16 Chaitra, 2073 | 29 March, 2017 Wednesday


2017-03-16 | तीतोपाटी
प्रज्ञा-प्रतिष्ठानका कलाकारलाई दूध पचेन,म तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा नाट्य कलाकारको रुपमा जागिरे थिएँ । प्रतिष्ठानको वार्षिकोत्सवको कार्यक्रममा देखाउन हामीले नाटकको तयारी गर्दै थियौं । बाजाको तालमा अभिनय गर्ने ‘ब्याले’ को रिहर्सल चलिरहेको थियो ।यो ०२७ सालको कुरा हो । राजा महेन्द्रले प्रतिष्ठानको कुलपति आफू हुने सिस्टम हटाएर प्राज्ञिक व्यक्तिलाई नै सुम्पिएको वर्ष थियो । प्रज्ञा-प्रतिष्ठानका कुलपति केदारमान व्यथित हुनुहुन्थ्यो ।हामी रिहर्सल गरिरहँदा एकदिन कुलपति व्यथित, सदस्य-सचिव तथा नाट्य विभागका प्रमुख विजय मल्ल लगायत हेर्न आउनुभयो । ब्यालेका नृत्य निर्देशक कान्छाबुद्ध बज्राचार्य र सहायक निर्देशक वसन्त श्रेष्ठ हुनुहुन्थ्यो ।आउनासाथै व्यथितजी कलाकारहरुको दयनीय हालत देखेर छक्क पर्नुभयो । रिहर्सलमा हामी ३०-३५ जना...


2017-02-19 | तीतोपाटी
म त्यति पढन्तेमा पर्दिनँ । थोरै किताब पढेको छु । किताब भन्ने चिजसँग स्कूले बेलादेखि नै बानी परेन । कलेजमा शेक्सपियरको ‘ह्याम्लेट’ र चार्ल्स डिकेन्सको ‘ग्रेट एक्सपेक्टेसन्स’ चाहिँ पढेको थिएँ । त्यो पनि कोर्समा भएकोले पढ्नैपर्ने बाध्यता भएकोले पढियो ।पछिल्लो समय भने पढ्ने बानी बसाउन खोज्दै छु । फिल्म निर्देशनमा लागेकोले यो काममा ऊर्जा बटुल्न पनि केही न केही पढ्नैपर्ने हुन्छ । यस क्रममा फाट्टफुट्ट रुपमा किताब पढ्दै आएको छु । तर, किताबभन्दा पनि अन्य माध्यमबाट आफूलाई चाहिने कुरा लिइरहेको हुन्छु ।मोटा किताबदेखि थर्कमानकिताब पढ्नुपर्छ भन्नेमा म सजग छु । पढ्ने बानी बस्यो भने सोच्ने तरिकामा पनि फरकपन आउँछ ।...


2017-02-02 | तीतोपाटी
मलाई पक्रिन ३ जना प्रहरी आएका थिए । दुईवटा कारमा आएका उनीहरुले मलाई पक्रेर हथकडी लगाए । एउटा आतंककारीलाई जस्तै व्यवहार पक्रनासाथ सुरु भयो । मलाई प्रतिव्यक्ति ३ हजार डलर लिएर घरेलु कामदार महिला भगाएको आरोप लगाइएको थियो । उनीहरुले तीनजना नेपाली महिलालाई मैले भगाएको आरोप लगाएका थिए । पटक पटक किन त्यसरी रकम लिएर भगाईस् भन्दै सोधिरहे । मैले त्यसरी रकम लिएर भगाएका युवती ल्याएर देखा भन्दा बोल्न दिंदैनथे । चुप लागेर बस् भनेर धम्क्याउँथे । केवल उनीहरु एउटै कुरा दोहोर्याइरहन्थे । उनीहरु अव तेरो खेल खत्तम भो भनेर धम्क्याउन थाले । उनीहरुले मैले फेनासोलमा के काम गर्थे भनेर सोधे...


2017-02-01 | तीतोपाटी
"मण्डलेले कथा लेखे, खगेन्द्र संग्रौलाले मसला बनाए"माघ १९ नेपाली राजनीतिमा एउटा कालो दिन हो । तर त्यो भन्दा बढी मेरो व्यक्तिगत र राजनीतिक जीवनमाचाहिँ एउटा भयंकर आँधीहुरी हो । यदि म आफ्नै बुँतामा दह्रिलो गरी उभिन नसकेको भए एउटै माघले मेरो राजनीतिक जीवन समाप्त पार्ने रहेछ ।विसं ०६१ माघ १९ गते ज्ञानेन्द्रले शाही कु गरेर लोकतन्त्र अपरहण गरेका थिए । त्यही शाही ‘कु’को अचानोमा मलाई सिध्याउन खोजिएको थियो । राजा ज्ञानेन्द्र र उनका आदेश पालकहरुको त के कुरा, मेरा आफ्ना भनिएका र आफूले धेरै संकटहरुमा काँध थापेका सहयोद्धाहरुले समेत मलाई त्यही काण्डमा बलि दिन खोजेका थिए ।आज आफैंलाई पत्याउन गाह्रो...


2017-01-28 | तीतोपाटी डट कम
तीतोपाटी - काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला अहिले ‘इमान्दार काँग्रेस कार्यकर्ता’ खोज्दै गाँउ–गाँउ गएका छन् । गत बर्ष फागुनमा सम्पन्न काँग्रेसको १३औ महाधिवेशन यता उनले ३४ जिल्लाको भ्रमण गरिसकेका छन्, त्यो पनि ‘अर्गानिक’ काँग्रेसको खोजि र उनीहरुसँग भेटघाटका लागि । यसलाई कतिपयले उनले काँग्रेसभित्र भिन्दै ‘शक्ति केन्द्र’ बनाउन लागेको अर्थमा पनि बुझेका छन्, यद्यपी उनी आफुले गुटमा विश्वास नगर्ने बताउँछन् । काँग्रेस महाधिवेशनका उनी तत्कालीन संस्थापनपक्षबाट केन्द्रीय सदस्यका लागि उम्मेद्वार थिए र सवै भन्दा बढी मत ल्याएर चुनाव जितेका थिए । मोरङ–७ बाट संसद समेत रहेका नेता कोइरालासँग अहिलेको राजनीतिक गतिरोध अन्त्यवारे पनि आफ्नै सूत्र छ । यीनै विषयमा डा.शेखर...

2017-01-04 | titopati
पार्टी अध्यक्ष प्रधानमन्त्री हुँदा पिए बन्ने मान्छे नपाएर हो वा के कारणले हो बुबा प्रधानमन्त्री, छोरो स्वकीय सचिव हुने अवस्था भएको ? यो त गीरिजाले चलाएको नातावाद भन्दा पनि बढ्ता भएन र ?रुपमा हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर, वास्तविकता त्यस्तो होइन । म पनि २०५४ सालदेखि निरन्तर माओवादी आन्दोलनमा छु । बाल्यकालदेखि सबै लगानी यही पार्टी र आन्दोलनमा छ । व्यक्तिगत करिअरका लागि कुरा सोचिएन, देश र जनताको सेवा गर्ने र क्रान्तिमै जीवन देख्ने अभियानमा लामवद्ध भएँ । यसरी हेर्दा मेरो व्यक्तिगत भूमिकालाई बुवाको सम्बन्धसँग जोडेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । माओवादी पार्टी र आन्दोलनमा मेरो जत्तिकै...


2017-01-01 | titopati
नायिका रेखा थापा माओवादी केन्द्र छाडेर राप्रपा नेपाल प्रवेश गरेकी छन् । मन्त्री बन्ने सपनासहित गायिका कोमल वलीले नायिका थापाभन्दा पहिले राप्रपा नेपालकै सदस्यता लिएकी छन् । एकताका एमालेनिकट अनेरास्ववियुको सक्रिय विद्यार्थी नेता कवि सरस्वती प्रतीक्षासमेत कुनै दलविशेषको सदस्य लिने विचारमा छिन् । त्यतिबेला अनेरास्ववियु जिल्ला कमिटी सदस्यसम्म भएर काम गरे पनि उनीसँग कुनै दलको सदस्यता छैन । साहित्यमा लागेपछि ओझेलमा परे पनि उनी राजनीतिसँग अछुतो रहन सकिनन् भन्ने बुझ्न सकिन्छ । पोखरामा बसेर साहित्यिक कर्ममा रमाइरहेकी उनले साहित्यका अलावा आलेखसमेत लेख्ने गर्छिन् । मोफसलमै बसेर पनि काठमाडौंका साहित्यकारमात्रै होइन लेखकको लेखनक्षमतालाई धक्का दिँदै आएकी कवि सरस्वती प्रतीक्षासँग रातोपाटीको मेरो...


2016-12-27 | तीतोपाटी डट कम
कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर चेतनशील भए । चेतनशील भएपछि काङ्ग्रेस नै देशको उद्धारक हो भनेर बुद्धिजीवी कहलिए । बुद्धिजीवी भएपछि देशमा काङ्ग्रेस होइन राजतन्त्र चाहिँदो रहेछ भनी निचोड निकाले । झण्डै साढे तीन दशक पत्रकारिता क्षेत्रमा कलम चलाए । कलमले के लेख्योभन्दा पनि कलमले उनलाई कहाँ–कहाँ पुर्यायो महत्वपूर्ण छ । कलमले उनलाई देशका सीमान्तकृत झुपडी हुँदै विदेशको शयर र सत्ता सङ्घर्षमा महत्वपूर्ण ठानिएको राजदरबारसम्म पुर्यायो । बजारले उनलाई हेर्ने कैयौँ दृष्टिकोण छ । उनी भने आफ्नो कुरामा कैयौँ दृष्टिकोण बोकी हिँड्दैनन् । भन्छन्, म ‘स्पष्ट र सपाट’ छु ।बबरमहलस्थित कार्यालयको उनको कार्यकक्षमा देशी–विदेशी ‘तानाशाह’हरुको तस्बिर फ्रेम गरेर गौरवपूर्ण तवरले झुण्ड्याइएको...


2016-12-20 | titopati.com
मोडल तथा नायिका रीजु श्रेष्ठले ‘स्टुपिड मन’लगायत केहि चलचित्रमा अभिनय गरेकि छिन् । म्युजिक भिडियोमा समेत अभिनय गरेकि रीजु टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा पनि चर्चित छिन् । टेलिभिजनकै दुनियाँमा रमाएकी रीजु घरायसी काममा समेत पोख्त छिन् । आफ्नो काम आफैं गर्नुपर्ने मान्यता राख्ने रीजुसँग अनलाइनखबरले गरेको टी-टकःबिहान कति बजे उठ्नु हुन्छ ?बिहान ६, ७, ८ जतिबजे उठ्नु पर्ने छ त्यति नै वजे उठ्छु । यति नै भन्ने छैन ।ब्रेकफाष्ट के खानुहुन्छ ?खासै ब्रेकफाष्ट खान्नँ । हामी नेपाली भनेको भात नभई नहुने जात हो । म पनि भातमै ध्यान दिन्छु ।उठेपछि एक्सरसाइज ?एक्सरसाइजकै लागि स्पेशल केहि गर्दिन । म घरको सबै...


2016-12-16 | titopati.com
साढे तीन वर्षअघि एकाएक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका हातबाट टीका लगाएर पार्टी प्रवेश गरेपछि नायिका रेखा थापाको चर्चा फिल्म क्षेत्रमा मात्रै सीमित रहेन । पार्टीले उनलाई संविधानसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर एकका लागि टिकट नै दियो । तर मतदाता नामावलीमै सूचीकृत नभएकाले उनले चुनाव लड्न पाइनन् । माओवादी नेतृत्वसँग राम्रै हिमचिम बढाउन सफल उनको लडाकु छविले यतिबेला आएर यू टर्न मारेको छ । यसै साता उनी ठूलै हल्लीखल्लीसाथ राप्रपा प्रवेश गरिन् । राष्ट्रिय झन्डासँगै राप्रपाको झन्डा ओढेर मर्न चाहेको बताउने उनको सोचाइको गणतन्त्रवादी र धर्मनिरपेक्षताको वकालत गर्नेहरूले चर्को आलोचना पनि गर्न थालेका छन् । कलाकार जनताको साझा हुनुपर्छ भनिन्छ...


2016-12-14 | तीतोपाटी डट कम
तीतोपाटी - तीन दर्जन बढि म्युजिक भिडियोमा अभिनय गरेकि छिन् नीशा घिमिरेले । छोटो समयमै म्युजिक भिडियोमा ब्यस्त भएकी नीशा अब भिडियो कम र चलचित्रमा बढी महत्व दिने सोचमा छिन् । पढ्नुहोस निशा सँगको टि-टकःबिहान कति बजे उठ्नु हुन्छ ?गर्मी महिनामा त बिहान पाँच बजे उठिसक्छु । अहिले त जाडो छ । उठ्दा छ, ७ बज्छ ।ब्रेकफाष्टमा के खानुहुन्छ ?म अली मोटी छु त्यसकारण ब्रेकफाष्ट खान्न, सिधै खाना खान्छु । खाना खानु अघि चिनी नहालेको कागती पानी खाने गरेकी छु ।घरको काम कत्तिको गर्नुहुन्छ ?बिहानको, चिया खानादेखि लूगा धुनेसम्म काम म आफैं गर्छु । जाडोमा एक घण्टा गीत बजाएर घरमै...

2016-12-10 | titopati.com
ज्योति मगर संगितिक क्षेत्रकी ग्लामरस तथा सेक्सी गायिका हुन् । लोक गीत गायर उदाएकी मगर अहिले म्युजिक भिडियो र स्टेज पर्फमेन्सले चर्चित छिन् ।खुल्लापन अपनाएर चर्चाको बिषयबन्दै आएकी मगर बिभिन्न महोत्सवका लागि महँगी गायिका पनि हुन् । उनी जहाँ जान्छिन्, केही न केही हंगामा गर्न पछि पर्दिनन् । मिडियाका कसरी हट केक बन्न सकिन्छ भन्ने राम्ररी बुझेकी उनलाई धेरैले अस्लिल गायिका भनेर पनि आलोचना गर्ने गरेका छन् ।लोक गायिका भएर चलचित्रका हिरोइनले भन्दा पनि छोटा लुगा लगाउछिन् उनी । ‘कला’ र ‘गला’ ले अहिलेको स्थानमा आइपुग्न सफल भएको बताउने उनीसँग रातोपाटीले १० प्रश्न राखेको छःबाहिर निस्कदा मेकअपमा कति समय लाग्छ...


2016-12-09 | titopati.com
भारतको नयाँदिल्लीमा गरिएको बाह्रबुँदे समझदारीभित्र नेपाल पराजयको जरा भएको दाबी गर्छन् नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ।त्यो जरा उखेल्न जनता एकपटक फेरि विद्रोहमा उठ्नुपर्ने परिस्थिति उनले देखेका छन् । आजका घटनाक्रम हेर्दा राजनीतिक शक्ति र नेताहरूले मात्रै होइन, सामान्य नागरिक, कर्मचारी, प्रहरी, सेना र बुद्धिजीवी सबैले बाह्य हस्तक्षेपको अनुभूति गरेको बताउने विप्लवसँग अहिलेको राजनीतिक संकट, संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव, त्यसबारेको विपक्षी आन्दोलन र नेकपा माओवादीको भावी रणनीतिबारे विप्लवसँग अन्नपूर्णका लागि चिरञ्जीवी ढुंगाना र रेवती सापकोटाले गरेको अन्तर्वार्ता ।- के गरिरहेको छ, नेकपा माओवादी यतिबेला ?हामी नेपाली जनतालाई अधिकारसम्पन्न र देशलाई स्वाधीन बनाउने उद्देश्यमा केन्द्रित भएर काम गरिरहेका...


2016-12-06 | titopati.com
जया ओझा अभिनयसँगै लेखनमा पनि सक्रिय छिन् । अपराध, शंका, परिबन्ध लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेकि जयाले केही चलचित्रको स्त्रिmप्ट समेत लेखेकी छिन् ।पछिल्लो समय ‘आवरण’ शीर्षकमा उपन्यास लेखेकी जया राम्रो भुमिका पाए मात्रै अभिनय गर्ने धारणा राख्छिन् । उनैसँग अनलाइनखबरले गरेको टी-टकःबिहान कति बजे उठ्नुहुन्छ ?म त चार बजे उठिसक्छु ।किन यति चाडै ?म त सधै नै यहि सेड्यूलमा हिड्छु । उठेपछि एकछिन ध्यान गर्छु । योगा गर्छु । कलेज पठाउने भएकाले ढिलोमा आठ बजे कलेज पुगी सक्नु पर्छ ।ब्रेकफाष्ट के खानु हुन्छ ?विशेष केहि हुन्न । प्राय ब्रेड खान्छु । ब्रेकफाष्ट बनाउने काम बहिनीले गर्छे ।दिनमा कति जना मान्छेसँग...


2016-12-02 | titopati.com
अभिनेत्री मात्र भन्दा अधुरो हुन्छ पुजना प्रधानको परिचय । उनी निर्माता तथा समाजसेवी पनि हुन् । कहिले कहिले उनले आफ्नो थर स्त्री पनि लेख्ने गरेकी छन् । नेपाली चलचित्र क्षेत्रमा उनको दर्बिलो परिचय अभिनेत्रीको बनेको छ । उनले यस क्षेत्रमा थुप्रै चलचित्र दिएकी छन् । तीमध्ये केही हिट भएका छन् त केही फ्लप । ग्ल्यामरको मामिलामा सजिलै खुल्ने अभिनेत्री हुन् उनी । उनको बिन्दास जस्ता एक से एक हट दृश्य भएका चलचित्र पनि आएका छन् भने श्रीमान जस्तो समाजिक चलचित्र पनि आएका छन् । केही पहिले आफ्नै निर्माण अभिनयमा ‘चकलेट’ सार्वजनिक गरेकी पुजना अहिले अर्काे चलचित्र निर्माणको तयारीमा छिन् ।...


2016-11-24 | Titopati.com
तीतोपाटी - उर्जामन्त्री जनार्दन शर्मासँग ‘बिजुली-सम्वाद’ गर्ने उद्देश्यले पत्रकारको टोली सिंहदरबार छिर्दा एकजना कर्मचारीले मन्त्रीलाई भनिरहेका थिए- ‘म मन्त्रीज्यूलाई मेरोबारेमा एउटा सानो बिन्ती बिसाउन आएको ।’कर्मचारीको टिप्पा उडाउँदै मन्त्री शर्मा कड्किए -‘मलाई बिन्तीसिन्ती केही बिसाइरहनुपर्दैन । सरकारले अह्राएको ठाउँमा गएर काम नगर्ने र अटेर गर्ने ? तपाई मन्त्रीलाई समेत नटेर्ने ? जानोस्, तपाईले मलाई चिन्नुभएकै रहेनछ, सरकारले तोकेको ठाउँमा गएर काम नगर्ने हो भने तपाईलाई कारवाही गरिन्छ । कर्मचारी भएर सरकारले अह्राएको काम नगर्ने तपाई ? यहाँबाट गइहाल्नोस् ।’कर्मचारीको सातो खाएर कार्यकक्षबाट बाहिर निकालेपछि मन्त्रीले हामीसँग बातचित सुरु गरे ।मन्त्री शर्माले विद्युत प्राधिकरणका कर्मचारीलाई आग्रह गर्दै भने- ‘तपाईहरु तार र...


2016-11-23 | titopati.com
सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक-पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई लगाएका पाँच आरोपः१. जवानी देखाएकै भरमा करिअर टिकाउनु भएको छ हैन ?यो बेकारको आरोप हो । मलाई नबुझ्नेहरुले पहिला पनि यसो भन्थे अहिले पनि भन्छन् । छोटो लुगा लगाउँदैमा जवानी देखिने र लामो लुगा लगाउँदैमा जवानी छोपिने हैन । तपाईले देख्नु भएको होला नि सारीमा पनि महिलाको जवानी छताछुल्ल भएको ।२. स्टेज...


2016-11-17 | titopati.com
धिमाल समुदायकी गायिका हुन् मेचु धिमाल । ‘कदम कदम’ बोलको गीतवाट चर्चामा आएकी यी गायिकाले दर्जन हाराहारीमा गीत गाएकी छिन् । एल्बमको तयारीमा रहेकी मेचुले केहि स्टेजमा समेत आफ्नो प्रस्तुति दिइसकेकी छिन् । आफ्नै गीतमा मोडलिङ गरेकी मेचु अन्य गीतमा भने मोडलिङ नगर्ने योजनामा छिन् ।उनैसँग गरिएको टि-टक:बिहान कति बजे उठ्नुहुन्छ ?म त जाँगरिली छु । ६ बजे उठिसक्छु ।उठेपछि के गर्नुहुन्छ ?आफ्नै सरसफाई । खाना बनाउनु पर्ने छ कि पढनु पर्ने छ कि, त्यसमा केन्दि्रत हुन्छु । त्यो दिनको विषेश काम के हो त्यो गर्छु ।दैनिक रुटिङ कस्तो हुन्छ ?हप्तामा तिन दिन म्युजिक क्लास हुन्छ । कलेज भैहाल्यो ।...


2016-11-16 | तीतोपाटी डट कम
तीतोपाटी - संवैधानिक व्यवस्था अनुरुप ०७४ माघ ७ भित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भइसक्नुपर्ने छ । जसको पहिलो आधार भनेकै स्थानीय तहको पुनर्संरचना हो । पुनर्संरचनाको काम हालसम्म कति सम्पन्न भएको छ र के हामीले समयमै निर्वाचन सक्न सक्छौँ भनेर यसपटक प्रश्न सोधेका छौँ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई ।स्थानीय निकाय पुनर्संरचनाको काम कति सम्पन्न भयो ?नेपालको संविधानले संवैधानिक व्यवस्था गरे अनुरुप बालानन्द पौडेलजीको नेतृत्वमा एउटा आयोग बनेको छ । त्यसले आफ्ना केही आधारहरु तय गरेको छ । जसलाई व्यवस्थित गर्नका लािग नेपाल सरकारले मापदण्ड तोक्ने भन्ने संवैधानिक व्यवस्था छ । नेपाल सरकारले निर्णय...


2016-11-09 | तीतोपाटी डट कम
तीतोपाटी - भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोवामा तिब्बतका निर्वासित सरकार प्रमुखसँगै  वक्ता भएको विषय विवादित बनिरहेको बेला उनले अाफू र अाफ्नो पार्टी नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्धृ रहेको बताएका छन्। दिल्लीमा रहेका सभापति देउवासँग पत्रकार कृष्ण ढुंगानाले गरेको छोटो इमेल वार्ता:तपाईं तिब्बतका निर्वासित सरकार प्रमुखसँगै वक्ता बन्नुभएको विषयप्रति चीनले आपत्ति जनायो। गोवामा खास के भएको हो ?इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको सेमिनारको उद्घाटनसत्रमा म प्रमुख अतिथि थिएँ । मसँगै भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, भारतका रेलमन्त्री सुरेश प्रभु र स्वामी तेजोमायानन्द थिए । त्यसपछिको सत्रमा कस–कसले बोले, मलाई थाहा भएन । म तीन–तीनपटक प्रधानमन्त्री भइसकेको...