Top News १३ औं महारानी बन्न अस्वीकार गर्ने युवतीले वेलायतमा शरण मागिन्    |    एनआरएनको नेता चुन्न संघ संस्थालाई प्रतिनीधिको नाम दिन निर्वाचन समितिको अनुरोध    |    साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न   |    प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न   |    उर्मिलाको आगमनले सीतालाई तनाव    |    राजेश र करिश्माको दुरी कती ?   |   

नेपालका लागि पिटर डब्ल्यु बोड्डे नयाँ अमेरिकी राजदूत

2012-03-03 | Nabaraj Panthi  
 
२० फागुन, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले पिटर डब्ल्यु बोड्डेलाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ ।
 
राष्ट्रपति बाराक ओबामाले बोड्डेको नाम नेपालका लागि नयाँ राजदूतमा सिफारिस गर्नुभएको राष्ट्रपति कार्यालय हृवाइटहाउसद्वारा गएराति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । ५८ वर्षीय बोड्डे हाल इराकको राजधानी बागदाद्थित स्थानान्तरणसम्बन्धी अमेरिकी मिसनको उपप्रमुखका रुपमा कार्यरत छन् ।
 
बोड्डेसँग यसअघि दक्षिणपूर्वी अफि्रकी मुलुक मलावीका लागि अमेरिकी राजदूत, पाकिस्तानस्थित अमेरिकी दूतावासको उपप्रमुखसमेत रहेर काम गरेको अनुभव छ । बोड्डे नेपालका लागि नौला भने होइनन् । उनले सन् १९९४ देखि १९९७ सम्म मिसन उपप्रमुखका रुपमा नेपालमा समेत काम गरिसकेका छन् । सन् १९८१ मा अमेरिकाको कुटनीतिक सेवामा प्रवेश गरेका बोड्डेले जर्मनी र डेनमार्कलगायतका मुलुकमा रहेका अमेरिकी दूतावसमा रहेर काम गरिसकेका छन् ।
 
राष्ट्रपति ओबामाको प्रस्तावलाई त्यहाँको माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि बोड्डेले औपचारिक रुपमा राजदूतको जिम्मेवारी सम्हाल्नेछन् । ओबामा प्रशासनले यसअघि नेपालका लागि राजदूत रहेका स्कट एच डेलिसीलाई कार्यकाल बाँकी छँदै युगान्डाका लागि राजदूतमा नियुक्त गरिसकेको छ ।
 
Post Your Comments
Name  
Email  
Comment  
   
Enter Code *  
    Please enter the code shown above to protect against message spam.
   

 

आगामि NRN को नेतृत्व कसरी चयन गर्नु पर्छ ?
सर्वसहमतिबाट
निर्वाचन प्रकृयाबाट
जसरी भएपनि चासो छैन