15 Chaitra, 2073 | 28 March, 2017 Tuesday


2017-01-17 | तीतोपाटी डट कम
तीतोपाटी - रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ ।तोपोल–एम नामक सो अन्तर–महाद्विपीय ब्याल्लिस्टिक क्षेप्यास्त्र (इन्टरकन्टिनेन्टल ब्याल्लिस्टिक मिसाइल – आइसिबिएम) रुसको काम्चत्का प्रायद्विपमा अवस्थित प्लेसेत्स्क सैनिक अखाडाको प्रक्षेपणस्थलबाट समुद्रमा परीक्षण प्रक्षेपण गरिएको रुसी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।गृहनिर्मित तोपोल–एम आइसिबिएम क्षेप्यास्त्रको क्षमता, शक्ति तथा विश्वसनीयता पहिलेकै अवस्थाको जस्तो छ, छैन भन्ने पुनर्पुष्टि (रिकन्फर्मेसन) गर्ने प्रयोजनवश सो परीक्षण गरिएको तथा सो परीक्षण कार्य अत्यन्त सफलतापूर्वक सम्पन्न भएकोू रुसी गृह मन्त्रालयको दावी छ ।तोपोल–एम क्षेप्यास्त्रले अधिकतम एघार हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता राख्दछ । साथै, करिब पाँचलाख पाँचहजार टन...

2017-01-11 | तीतोपाटी
जिया जिया नामको यो रोबोटले केवल अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । चीनमा बनेको पहिलो मानव जस्तै रोबोटलाई युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनका इन्जिनियरहरुले तयार पारेका हुन् ।सांघाइतको फ्युचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा टोली नेता चेन शाओपिंगले एक बाबुले सन्तानको परिचय दिएजस्तै गर्वसाथ उक्त रोबोट सार्वजनिक गरिरहेका थिए ।आउँदो एक दशकमा जिया जिया जस्तै रोबोटहरुले चीनका रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका कार्यमा सघाउनेछन् । ५-१० वर्ष भित्रमा रोबोटको माग निकै बढ्ने दाबी उनको छ ।परम्परागत चिनिया पहिरनमा सजिएको महिला स्वरुपको जिया जिया रोबोट ठ्याक्कै चिनिया महिलाजस्तै देखिन्छ । आफ्नो टीमले...


2017-01-10 | तीतोपाटी डट कम
तीतोपाटी - अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने अमेरिकी संस्था ‘नासा’ ले अबको केही वर्षभित्रै ‘साइके’ नामको आकासपिण्ड (स्टेरोइड) मा आफ्नो अन्तरिक्षयान अवतरण गराउने भएको छ। गएको बुधबार आगामी अन्वेषणबारे जानकारी दिँदै नासाले उक्त घोषणा गरेको हो। नासाले यो अन्तरिक्षयानको नाम पनि ‘साइके’ नै राखेको छ।‘मानवजातिले चट्टानको संसार, बरफको संसार र ग्यासको संसार देखिसके, तर हामी धातुको संसारमा अझै पुगेका छैनौं,’ अन्तरिक्ष वैज्ञानिक डा. लिन्डी एल्किन्स टान्टोन भन्छिन्, ‘हामी यसपालि जुन आकासपिण्डमा अन्तरिक्षयान पठाउँदैछौं, त्यो हाम्रो सौर्यमण्डलको एकमात्र गोलाकार र थेप्चिएको आकासपिण्ड हो।’डा. लिन्डी अमेरिकाको एरिजोना विश्वविद्यालयअन्तर्गत ‘अर्थ एन्ड स्पेस’ कार्यक्रमका निर्देशक हुन्। उनले ‘साइके मिसन’ मा प्रमुख अनुसन्धानकर्ताको जिम्मेवारी सम्हालेकी छन्।नासाले आफ्नो...


2016-12-29 | तीतोपाटी डट कम
तीतोपाटी - दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एसएट आउँदो फेब्रुअरीदेखि अप्रिलको बिचमा सार्वजनिक गर्नेछ ।खबरलाई विश्वास गर्ने हो भने यसको मूल्य लगभग ५७,५९१ भारु हुनेछ । सामसङले यो फोनमा पहिलो पटक पट्याउन मिल्न स्क्रिन लिएर आउँदैछ जो यो फोनको प्रमुख विशेषता हुनेछ । यसमा ८ जीबीको र्याम हुनेछ । यो कालो, निलो, सुनौलो र सेतो रङमा उपलब्ध हुनेछ ।ग्यालेक्सी एसएटमा ३० एमपीको रिअर क्यामरा  ९ एमपीको फ्रन्ट क्यामरा हुनेछ । यसमा ५.५ इन्चको फोरके सुपर एमोलेड डिस्प्ले छ । ग्यालेक्सी एसएटमा सेन्सिङ प्रविधिका साथै फिंगरप्रिन्ट स्क्यानर र वायरलेस चार्जि पनि हुनेछ ।यस्तै एक रिपोर्ट अनुसार सामसङले यसको...


2016-12-06 | तीतोपाटी डटकम
तीतोपाटी डट कम- प्राविधिक गडबडी बाहेक अरु अवस्थामा काठमाडौं लोडसेडिङ मुक्त भएको छ । उपत्यका बाहिर पनि विगतमा जस्तो घन्टौं लोडसडिङ हुन छाडेको छ ।तर, सुख्खायाममा यसलाई कसरी निरन्तरता दिने नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्म परिरहेको छ । र, उसले यसमा उपभोक्तासँग सहयोगका लागि हात अघि बढाएको छ ।प्राधिकरणले थालेको लोडसेडिङ मुक्त अभियानलाई तपाई हामीले पनि सघाउन सक्छौं । यसका लागि बत्ति नै निभाउनुपर्छ भन्ने पनि होइन ।‘हामीसँग जति बिजुली छ, त्यसैलाई सही रुपमा ब्यवस्थापन गरेर राहत दिन हामीले प्रयास गरेका हौं,’ प्राधिकरण प्रमुख कुलमान घिसिङले अनलाइनखबरसँग भने, ‘घरायसीदेखि औद्योगिक ग्राहकसम्मले विभिन्न तरिकाबाट यो अभियानलाई साथ दिनुपर्छ ।’कसरी सघाउने त लोडसेडिङ...


2016-12-04 | तीतोपाटी डटकम
तोयानाथ उपेक्षित-हामीलाई राजनिती मात्र थाहा हुन्छ । जीब विज्ञानका महान ज्ञाता बैज्ञानिक स्टेफिन हाकिङगले अब को १ हजार बर्षमा मानिसहरु पृथ्वीबाट लोप हुने चेतावनी दिएका छन । पृथ्वीको अस्तित्व समाप्त पार्नका लागि मानविय गल्तीहरु नै जिम्मेवार रहेको उनको आरोप छ । उनी भन्छन प्रविधीको विकाश र यसको अनुचित प्रयोगले पृथ्वी नस्ट हुन गईरहेको छ तर आशा गर्न सकिने उपायहरु अबलम्बन गर्न सके मानव जातिको समाप्तिलाई जोगाउन सकिन्छ उनी भन्छन । उनका अनुसार त्यो उपाय भनेको चाडो भन्दा चाडो ती ग्रहमा मानिसलाई स्थानान्तरण गरिनु पर्दछ जहाँ जीव को अस्तित्व रहन सक्दछ । यो एउटा स्वर्णीम कल्पना जसलाई केही सय बर्ष भित्र पुरा...


2016-11-07 | तीतोपाटी डट कम
तीतोपाटी - हामीले चन्द्रमाको जतिसुकै तारिफ गरेपनि त्यो कम नै हुन्छ । चन्द्रमा प्रकृतिले हामीलाई दिएको एक अनुपम उपहार हो ।यदि तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने मलाई लाग्छ तपाईंले यस वर्ष पुनः उदाउने ‘सुपरमुन’ हेर्न छुटाउनु हुन्न होला । यो ‘सुपरमुन’ साँच्चै नै निकै ठूलो हुने बताइएको छ । सन् १९४८ पछि चन्द्रमा धर्तीको सबैभन्दा नजिक हुनेछ जसका कारण धर्तीबासीले यसलाई निकै ठूलो देख्नेछन् ।यस वर्षको अक्टोबर १६ मा पनि मानिसहरुले ‘सुपरमुन’ देख्ने अवसर पाएका थिए तर आउँदो नोभेम्बर १४ तारिखमा जुन चन्द्रमा देखिनेछ त्यो औसत पूर्णचन्द्रभन्दा १४ प्रतिशत बढि ठूलो र ३० प्रतिशत बढि चम्किलो हुनेछ ।तर यदि तपाईंले यो...


2016-10-30 | तीतोपाटी डट कम
तीतोपाटी - प्रविधिको युगमा आवश्यकताअनुसार प्रविधिको सहयोग लिन सके हरेक कुरा सहज हुन्छ । आफूले चाहेको स्थान कसैलाई नसोधी एन्ड्रोइड र आईओएस मोबाइलमार्फत पत्ता लगाउन सकिन्छ । ल्याटट्युड र लंगिट्युडबाट लोकेसन थाहा पाउन सकिन्छ ।ल्याटट्युड र लंगिट्युडका बारेमा जानकारी दिने वेब तथा एन्ड्रोइड र आईओएसजस्ता मोबाइल अपरेटिङ सिस्टमका लागि भनेर थुप्रै एप्लिकेसन्सको विकास भइसकेका छन् । तीमध्ये, गुगलले डेभलप गरेको 'गुगल म्याप्स' धेरैले प्रयोग गर्छन् । गुगल म्याप्समा कुनै पनि ठाउँबारे खोज गर्न इन्टरनेटको अवश्यकता पर्छ । एकपटक कुनै पनि ठाउँको खोज गरिएको छ भने त्यस क्षेत्रको म्याप मोबाइलमा 'क्यास डेटा'का रूपमा बस्छ, जसको कारण पुनः त्यस ठाउँको म्याप हेर्न...


2016-10-27 | तीतोपाटी डट कम
चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रूपमा स्मार्ट चस्मा सार्वजनिक गर्ने बताएको छ । कम्पनीले उक्त स्मार्ट चस्माको नाम स्पेक्ट्याकल्स राखेको छ । यसको प्रयोग गरी ३० सेकेन्डसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।उक्त स्पेक्ट्याकल्सका निमार्णकर्ता इभान स्पिंगलले आफूले साथीहरूसँग मिलेर रमाइलोका लागि स्मार्ट चस्मा तयार पारेको बताए । स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक गर्ने कुराले आफूहरू उत्साहित भएको उनले बताए । ‘यो स्मार्ट चस्मा गुगलको स्मार्ट चस्मा जस्तो देखिए पनि त्योभन्दा यो बिलकुल फरक छ,’ उनले भने ।उनले आफूहरूको स्मार्ट चस्मा गुगलको स्मार्ट चस्माको तुलनामा धेरै सस्तो हुने दाबी गरेका छन् । यो चस्माको मूल्य १ सय...


2016-10-23 | तीतोपाटी डट कम
जापानको प्रतिष्ठित इलेक्ट्रोनिक कम्पनी पानासोनिकले आफ्नो नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । निकै विशेष र अचम्मको यो नयाँ प्रविधियुक्त टेलिभिजन अदृश्य हुन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला ।अक्टोबर महिनाको पहिलो सातामा जापानमा आयोजित सीइएटीइसी इलेक्ट्रोनिक्स एक्सपोमा उक्त टेलिभिजन सार्वजनिक गरिएको हो, जसको स्विच अन गर्दा साधारण टेलिभिजन जस्तो देखिन्छ भने अफ गर्दा यो अदृश्य हुन्छ । अर्थात, बन्द गरिएको अवस्थामा यो पारदर्शी सिसाजस्तै हुन्छ जसबाट पछाडि राखिएका वस्तुहरु स्पष्ट देख्न सकिन्छ ।पानासोनिकले यसलाई ‘भविष्यको डिस्प्ले स्क्रिन’ भनी वर्णन गरेको छ । तपाईंले अनुमान गरेजस्तै कम्पनीले पारदर्शी टेलिभिजन बनाउन प्रयोग गरिएको प्रविधिबारे केही बताएको छैन ।म्याट स्मिथ इन्ग्याजेटका अनुसार टेलिभिजनको स्क्रिन...


2016-10-17 | तीतोपाटी डट कम
चीनले मानवसहितको अन्तरीक्ष यान प्रक्षेपण गरेको छ । शेनजु-११ नामक यानमा दुई जना अन्तरीक्ष यात्री छन् । अमेरिका र रुस पछि मानिसलाई अन्तरीक्षमा पठाउने चीन तेस्रो देश बनेको छ ।शेनजु-११ नामक अन्तरीक्ष यान सोमबार गोबी रेगिस्तानको किनारमा बनाइएको जियोचुयान स्याटलाइट केन्द्रबाट अन्तरीक्षमा पठाइएको हो । यसमा ४९ वर्षीय जिंग हेपिङ र ३७ वर्षीय चेन डोंग छन् । यी दुबै अन्तरीक्ष यात्री एक महिनासम्म अन्तरीक्ष प्रयोगशाला थियानगोंग-२ मा रहनेछन् ।यो चिनियाँ अन्तरीक्ष यात्रीका लागि सबैभन्दा लामो अन्तरीक्ष यात्रा हो ।चिनियाँ राष्ट्रपति शी जिनपिङले यसबाट अन्तरीक्षमा सम्भावनाहरुको खोजीमा देश धेरै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।उनले भनेका छन्, ‘शेनजु-११ लन्च गरेपछि भविष्यमा अन्तरीक्षको...


2016-10-13 | तीतोपाटी डट कम
फेसबुक मेसेन्जरमा अव यस्तो मेसेज पठाउन सम्भव भएको छ, जुन अरु कसैले पढ्न सक्दैन । तपाईंले पठाएको मेसेज आफै डिलिट हुने छ ।यसका लागि दुई व्यक्ति जो च्याट गर्छन् उनीहरुले फेसबुक मेसेन्जरको सबैभन्दा नयाँ भर्सन आवश्यक पर्छ । र, मेसेज पठाउने तरिका पनि पहिलेको भन्दा केही फरक रहेकेा छ ।सबैभन्दा पहिला नयाँ भर्सनको मेसेन्जर डाउनलोड गर्नुहोस् । त्यसपछि ‘कम्पोज’ मा क्लिक गर्नुहोस् । नया मेसेज वाला जुन स्क्रीनमा आउछ त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको पाउनु हुनेछ ।तपाई जसलाई उस्तो मेसेज पठाउँन चाहनुहुन्छ, आफ्नो फेनबुकमा उसको नाम छान्नुहोस । यदी उसँग मेसेन्जरको नयाँ भर्सन छैन भने उसले उक्त मेसज पढ्न...


2016-10-10 | तीतोपाटी डट कम
जर्मन सरकारले सन् २०३० देखि पेट्रोल तथा डिजेलबाट चल्ने गाडीमा प्रतिबन्ध लगाएको छ। जर्मनीको संसद (बुन्डेसर्याट) ले पास गरेअनुसार सन् २०३० देखि जर्मनीमा पेट्रोल तथा डिजेलबाट चल्ने इन्जिन आयात, निर्यात तथा बिक्री गर्न पाइने छैनन्। जर्मनीको बुन्डेसर्याटले जर्मनीका १६ राज्यको प्रतिनिधित्व गर्छ। युरोपयिन युनियनमै यो नियम लागू गर्न जर्मनीको बुन्डेसर्याटले अनुरोध गरेको छ र लागू हुनसक्ने सम्भावना धेरै रहेको विश्लेषकहरुको भनाइ छ। जर्मनीका स्थानीय समाचारमाध्यम तथा फोब्र्समा उल्लेख भएअनुसार अबको १४ वर्षपछि यूरोपियन यूनियनमा शून्य प्रदुषण उत्सर्जन गर्ने इन्जिन मात्र उपलब्ध हुनेछन्।पेट्रोल तथा डिजेलका साटो विद्युतीय वा हाइड्रोजन वा अन्य वैकल्पिक इन्धन प्रयोग गरिनेछ। जर्मनीले डिजेल तथा पेट्रोल गाडीमा प्रतिबन्ध...


2016-09-26 | तीतोपाटी डक कम
क्यालिफोर्निया– विश्वको चर्तित सामाजिक संजाल ट्विटर बिक्री हुने भएको छ। केही वर्षयता प्रयोगकर्ताको घट्दो रुची तथा लोकप्रियता र विश्लेषकहरुको आलोचनापछि अन्ततः ट्विटर बिक्री हुने भएको हो। यसकालागि आफू विभिन्न कम्पनीसँग निरन्तर संवादमा रहेको कम्पनीले जनाएको छ। ट्विटरले भनेको छ, ‘विगत केही वर्षयता ट्विटरको लोकप्रियता घटेको छ। हामीले नयाँ प्रयोगकर्ता र भएका प्रयोगकर्तालाई आकर्षित गर्न सकेनौं।  साथै हामीले व्यवस्थापनमा पनि धेरै कठिनाइ झेल्नु पर्यो। त्यसैले हामी ट्विटर बिक्रीको तयारीमा छौं।’कम्पनीले केही हप्ता अघि बसेको आफ्नो बोर्ड बैठकले ट्विटर बिक्री गर्ने निर्णय गरेको र यसका लागि आफू गुगल, लिङकलेड, सेल्सडटकम लगायतका कम्पनीसँग निरन्तर संवादमा रहेको कम्पनीले जनाएको छ।...


2016-09-09 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित, उत्तर कोरियाले जापान हल्लाउने न्युक्लियर बम को परिक्षण गरेको छ । उक्त परिक्षणको कारण ५ दशमलब ३ म्याग्नेच्युडको कृतिम भुकम्प गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन  । दश किलोटनको न्युक्लियर बम परिक्षण परिणामको कुनै वास्ता नगरी गरिएको परिक्षण लाई उत्तर कोरियन राष्ट्रपति किम जोङ उनको हेलचेक्राई भनि निन्दा गरिएको छ । जापनका प्रधान मन्त्रीले विलकुलै अस्वीकार्य भन्दै कडा निन्दा गरेका छन भने चीनले आफ्नो उत्तरसँगको सीमा क्षेत्रको पर्याबरण र विकिरणको संभावनाको जाँच शुरु गरेको छ । उत्तर कोरियाले आफ्नो राष्ट्रिय दिवस पारेर शैनिक क्षमता देखाउन उक्त परिक्षण गरेको बताईन्छ । हरेक देशले शैनिक क्षमता राष्ट्रिय दिवसमा देखाउने गर्दछन...


2016-09-08 | तीतोपाटी डट कम
भाइबरबाट  राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निशुल्क फोन गर्न सकिने भएको छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निशुल्क कुरा गर्न सकिने छ।  अफर सेम्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुने भाइबरले जनाएको छ।यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।   अस्ट्रेलिया, बहाराइन, बाङ्गलादेश, बेल्जियम, भुटान, ब्रुनेइ डारुसुलाम, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेन्मार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इज्रायल, इटाली, जापान, कुवेत, लावोस, लेबनन्, मकाउ, मलेशिया, नेपाल,...


2016-09-07 | तितोपाटी
क्यालीफोर्नीया—विश्वप्रख्यात अमेरिकी मोबाइल कम्पनी  एप्पलले आफ्नो नयाँ उतपादनआइफोन सेभेन आज सार्वजनिक गर्दैै छ। आइफोन सेभेनको कस्तो रङ्गमा आउने, कस्ता कस्ता फिचर हुने, कुन आकारमा आउने भन्ने विषयमा विभिन्न अड्कलबाज चलिरहेका छन्। तर आइफोनले भने हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन।गुणस्तरीय क्यामराएप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजरसहित आउने  भएको छ।  आइफोन सेभेनको मोड्युल क्यमरा ४.७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ।  उक्त  सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ। विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा  भएका  रियर क्यामरा कटआउटस रहित थियो।आइफोनले ४.७ इन्चको  सिङगल...


2016-09-05 | titopati.com
दुबई–खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले बिहीबारदेखि औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो । बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने प्रयासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास निर्माता कम्पनी र दुबई सहरको व्यवस्थापन समिति दुवैले बताएका छन् ।सुरुमा १० सिटको गाडीबाट सहरको करिब ७०० मिटर सडकमा सुरु गरिएको यो बस सेवाले भविष्यमा थप ठाउँमा समेत सुविधा प्रदान गर्ने उद्देश्य रहेको दुबई...


2016-09-01 | तीतोपाटी डट कम
फिनल्याण्डको एक मोबाइल नेटवर्क कम्पनीले विश्वकै सबैभन्दा तीव्र गतिमा चल्ने फोर जी मोबाइल इन्टरनेट स्पीड उपलब्ध गराएको दाबी गरेको छ ।एलिसा नामको कम्पनीका अनुसार परीक्षणको क्रममा १.९ जिबिपिएसको स्पीड हाँसिल भएको छ, जुन फोर जी मोबाइल इन्टरनेटमा अहिलेसम्मकै उच्च स्पीड हो ।इन्टरनेटको यो स्पीडमा ब्लु रेको एउटा चलचित्र मात्रै ४४ सेकेण्डमा डाउनलोड गर्न सकिन्छ । तर विश्लेषकले भने यसमा शंका कारेमा छन् । उनीहरुले नियमित सेवामा यती नै स्पीडको इन्टरनेट सुविधा पाउन सकिनेमा उनीहरुको आशंका छ ।कम्पनीले भने झण्डै दुई जिबिपिएसको स्पीडमा इन्टरनेट सुविधा दिनका लागि चिनियाँ कम्पनी हुवाईले दिएको प्रविधि अपनाएको जनाएको छ ।व्यवसायिक नेटवर्कमा इन्टरनेटको अहिलेसम्मको सबैभन्दा तीव्र...


2016-09-01 | तीतोपाटी डट कम
फेसबुक अब विभिन्न ४४ भाषामा उपलब्ध हुने भएको छ। योसँगै कसैले आफ्नो भाषामा लेखेको स्ट्याटस नबुझे तुरुन्त रुपान्तरण गरि पढ्न र बुझ्न सकिने भएको छ।विश्वमा १ सय ७० करोड भन्दा बढी मानिस फेसबुक प्रयोग गर्छन्। त्यसको आधा जनसङ्ख्याले मात्र अङ्ग्रेजी भाषा प्रयोग गर्ने गरेका छन् भने फेसबुक प्रयोगकर्ताको आधा जनसङ्ख्याले आफ्नै भाषा प्रयोग गर्ने गरेको पाइएको छ। जसले गर्दा एकअर्काले पोस्ट गरेको स्ट्याटस पढ्न त के बुझ्न समेत मुस्किल हुने गरेको छ।यसैलाई मध्यनजर गरेर फेसवुकले धेरै समयदेखि सबैलाई समेट्न फेसबुक विभिन्न भाषामा निर्माण गर्ने काम गरिरहेको थियो। जसको फलस्वरुप अब फेसबुक प्रयोगकर्ताले विभिन्न ४४ भाषामा फेसबुकमा राखेको कुनै पनि कुरा...