैं यही भनेर फुक्र्याउँछन्...


2016-11-02 | तीतोपाटी डट कम
यामुना अर्याल - मङ्सिर अर्थात् लगनको महिना आउँदैछ । धेरै नवजोडी यो लगनमा सँगै जिउने मर्ने कसम खाँदै आफूहरू एक भएको उद्घोष गर्ने छन् । मेरो जीवनसाथी यस्तो होस्, उस्तो होस् बिहे नहुन्जेलसम्म धेरैको मनमा प्रश्न, कौतुहलता र जिज्ञासा खेल्ने गर्छ । आफ्नो हुनेवाला जीवनसाथी कस्तो होस् भन्ने चाहना राख्छन् त आम युवती ?पक्कै हेर्दा लायकको, पढे–लेखेको, आफ्नो खुट्टामा उभिएको, झट्ट हेर्दा सबैले वाहवाह भन्ने खालको आदिआदि । यसको ठीक विपरीत युवाहरू कस्ती युवती आफ्नो जीवनसाथी होस् भन्ने चाहन्छन् होला त ?झुलुक्क हेर्दा चट्ट राम्री, शरीर मिलेकी, गोरो अनुहार भएकी, फलानोकी श्रीमती त यति राम्री भन्ने खालकी ……..तर यति मात्रै...


2016-11-01 | तीतोपाटी डट कम
‘बहिनीले दुबोले छेक्दा, तेल लगाइदिँदा र हामी पुज्दा आत्मीयता महसुस हुन्छ’सृजना बराल - तक्मे बुढा अर्थात् विल्सनविक्रम राई यतिबेला सयपत्री फूलको जोहो गरिरहेका छन् । बहिनी विनीता र सानितालाई शनिबारसम्ममा एक झोला फूल ठिक्क पारिदिन अह्राएका उनले ल्यापटपमा ‘तिहारै आयो लौ झिलिमिली...’ गीत पनि डाउनलोड गर्दै छन् । आइतबार मलेसिया उड्दा यहाँबाट सयपत्री लिएर जाने उनले बताए ।‘तिहारको मुखमा विदेश जाँदैछु,’ विल्सनले भने, ‘खल्लो महसुस नहोस् भनेर आफू सुत्ने कोठाभरि सयपत्रीका गुच्छा राख्ने विचार गरेको छु । यो फूल र स्वर्ग फिल्मको ‘तिहारै आयो...’ गीतले तिहारको महसुस गराउँछन् ।’ अरू बेला दसैंमा कार्यक्रम गरेर तिहारमा घर आइपुग्ने उनी यसपालि तिहारमा...


2016-10-24 | तीतोपाटी डट कम
केदार नाथ नेपाल(निश्चल) - पछिल्लो समय हामी नेपालीको मुखबाट सबैभन्दा धेरै उच्चारण भएको शब्द सायद राष्ट्रवादी नै होला । हामी नेपाली अरूको नजरमा यति राष्ट्रवादी बन्छौँ कि सायद संसारमा अन्य कुनै पनि देशका नागरिक आफ्नो देशप्रति हामी नेपाली जतिको राष्ट्रवादी छैनन् तर अलि गहिरिएर अध्ययन गर्ने हो भने देशमा सच्चा राष्ट्रवादी होइन अवसरवादी धेरै छन् । अझ हामीकहाँ मौसमी राष्ट्रवादी बढी छन् भन्दा फरक नपर्ला । २०७२ असोज ३ मा दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि २०७२ असोज ६ गतेबाट भारतले अघोषित नाकाबन्दी लगाएपछि त नेपालमा आफूलाई राष्ट्रवादी भनेर चिनाउन खोज्नेको ठूलै जमात देखियो । त्यसमा पनि भारतको विरोध गरेमा राष्ट्रवादी...


2016-10-17 | तीतोपाटी डट कम
 बिष्णु साप्कोटा,  केहि बर्ष अगाडि मध्यन्तर तिर धर्म प्रतिको अबिश्वास , घृणा र बितृष्णा बढ्दो देखिएता पनि पछिल्लो समयमा हिन्दु धर्म प्रति नेपालीहरूको बढ्दो आस्था र बिस्वाश को लहर देखिएकोछ । नेपालका हरेक मठ मन्दिरहरूमा प्राय हरेक दिन दर्शनीलम्भीहरूको अत्यान्तै ठूलो घुइचो र भिड  देखिन्छ । याहॉ निर कुरा बुझ्नुपर्ने धेरै छन् :- साच्चीकै भगवान प्रतिको आस्था भएर आउछन् वा यत्तिकै रमाइलोका लागी वा साथी भाइ भेट-घाट का लागी यो अनुसन्धानकै बिषय बनेकोछ । समय शन्दर्भका कुरा गर्दा अहिले यो बिजयदशमिको सेरोफेरो मै पनि हरेक गा बि स मा सबै जात-जाती समाबेशी कै आधारमा मन्दिर निर्माण तथा उद्घाटन कार्यक्रममा भब्य...


2016-10-16 | तीतोपाटी डट कम
मजस्ता मान्छेलाई हिरो हुन के नै चाहिन्छ र! एउटा कालो गगल्स आँखामा लगाएर पोज दियो भने साथीहरू ‘हिरोजस्तो देखिइस्’ भन्दिहाल्छन्। त्यसमा पनि आफ्नै बाइक भएसी त सुनमा सुगन्ध!घ्याच्च बाइक रोकेर, स्ट्यान्ड लगाएर दायाँ खुट्टा घुमाउँदै ओर्लने र आँखाको कालो गगल्स निकालेर हेलमेट खोल्ने हिरो इमेज अझै हराएको छैन दिमागबाट। त्यही हिरो स्टाइल देखाउन यो दसैंमा काठमाडौंदेखि घरसम्म बाइकमा जाने भइयो। असोज २० गते झिसमिसेमै थानकोट काट्यौं हामीले। पछाडि कान्छो भाइ बसेको थियो। ऊ भन्थ्यो, ‘दाइ, पशुपति प्रसाद भन्ने फिलिममा भन्छ नि, विदेश गएकाहरू गाउँमा आउँदा कसरी टक्क हिरो स्टाइलमा आउँछन्। हो त्यसरी जानुपर्छ दाजुभाइ।’ मलाई पनि हो जस्तै लाग्थ्यो उसका...
2016-10-14 | titopati.com
रामेछापको दुर्गम सैपुकी ४२ वर्षीया डिल्लीमाया तामाङकी १४ वर्षीया छोरी सुन्तलीको २०६८ सालमा नृशंस तवरमा हत्या गरिएको थियो । ‘कर्तव्य गरी मारिएको’ त्यो घटनाका अभियुक्त अहिलेसम्म पक्राउ नपरेको बेथितिमा रोइरहेकी आमा डिल्लीमायााले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई पत्र लेख्दै न्यायको याचना गरेकी छन् :आदरणीय उपेन्द्रकान्त अर्यालज्यू,मैले तपाईलाई २०६९ सालको भदौ महिनामा काठमाडौंको सिंहदरबारमा भेटेकी थिएँ । त्यसबेला तपाईं प्रहरीको अनुसन्धान ब्युरो प्रमुख हुनुहुन्थ्यो । २०६८ साल माघ ५ गते कर्तव्य ज्यानमा पारी मारिएकी मेरी १४ वर्षीया माइली छोरी सुन्तलीका हत्यारा गाउँघरमै घुमिरहेको बारे किटानी जाहेरी दिएकी थिएँ । तर दोषीलाई पक्राउ गर्ने अथवा कारबाहीमा ल्याउने काम जिल्लाबाट नभएपछि म न्याय खोज्दै...


2016-10-10 | तीतोपाटी डट कम
दिनकर नेपाल, भारतीय गोर्खाहरूको यसपालाको दशैंलाई युद्धको बादलले अँध्यारो बनाइदिएको छ। हामी सानो छँदा घरमा ५/६ महीना अघिदेखि नै 'यसपालिको दशैंमा बुबा आउनुहुन्छ कि हुन्न?' भन्ने छलफल चल्न थाल्थ्यो। बुबा भारतीय लाहुरे। अहिले जस्तो सञ्चार सजिलो थिएन। दुई/तीन महीनामा एउटा चिठी आउँथ्यो। बुबा आउँदा ल्याउने खेलौना र मीठा खानेकुराले लाहुर चिनाउँथे। कश्मीरमा हुँदा त्यहाँको स्याउ, ओखर र बदाम ल्याउनुहुन्थ्यो। उहाँले 'स्याउ त त्यहाँ गाईले पनि खाँदैन, यति धेरै हुन्छ' भन्दा हामी अचम्ममा पर्थ्यौं। कस्तो ठाउँ होला त्यो भन्ने लाग्थ्यो।पछि देहरादुनको भारतीय सैन्य एकेडेमीमा तालीम सकिएपछि मेरो पहिलो पोस्टिङ कश्मीरकै गोर्खा पल्टनमा भयो। मैले कश्मीरमा लाहुरेहरूका अप्ठेरा बल्ल बुझें। म त अधिकृत...