Top News मंत्री क्वाटरभित्रै सौताको मारामार    |    एक लाख लिन युवतीबाटै बलात्कारको नाटक   |    अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराइनमा पनि गठन   |    विदेशबाट फर्किएका युवाको रहरलाग्दो व्यवसाय   |    पुष्प वाइबा एकल साँझ भब्यताका साथ सम्पन्न    |    साहसी महिलालाई १ लाख २३ हजार सहयोग   |   

साउदीमा आममाफी खुल्यो

2013-05-15 | बिमल  
 

दिनेश रेग्मी,काठमाडौ, वैशाख ३१ - साउदी अरब सरकारले उस्को कानून अनुसार गैह्र कानुनी रुपमा बसेका सबै आप्रवासी कामदारलाई स्वदेश फिर्तिको लागि आममाफी (एम्नेष्टी) खुला गरेको छ । साउदीका श्रम मन्त्री अदेल फकेईले सरकारले आममाफी घोणषा गर्दैछ भनेको साढे २ महिनापछि बल्ल सोमवारदेखि खुला गरेको हो ।

सरकारले मे १० देखि ३ जुलाई - वैशाख ३०-असार १९ गते) सम्म १ महिना २० दिनको सीमा तोकी आममाफी घोषणा गरेको साउदीको राजधानी रियादस्थित नेपाली दुतावासले जनाएको छ । गैरकानुनी रुपमा बसेका कामदार स्वदेश फर्किन सक्ने वा त्यही नै काम गर्न बैधानिक हुन सक्ने आममाफीले व्यवस्था गरेको छ ।

यो घोषणाबाट गैर कानुनी रुपमा कार्यरत करीव १ लाख २० हजार नेपालीले फाईदा लिन सक्ने दुतावासको अनुमान छ । 'गैर कानुनी रुपमा बसेका ७० हजार पुरुष र करीव ५० हजार हाउसमेडले यसबाट फाईदा उठाउन सक्छन्' हाल नेपाल आएका साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले भने, 'आममाफीले नेपाल फर्किन वा त्यही नै काम गर्न चाहनेलाई वैधानिक हुने अवसर दिएको छ ।' साउदीमा ५ लाख भन्दा बढी नेपाली कार्यरत छन् ।

दुतावासले आममाफीबाट आफ्ना नागरिकलाई सुविधा लिनको लागि दुतावासका अलवा जेद्धा, दमाम, ताबुक र यान्बुमा प्रतिनिधी खटाएको छ । उसले आफ्नो वेवसाईट www.neksa.org मा आममाफीको प्रकृया र यात्रा अनुमतिको लागि फाराम समेत राखेको छ

 
Post Your Comments
Name  
Email  
Comment  
   
Enter Code *  
    Please enter the code shown above to protect against message spam.
   

 

नेपालको राष्ट्रपति र उपराष्ट्रपति पुन निर्वाचित गर्नु ठिक कि बेठिक ?
ठिक
बेठीक
-