9 Jestha, 2074 | 23 May, 2017 Tuesday


2017-05-22 | titopati.com
 मनिषा कोइराला भन्छिन्, ‘गलत थियो मेरो विवाहको निर्णय’एजेन्सीजेठ ८ – नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुग्नु गलत भएको बताएकी छिन् । आज उनलाई विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आफूलाई नै सोच्छिन् ।आजकाल आफ्नो कमब्याक फिल्म ‘डियर माया’ को प्रोमोसनमा लागिपरेकी मनिषा कोइरालाले एक भारतीय मिडियासँगको कुराकानीमा भनिन्, ‘हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ...


2017-05-21 | तीतोपाटी डट कम
तीतोपाटी - वैशाख ३१ मा ३४ जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनकाे मतपरिणाम अाउने क्रम जारी छ। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीले साेचेजस्ताे अहिलेसम्म कुनै पनि प्रमुख पद हातमा जित हासिल गर्न सकेकाे छैन। डोल्पाको ठूलीभेरी नगरपालिकाको उपमेयरमा योगेन्द्रबहादुर शाही, धादिङको रुवीभ्याली गाउँपालिकाको प्रमुखमा चेरुङ तामाङ र उपप्रमुखमा विना लामा तथा काइके गाउँपालिकाको उपप्रमुखमा कुञ्जाङ बुढासहित केही ठाउँमा वडाध्यक्षबाहेकमा राप्रपाले जित हात पार्न सकेन। सोचेजस्तो परिणाम नआएपछि राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचनबारे समिक्षा हुने बताइसकेका छन्। सोचेअनुरुपको मतपरिणाम नआएपछि राप्रपाभित्र पनि यो विषय बहसको विषय बनेको छ।यसैक्रममा राप्रपाकी केन्द्रीय सदस्य कोमल ओलीले पनि भविष्यमा राम्रो नजिता ल्याउने प्रयास गर्ने भन्दै...


2017-05-20 | तीतोपाटी डट कम
तीतोपाटी - बलिउड अभिनेता ऋतिक रोशनले पत्नी सुजैन खानसँग पारपाचुके गरिसकेका छन् । तर सम्वन्ध तोडिए पनि उनीहरुको निकटता तोडिएको छैन ।यो टुटेको जोडी पछिल्लो समय बारम्बार सँगै डुलिरहेको भेटिएको छ । उनीहरु धेरै सार्वजनिक समारोहमा पनि सँगै उपस्थित हुन्छन् । यस्तो लाग्दैन कि उनीहरु भुतपूर्व पति-पत्नी हुन् ।सुजैनलाई आफ्नो नजिकमा ल्याउनका लागि अब ऋतिकले नयाँ कदम चालेका छन् । खबरअनुसार उनले आफ्नो घरबाट केवल १५ मिनेटको दुरीमा सुजैनका लागि नयाँ घर करिद गरेका छन् । यो एरियामा ऋतिक र उनका बाबुआमा पनि बस्छन् । ऋतिकले किनिदिएको नयाँ घरमा सुजैन र बच्चाहरु बस्ने बताइएको छ ।बच्चाहरु सुजैनसँग भए तापनि ऋतिकले...


2017-05-20 | तीतोपाटी डट कम
तीतोपाटी - बलिउड अभिनेत्री प्रियंका चोपडाको विकिनी फोटो सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । मायामीमा आफ्नो आगामी हलिउड फिल्म ‘बेवाच’ को वर्ल्ड प्रिमियरका क्रममा प्रियंकाका बिकिनी फोटो बाहिर आएको थियो ।बिकिनी फोटो खिचाउन माहिर अर्की बलिउड अभिनेत्री हुन् आलिया भट्ट । उनलाई हालै एक कार्यक्रममा पत्रकारहरुले सोधे कि प्रियंकाले खिचाएको बिकिनी फोटो उनलाई कस्तो लाग्यो ?एउटा बुक लन्च कार्यक्रममा पत्रकारले आलियालाई सो प्रश्न गरेका थिए । यसमा आलियाले अनौठो प्रतिक्रिया देखाइन् । कुनै जवाफ दिनुको सट्टा उनले आफ्नो मुख बंग्याइन् र अर्कोतिर फर्किइन् । यसबाट प्रष्ट हुन्थ्यो कि उनलाई पि्रयंकाको फोटोले खासै आकषिर्त गरेन ।आलियाको यस्तो नकारात्मक रेस्पोन्स देखेर...


2017-05-18 | तीतोपाटी डटकम
सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् । त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ ।गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर हरेकपलसँग यसरी छच्लकिइन् । गीत गाउँदा—गाउँदा थाकिएन्...
2017-05-18 | titopati news
यौन सबैको चासोको विषय हो । त्यसैले यौनसँग सम्बन्धित विषयहरुमा हाम्रो बढि रुची हुन्छ । तर यति धेरै रुचीको विषय हुँदाहुँदै पनि हामीलाई यौन सम्बन्धि विभिन्न मानवीय गुण तथा व्यवहार र तथ्यको बारेमा जानकारी नहुन सक्छ । हामीले यहाँ पुरुषका यौन सम्बन्धी दश रोचक तथ्य प्रस्तुत गरेका छौँ ।१. सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघरसम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्बसँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको...


2017-05-17 | titopati.com
नायिका रेखा थापा केही समय अगाडि मात्र राप्रपामा प्रवेश गरिन् । राप्रपा पार्टीमा रेखा प्रवेश गरेको केही महिना मै स्थानिय निकायको निर्वाचन भयो । पहिलो चरणको स्थानिय निकायको निर्वाचनको परिणाम आउँदै गर्दा नायिका थापा केही समय अगाडि प्रवेश गरेको राप्रपा पार्टी निकै पछि देखिएको छ । यसपछि, रेखाको नाममा विभिन्न ट्रोल र स्टाटस फेसुबकमा देखिएका थिए ।फेसबुकमा आफू लक्षित स्टाटस आउन थालेपछि रेखाले फेसबुकबाटै यसको जवाफ दिएकी छिन् । उनले लेखेकी छिन्-‘जुन प्रकारले चुनावी परिणाम आएको छ । यसमा कसैले आत्तिनुपर्ने र कसैले मात्तिनुपर्ने स्थिती छ जस्तो विल्कुल लागेको छैन । पछिल्लो राजनीतिक परिवर्तनशिल अवस्था सम्पूर्ण प्रारम्भिक मात्रै हो ।...


2017-05-17 | titopati.com
काठमाडौं – यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘डायरी’मा एउटा अनौठो संयोग भएको छ । नायिका छुल्ठिम गुरुङ निर्मात्रीका रुपमा र सनी सिंह नायकका रूपमा फिल्मबाट डेब्यु गर्दैछन् भने नायिका रेखा थापा पहिलो पटक भिलेन चरित्रमा देखिँदैछिन्।फिल्मका लेखक छेतेन गुरुङको कथा मन पराएपछि आफ्नो लगानीसँगै प्रमुख भूमिकामा देखिएकी छुल्ठिमलाई नायिका र निर्मात्रीको भूमिका निर्वाह गर्न निकै गाह्रो परेको रहेछ । ‘फिल्मको लगानीकर्ता र नायिका दुवै जिम्मेवारी लिँदा निकै गाह्रो हुँदोरहेछ,’ हालैको भेटमा छुल्ठिमले भनिन्, ‘तर काम गर्दा पाएको प्रशंसाले दुःख भुलिसकेकी छु । फिल्मको टिम राम्रो भएर पनि काम गर्न सजिलो भयो ।’फिल्म ‘नोभेम्बर रेन’मा ‘डल्ली’को भूमिकामा अभिनय गरेर दर्शकमाझ...


2017-05-17 | तीतोपाटी डट कम
तीतोपाटी - अमेरिकाकी चर्चित मोडल पेरिस ज्याक्सनले आफ्नो इन्स्ट्राग्राममा १४ लाख फलोअर्सलाई सम्बोधन गर्दै भनेकी छिन् कि-‘नग्नता प्राकृतिक कुरा हो । म न्यूड हुन छाड्दिनँ । दिवंगत पपस्टार माइकल ज्याक्सनकी एक्ली छोरी पेरिसले हालै इन्स्टाग्राममा टपलेस तस्विर पोष्ट गरेकी छिन् ।टपलेस भएर चुरोट पिउँदै गरेको तस्बिर पोष्ट गरेकी पेरिसले लेखेकी छिन् कि-‘नग्नताको सुरुवात प्रकृतीमा हुने एउटा आन्दोलनको रुप हो ।’ मानव शरीर प्रकृतिको एक सुन्दर रचना हो भन्दै उनले कसैको पनि शरीररको विषयमा टिप्पणी गर्न नहुने भनाई राखेकी छिन् ।‘कसैको शरीरमा दाग होला त कसैकोमा चायाँ । कोही मोटा होलान् त कोही दुब्ला । जसले जस्तो शरीर छ त्यसैमा गर्व...


2017-05-14 | titopati.com
स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छिन् ।राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण मतदान गर्न नपाएको रिस पति विनोद मानन्धर सँग पोख्दै उनले भनेकी छिन्, ‘आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन् मानेन, विनोद ।’कलाकारिता छाडेर नयाँ शक्तिको झण्डामुनी गोलबन्द हुँदै राजनितीमा होमिएकी मानन्धरले आफ्नो भोटिङ कार्ड नबन्नुको दोष पतिलाई लगाएकी छिन् ।आइतबार भोट हाल्न नपाएसँगै सामाजिक सञ्जाल (फेशबुक)मा स्ट्याटस लेख्दै उनले पतिलाई सोधेकी छिन्, ‘सवै कुरामा तिमीनै मालिक बन्, तर केही कुरा सहन सकिँदेन, तिमीले हाम्रा लागी गरेका कुरा हामी प्रति को तिम्रो कृपा मान्नु पर्ने ?’एउटै...


2017-05-14 | titopati.com
राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गरेको बताएकी छिन् । काठमाडौँको पशुपति बहुमुखी क्याम्पस मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।घण्टौँ लाइनमा बसेर विकासका निम्ति मत दिने जनतासंग अब कसैले पनि खेलवाड गर्न नपाइने उनको धारणा छ । सबैको मतलाई कदर गरेर जनताको विकासमा अबको ध्यान दिन जरुरी रहेको थापाको बुझाइ छरेखाले भनिन्-‘जनताले हामीलाई विश्वास गरेर मतदान गरेका छन् । अब, पनि हामीले गल्ती गर्‍यौ र काम गरेनौ भने जनताले माफी दिने छैनन् ।’ मतदानका लागि लाइनमा बस्ने क्रममा रेखाले मतदाताका गुनासो समेत वुझेकी थिइन् । रेखाले भनिन्-‘सबैमा देश विकास हुन नसकेको गुनासो छ । यसैले, अब...


2017-05-10 | titopati.com
काठमाडौं – ब्रिटिस अभिनेत्री मिसेल किगनको ‘आवर गर्ल’को नयाँ सिरिजको सुटिङ नेपालमा सकिएको छ। उनले बीबीसीले तयार गरिरहेको आर्मीहरुसम्बन्धी सिरिज ‘आवर गर्ल’को दोस्रो सिरिजको सुटिङको लागि नेपालमा रहेको इन्स्ट्राग्रामबाट जानकारी गराएकी थिइन्।‘सुटिङ सिध्याएर नेपालमा अन्तिम दिन बिताउँदैछु । घरबाट धेरै टाढा नेपाल आउँदा सोचेको भन्दा सुन्दर र फरक जीवन अनुभव गर्न पाएकोमा भाग्यमानी महसुश गरिरहेकी छु,’इन्स्टाग्राममा फोटो राख्दै उनले उल्लेख गरेकी छिन्। बीबीसीमा प्रसारण हुने ‘आवर गर्ल’मा अभिनेत्री मिसेल गार्जिओ लेनको भूमिकामा देखिदैंछिन्। सन् २०१३ देखि बीबीसीले प्रसारण गर्ने ड्रामा सिरिजको तेस्रो सिरिजको आठ महिना लामो सुटिङ नेपालबाहेक दक्षिण अफ्रिका र मलेसिया लगायत देशहरुमा हुँदैछ।सन् २००८ को ‘कोरोनेसन स्ट्रिड’बाट अभिनय...


2017-05-04 | titopati.com
उच्च शिक्षाको लागि विदेश पुगेका नेपाली युवा–युवतीहरुको प्रेम जीवनलाई चित्रण गरिएको गायक शिव श्रेष्ठको स्वरको पप गीत ‘गल्ति मेरो...’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ ।  अस्ट्रेलियामै छायांकन गरिएको भिडियोमा विदेश अध्ययन गर्न जाने युवा–युवतीहरुको प्रेम जीवन कुन गतितर्फ अघि बढिरहेको छ भन्ने कुरालाई दर्शाउन खोजिएको छ । उक्त भिडियोलाई अस्ट्रेलियामै बसोबास गर्ने निर्देशक तथा फोटोग्राफर सुरेन श्रेष्ठले निर्देशन गरेका हुन् । सुरेनद्वारा निर्देशित यो सातौं म्युजिक भिडियो हो ।लम्जुङमा जन्मिएका गायक शिव श्रेष्ठको ‘गल्ति मेरो...’ गीतको म्युजिक भिडियोमा प्रस्तुत गरिएको कथावस्तुले विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको प्रेम जीवनलाई चित्रण गरेको छ । यही भिडियोमार्फत अजय तामाङले अभिनयमा...


2017-05-03 | titopati.com
विश्व सुन्दरी एन्जेलिना जोलीले चौथो विवाह गर्ने भएकी छिन् । पूर्व पति ब्राड पिटसँग छुट्टिएपछिको पीडालाई भुल्न उनले चौथो विवाह गर्न लागेकी हुन् । पिटसँग अलग्एिपछि निकै नै कष्टकर जीवन बिताएकी उनले पीडालाई भुल्नका लागि बेलायती व्यापारीसँग डेट जाने गरेको हलिउड सञ्चार माध्यमले जनाएका छन् ।उनले विवाह गर्न लागेको व्यक्ति बेलायती व्यापारी तथा कुशल राजनीतिक पृष्ठभूमी भएका व्यक्ति रहेको खुलासा भएको छ । उनीहरूको भेट गत वर्ष लन्डनमा भएको थियो । त्यसपछि पनि धेरै पटक मालिबुमा उनीहरूको भेट भइसकेको छ । जोली  ब्राडसँग छुटिएपछि मालिबुमा बस्दै आइरहेकी छिन् । पिटसँग अलग्गिए पनि छोराछोरीलाई भने आफूसँगै राख्नको लागि कानूनी लडाई लडिरहेकी उनी छोराछोरी...


2017-05-01 | तीतोपाटी डट कम
तीतोपाटी - झट्ट हेर्दा महिलाको कुन कुराले तपाइलाई आकषिर्त गर्छ ? अक्सर पुरुषले दिने जबाफ हो, आँखा, ओंठ वा स्तन । स्तन युवतीको सौन्दर्यको मानक पनि हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तन ।प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । कसैको ठूलो हुन्छ, कसैको सानो त कसैको मझौला । वास्तवमा स्तनको आकार कस्तो हुनुपर्छ ?कस्तो स्तन आकर्षक ?यसै बिषयमा हालै एक अन्तराएष्ट्रिय सर्बेक्षण पनि भएको छ । त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ ? यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन । यद्यपी अधिकांशको जवाफ एउटै थियो...

2017-04-27 | titopati.com

बलिउडका चर्चित अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी क्यान्सरबाट पीडित थिए । टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार उनलाई पछिल्लो पटक मुम्वइको गिरगाउँस्थित एचएन रिलाइन्स फाउण्डेशन हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएका थिए । उनी पञ्जावको गुरुदासपुर क्षेत्रबाट भारतीय जनता पार्टीको लोकसभा सदस्य समेत थिए । आफ्नो करिव पाँच दशकको फिल्मी करियरमा खन्नले सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सन् ८० को दशकमा आफ्नो करियरको उच्च विन्दूमा रहेकै बेला उनले फिल्म क्षेत्रलाई छाडेर ओशो आश्रममा पुगेका थिए । उनले आफ्नो करियर भिलेनका रुपमा सुरु गरेका थिए । उनले खेलेका प्रमुख फिल्महरुमा 'मेरे...


2017-04-26 | titopati.com
एजेन्सी : बलिउडका चर्चित अभिनेता सलमान खान भारतमा मात्रै नभएर वलिउड फिल्मको बजार रहेका हरेक ठाउँमा लोकप्रिय छन् । यसका साथै विभिन्न व्यक्तिसँग दुश्मनी गर्नमा पनि उनी अगाडि रहेको बताइन्छ । उनको प्रतिकूल हुनेगरी कसैले कुनै कदम चालेको खण्डमा सलमान कडा रुपमा प्रस्तुत हुने गर्छन् ।हालै सलमानले आफ्ना तीन बडिगार्डलाई जागिरबाट निकालिदिएको खबर बाहिर आएको छ । एक भारतीय अनलाइनले प्रकाशित गरेको खबर अनुसार सलमानका ती बडिगार्डले उनका गोप्य कुरा लीक गरेको आरोपमा जागिरबाट निकालिएको हो ।सलमानका गोप्य कुराबारे मिडियामा खबर आएका थिए । ती खबर बडिगार्डले लीक गरेको पाइएपछि सलमानले उनीहरुलाई जागिरबाट निकालेको बताइएको छ । मिडियामा आएको खबर...


2017-04-25 | titopati.com
काठमाडौं – हालै महोत्तरीमा मुसरह बस्ती निर्माण कार्य सम्पन्न गरेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले फिल्म निर्माण गर्ने भएका छन्। भुइँचालोपछि काभ्रेको पहरीगाउँ र सिन्धुपाल्चोकको गिरानचौरमा बस्ती र मुसरह बस्ती निर्माणमा सक्रिय भएपछि ‘मेरी बास्सै’ टेलिसिरियलमा नदेखिएका हाँस्यकलाकार सिताराम कट्टेल फिल्म निर्माणको तयारीमा जुटेका छन्।‘बस्ती निर्माणमा सक्रिय भइरहँदा अभिनय क्षेत्रबाट टाढिएको अनुभव भइरहेको छ। झण्डै पाँच सय भाग पुग्न लागेको ‘मेरी बास्सै’ टेलिसिरियललाई नयाँ शैलीमा प्रस्तुत गर्ने कार्य भइरहेको छ। त्यस्तै फिल्म निर्माणमा पनि जुट्ने योजना बनाइसकेका छौं,’हाँस्यकलाकार सिताराम कट्टेलले भने,‘तत्काल फिल्मको कथावस्तु अनुसार स्क्रिप्ट खोजी रहेका छौं।’धुर्मुस सुन्तली फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा बस्ती निर्माणमा सक्रिय भएका उनले अभिनय यात्रा र...


2017-04-20 | titopati.com
एजेन्सी : बलिउड अभिनेत्री सनी लियोन एउटा कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिया(आरपीआइ) को महिला विभागले सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् । उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् ।आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् 'यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुन्छन् । विज्ञापनमा साह्रै फोहारी दृश्य छ, जुन हेर्न साह्रै अप्ठेरो लाग्ने खालको छ' टेलिभिजन च्यानहरुमा देखाइने यो विज्ञापनको दृश्यले हरेकका घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको छ । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हर्न समेत...