9 Baishak, 2075 | 22 April, 2018 Sunday


2018-04-20 | तितोपाटी
काठमाडौं-नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विभिन्न संघसंस्थाले तालाबन्दी गरेका छन् । महासंघको आसन्न प्रदेशसभाको चुनावमा सबैलाई समावेश नगरेको र केही संगठनले मात्र आफूखुशी गरेको भन्दै पत्रकारका पाँचवटा संस्थाले ताला लगाएका हुन् ।प्रेस चौतारी, प्रेस युनियन, र प्रेस सेण्टरले चुनावमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको र यसो गर्दा आफूहरुको प्रतिनिधित्व महासंघमा नहुने भएको भन्दै संगठनहरुले सवैको प्रतिनिधित्व हुनुपर्नेलगायत माग गरेका छन् ।पत्रकार महासंघले यही वैशाख २२ गते सवै प्रदेश, काठमाडौं उपत्यका र एसोसिएट्सको अधिवेशन गर्दैछ । -उज्यालोबाट ...


2018-04-19 | तितोपाटी
 काठमाडौं- फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्राक भएपछि प्रहरी टोली त्यहाँ पनि पुगेको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयंम्भूबाट पक्राउ परे । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी...


2018-04-18 | तीतोपाटी डटकम
हरि कृष्ण न्यौपाने-रौतहटको चपुर गाबिस-३ घर भई सन २०१० देखी कुवेतमा काम गर्दै आएका पूर्ण बहादुर गोले अबैधानिक बन्दै गत जुन-२०१७ मा नेपाल फर्किएकोमा अझै घर-परिवारको संपर्कमा पुगेका छैनन।फ्लाई दुबइको फ्लाइटबाट नेपाल पुगेको भ्वाइस म्यासेज गरेका पूर्ण बहादुर अझै पनि परिवारको संपर्कमा नपुगे पछी उनको परिवारले पूर्ण बहादुरको खोजीका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन।कुवेतमै केही समय काम गरेर हाल दुबइमा कार्यरत पूर्ण बहादुरको दिदी सम्झना गोलेले तीतोपाटी डटकमसंग भनिन,"सन २०१० देखी कुवेतमा काम गर्दै आएका भाई सन २०१७ को जुनमा नेपाल फर्किए पनि अझै घर पुगेको छैन।" उनले थपिन हाम्रो बुवा-आमाको एक मात्र छोरो हाम्रो भाई अझै परिवारको संपर्कमा...


2018-04-12 | तीतोपाटी डट कम
हरी कृष्ण न्यौपाने--सन २०११मा खुलेको आममाफीको ७ बर्ष पछी कुवेतमा अबैधानिक रुपमा बसेका आप्रबासीलाई कुनै पनि जरिवाना र सजाँय बिना(चोरी वा अन्य केही जघन्य अपराध लागेका बाहेक) सजिलै घर फर्किन कुवेत सरकारले दिएको ३ महिने आममाफीको अबसर आगामी २२ एप्रिल, २०१८ रातीको १२:०० बजे सकिदै छ।लामो समयको पर्खाइ पछी यसरी बिना सजाय घर फर्कन पाउने तथा यो अबधीमा गएका आप्रबासीहरु पुन: कुवेत तथा अन्य खाडी मुलुकहरुमा फर्किन पाउने भएकाले पनि यो आममाफीको समयलाई सदुपयोग गर्दै कुवेत छोड्ने आप्रबासी कामदारहरुको संख्या बढी रहेको छ।त्यसै गरी आफुले तिर्नु पर्ने जरिवाना तिरेर भिसा लगाउदै सम्पूर्ण प्रकृया पुरा गर्दै बैधानिक बन्न चाहने आप्रबासी कामदारहरु...


2018-04-10 | तितोपाटी
सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ।बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार दुबै जना चैत २९ गते बुधबारदेखि महानिरीक्षक हुने सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। ...


2018-04-09 | तितोपाटी
 उमाकान्त पाण्डे-युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा नेपाल फर्किन पाउनु हुने भएको छ ।बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २ सय दिराम ९ अर्थात झन्डै १ करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सन् २०१७ को मार्चमा आबुधाबीको उपल्लो अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै १ करोड ब्लड मनी तिर्नुपर्ने थियो । यही रकम तिर्न नसक्दा लोकेश युएईबाट फर्किन पाउनुभएको थिएन ।  त्यो पैसा लोकेशले नभई बीमा कम्पनीले तिर्नुपर्ने फैसला अदालतले गएको जनवरीमा सुनाएको थियो ।लोकेशको ब्यथा बल्झिएको र मुद्दा अल्झिएको बारे दुतावासका नव...


2018-04-08 | केदार नाथ खरेल
गुलाम नबी मन्सुर-       प्रधानमन्त्री के.पि. वलीको तिन दिने राजकिय भ्रमणको लागि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चैत्र २३ देखि २५ सम्म रह्यो । यस बीचमा दुई देशका प्रधानमन्त्रीहरु मात्रै बसेर दुवै देशको हितको लागि के के गर्न सकिंन्छ भनेर छलफल गरेका थिए ।नेपालबाट भ्रमण दलमा सामेल प्रतिनिधीहरु र भारतिय प्रतिनिधीहरु बीच बृहत छलफल गरी सौहार्द र मैत्रीपूर्ण रुपमा छलफल गरी विभिन्न एजेण्डाहरुमा छलफल गरी बाह्र बुँदे सम्झौतामा हस्ताक्षर गरियो ।       भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रतिबद्धताबाट भारत र नेपाल दुई देशबीच जलमार्ग विस्तारका लागि कति सकारात्मक छ भन्ने कुरा बुझ्न सकिन्छ। मोदीले 'नेपाल जमिनबाट मात्र जोडिएको...


2018-04-07 | तीताेपाटी डट कम
तीतोपाटी डटकम - नेपाल कुवेत डटकम बाट तीतोपाटी डटकम हुँदै मध्यपूर्बकै उत्कृष्ट बन्न सफल वेबसाइट र कुवेतको नेपाली समाजमा एक मात्र छापा पत्रीका मरुभुमिको कोसेली पत्रीकाको सन्चालनको साथमा कुवेतको नेपाली समाजमा बिभिन्न क्षेत्रमा करिब १० बर्ष देखी राहत, उद्दार र रचनात्मक कामगर्दै आएको कोसेली समुहले आफ्नो समुहको जिम्मेवारीमा हेरफेर गरेको छ ।आज एप्रिल ६, २०१८ शुक्रबारको दिन कुवेतको मुर्गब स्थित प्यारागन होटलमा बसेको कोसेली समुहको बिशेष बैठकले समुहमा जिम्मेवारी हेरफेर गरेको हो । कोसेली समुहले अध्यक्षमा नबराज पन्थी, प्रबन्ध निर्देशकमा आनन्द आचार्यलाई नयाँ जिम्मेवारी दिएको छ । त्यसै गरी उपाध्यक्षमा टोमलाल पराजुलीलाई निरन्तरता दिदै महिला उपाध्यक्षमा जानुका जानुलाई चयन गरेको छ...


2018-03-30 | केदार नाथ खरेल
काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६८ वर्षीय खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो। सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो।खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो। खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारीलगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो। बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस...


2018-03-27 | तीताेपाटी डट कम
तीताेपाटी डट कम – सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो । “अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ । नियमित उडानका लागि केही समय लाग्छ” पुनले भन्नुभयो । पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र...
2018-03-22 | तीताेपाटी डट कम
 काठमाडौं । पछिल्ला तीन दिनदेखि बिहानको १० बज्न नपाउँदै युवाहरुको एक समूह वुद्धनगरमा रहेको वैदेशीक रोजगार विभाग अघिल्तिर जम्मा भइहाल्छन् ।धेरैजनाको एउटै स्वर हुन्छ–पक्राउ परेको एजेन्टले रकम दिन नमाने दलाललाई हाम्रो जिम्मा दिनुस् हामी निकाल्छौं हाम्रो पैसा ।’ आक्रोशित अवस्थामा रहेका सयभन्दा बढी युवा मंगलबार र बुधबार पनि दिनभर विभागको अघिल्तिर जम्मा भएका थिए ।तीमध्ये कतिले भन्दैथिए– हामीजस्ता तीनसय युवालाई कुवेत लैजाने भनेर पैसा उठाएर भाग्यो । अहिले पक्राउ गरेर विभागमा ल्याइएको छ । न विदेश पठायो न पैसा नै फिर्ता गर्यो ।”तर भीडमै रहेका केही युवाले तीनसय एउटै कम्पनीमा पठाउने भनेर ठगी गरेको बताउँछन् भने कतिले त्यो संख्या ६...


2018-03-22 | केदार नाथ खरेल
काठमाण्डौँ — देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन्। प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार...


2018-03-21 | तीतोपाटी डटकम
हरी कृष्ण न्यौपाने-कुवेतको मंगफ भन्ने स्थानमा कुवेत प्रहरीको अहमादी सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ।कुवेतको अनलाइनपोर्ट आइमानमातमा जनाइए अनुसार गत मार्च-१८,२०१८का दिन कुवेतको अहमादी प्रहरीले उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ५६ वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने ठुला कन्टेनर)हरु,२४ वटा ग्यास सिलिन्डरहरु,घरेलु मदिरा अनी घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने उपकरणहरु सहित ति नेपाली नागरिकलाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएईेको छ। पक्राउ गरिएका नेपालीको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।...
2018-03-20 | तीताेपाटी डट कम
केदार नाथ खरेलसामाजिक सञ्जाललाई सही सदुपयोग गरे यसबाट फाइदा धेरै फाइदा हुन्छ र दुरुपयोग गरे बेफाइदा । सामाजिक संजालको सदुपयोग गर्ने पनि छन् र दुरुपयोग गर्ने पनि । सदुपयोग गर्ने भन्दा दुरुपयोग गर्ने धेरै छन्, फलस्वरुप हाल बलात्कार, हत्या, आत्मा हत्याका घटनाहरु धेरै वृद्धि भएको छ । खासगरी बलात्कार, हत्या हुने र आत्माहत्या गर्नेमा एकल महिलाहरु, स्कुल तथा कलेजका युवतीहरु छन्।  इन्टरनेट सुविधाले गर्दा सामाजिक संजाल मार्फत संसारका मानिसलाई नजिक पार्छ । दुई चार दिन कुरा गर्दै जाँदा माया प्रेम बस्दै जान्छ, बिस्तारै नजिकता बढ्दै एक आपसमा त्यो सिमा पार गर्छन् जुन समाजमा अपाच्य हुन्छ । समाजमा यस्ता घटनाहरु गुपचुप राख्ने...


2018-03-16 | तीताेपाटी डट कम
केदार नाथ खरेल-                  १६ मार्च २०१८, कुवैत, वातनिया एयरलाइन्सले यात्रीहरुलाई परेको असुविधालाई ध्यानमा राखी २६ मार्च २०१८ देखि हालको उडान समय तालिकालाई परिवर्तन गर्ने भएको छ ।१३ डिसेम्बर २०१७ बाट कुवैतबाट काठमाण्डौ सिधा उडान गर्न थालेको वातनिया एयरलाइन्सले कुवैतबाट १५:३० दिउसो उडान हुने र २३:०० बजे राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने गर्दथ्यो। रातीको समय काठमाण्डौमा अवतरण हुँदा यात्रुलाई धेरै कुराको समश्या झेल्नु परेको थियो ।राजधानी भन्दा बाहिरका यात्रुहरुलाई गन्तव्य स्थानमा पुग्न रात्री सेवा पनि नमिल्ने र आधा रातमा लज पाउन पनि कठिन हुन्थ्यो । यदि लज पाइहाले पनि महंगो भाडा लिने गरेको...


2018-03-14 | तीताेपाटी डट कम
तीताेपाटी डट कम — चाइनिज पेस्तोल र ६ राउन्ड गोलीसहित प्रहरीले गणेश लामालाई पक्राउ गरेको छ । गुण्डा नाइकेका रुपमा चिनिएका लामा यसअघि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका थिए ।सम्पत्ति शुद्धिकरण विभागले लगाएको अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उनले विशेष अदालतबाट केही महिना अघिमात्रै सफाई पाएका थिए ।गौशालाको पशुपति भिजनमा गोली चलेको आवाज सुनेपछि प्रहरी त्यहाँ पुग्दा लामा भेटिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले लामालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको कान्तिपुरमा समाचार छ ।...


2018-03-12 | तीताेपाटी डट कम
तीताेपाटी डट कम -सोमबार भएको युएस बंगलाको जहाज दुर्घटनामा परी २२ नेपालीको मृत्यु भएको छ। जहाजमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए।  तीमध्ये ३३ जना नेपाली थिए।नेपाली यात्रुमध्ये १५ ब‌गलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी  थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए।घाइते ११ नेपालीको  राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए।दुर्घटनामा परी दुई पाइलट र नेपालीसहित ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित ९ विदेशी घाइतेको उपचार भइरहेको छ।दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको हजहाजमा नेपालीसहित ३२ जना...


2018-03-08 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् । ‘जोर्डनमा ३ सय महिला पठाउन ३ म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए । मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले कान्तिपुरसँग भने, ‘मन्त्रालयको अनुमति आइपुगेको छ । फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं ।’ नेपाल र जोर्डनबीच गत कात्तिकमा श्रम सम्झौता भएको थियो । घरेलु...


2018-02-19 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । महासंघ कुवेत शाखाका अनुसार २०७४ फागुन ६ गते साँझ अध्यक्ष तामाङले पटकपटक फोन गरी महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको कोठामा छलफल छ भनी बोलाइ अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ । जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको...


2018-02-18 | तीतोपाटी डटकम
माधव पौडेल-तीतोपाटी डटकम-सुदुर-पश्चिमान्चल घर भई कुवेतलाई कर्मभुमी बनाइरहेका बिभिन्न पेशामा अाबद्ध सुदुर-पश्चिमेलीहरुको समाज सुदुर-पश्चिम सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिककोत्सब भब्य रुपमा सम्पन्न गरेको छ। कुवेत खैतान स्थित राजाधानी होटलमा फेब्रोवरी १६ तारिक शुक्रबार समाजले एक कार्यक्रमका बिच आफ्नो वार्षिक उत्सब मनाएको हो। सुदुर-पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड्काको सभापतित्व तथा नेपाली दुतावास कुवेतका महामहिम राजुदुत यज्ञ बहादुर हमालको प्रमुख अातिथ्यतामा आयोजित उक्त कार्यक्रममा कुवेतमा कृयाशिल नेपाली संघ्-संस्थाका प्रतिनिधिहरु, पत्रकार लगाएत सामाजिक अभियान्ताहरुको बाक्लो उपस्थिती थियो।कार्यक्रमलाई पत्रकार नवराज पन्थी र समाजकै कोषाध्यक्ष निरुमाया खड्काले सयुक्त रुपमा संचालन गरेका थिए।समाजका राजन बम ठकुरीको स्वागत मन्तव्यमाबाट शुरु भएको कार्यक्रमलाई प्रमुख अतिथि...